Saturday, September 23, 2023
Nepaliheadline
  • हाेमपेज
  • विश्व/भूराजनीति
  • दृष्टि/संवाद
  • देशभर
  • लङरिड
  • अन्य
    • इलेक्सन वाच
    • खेलकुद
    • विज्ञान/प्रविधि
    • सिनेमा/आर्ट्स
    • हेल्थ/फुड टिप्स
    • कल्चर/हेरिटेज
No Result
View All Result
  • हाेमपेज
  • विश्व/भूराजनीति
  • दृष्टि/संवाद
  • देशभर
  • लङरिड
  • अन्य
    • इलेक्सन वाच
    • खेलकुद
    • विज्ञान/प्रविधि
    • सिनेमा/आर्ट्स
    • हेल्थ/फुड टिप्स
    • कल्चर/हेरिटेज
No Result
View All Result
Nepaliheadline
No Result
View All Result
Home लङरिड

हिउँदमा माउन्ट के-२ को शिखरमा पुग्ने पर्वतारोहीको रेकर्ड नेपाली आरोहीको नाममा

नेपाली हेडलाइन by नेपाली हेडलाइन
२०७७ माघ १० गते, ८:३४ बजे प्रकाशित
in लङरिड, हेडलाइन
0
हिउँदमा माउन्ट के-२ को शिखरमा पुग्ने पर्वतारोहीको रेकर्ड नेपाली आरोहीको नाममा
80
SHARES
Share on FacebookShare on Twitter

काठमाडौं- जाडोयाममा पहिलोपटक माउन्ट के-२ को शिखरमा मानिस पुगेको रेकर्ड राखेर पाकिस्तानको राजधानी इस्लामावाद आइपुगेको नेपाली पर्वतारोहीको टोली मंगलबारसम्ममा काठमाडौं उत्रिने योजनामा छ। बिहीबार पाकिस्तानका राष्ट्रपछि डा. अरिफ एल्भीले आफ्नो सम्मानमा ‘रिसेप्सन’ दिँदा नेपाली पर्वतारोहीहरू गद्गद् थिए। त्यसको चाँजोपाँजो मिलाएका थिए, मंगलबार मात्र ओहोदाको प्रमाणपत्र बुझाएका पाकिस्तानका लागि नेपालका राजदूत तापस अधिकारीले।

कस्तो रह्यो त नेपाली पर्वतारोहीको माउन्ट के-२ आरोहण ? नेपालबाट गएका दुईमध्ये एक टोलीका नेता मिङ्जा जी. शेर्पा भन्छन्, ‘हिउँदमा अति कठिन शिखर आरोहण सफलतापूर्वक पूरा गरेकामा हर्षविभोर छौँ।’

हिउँदयाममा मानव पाइला पुर्‍याउन आठ हजार मिटरमाथिका १३ वटा हिम शिखरमध्ये माउन्ट के-२ मात्र बाँकी थियो। त्यो पनि नेपाली आरोहीको नाममा रेकर्ड कायम भएको छ।

माउन्ट के-२ को उचाइ आठ हजार ६ सय ११ मिटर छ। यो शिखर चीन र पाकिस्तान सीमा काराकोरम क्षेत्रमा पर्छ। सगरमाथाभन्दा यो दुई सय ३७ दशमलव ८६ मिटर होचो छ, तर आरोहणका लागि सगरमाथाभन्दा धेरै कठिन छ।

गत वर्ष पनि नेपाली शेर्पा टोली र विदेशी आरोहीले हिउँदमा के-२ आरोहणको प्रयास गरेका थिए। तर, मौसम असहज बनेपछि उनीहरू करिब ६ हजार मिटरबाटै फर्केका थिए। माउन्ट के-२ मा मानव पाइला पुर्‍याउने पछिल्लो योजना नेपाली पर्वतारोहीले करिब सात महिनाअघि तयार पारेका थिए। गत ७ डिसेम्बरमा आफ्नो योजना सफल बनाउन उनीहरू काठमाडौंबाट कतारको राजधानी दोहा हुँदै इस्लामावाद पुगे।

नेपाली पर्वतारोहीका दुई टोली माउन्ट के-२ आरोहण गर्न पाकिस्तान उडेका थिए। तीनजनाको एक टोलीको नेतृत्व मिङ्मा जी. शेर्पाले गरेका थिए। ६ जनाको अर्को टोलीको नेतृत्व निर्मल पुर्जाको थियो। सेभेन्थ समिट ट्रेक नामक ट्राभल एजेन्सीका एकजना आरोही थिए। उनीहरू सबै नेपाली आरोही हुन्। मिङ्माको टोलीको सबै खर्च उनी आफैंले गरेका हुन्। ‘मेरो टोलीको हालसम्म करिब ४६ हजार डलर खर्च भयो,’ मिङ्माले भने।

इस्लामावादबाट हवाई जहाजमा स्कार्दो, त्यहाँबाट गाडीमा अस्खुली र त्यहाँबाट ६ दिनको ट्रेकिङ गर्दै उनीहरू माउन्ट के-२ को १८ डिसेम्बरमा आधारशिविर पुगेका थिए। १९, २०, २१ डिसेम्बरसम्म उनीहरूले आधारशिविरमै आराम गरे। ‘किनभने हिउँमाथि ट्रेकिङ गर्दै जाँदा हामी साह्रै थाकेछौँ,’ मिङ्मा भन्छन्, ‘त्यसैले तीन दिन आराम गर्‍यौँ।’ २२ डिसेम्बरदेखि मात्र उनीहरू शिखरसम्म डोरी टाँग्न जुटे।

मिङ्माको टोलीमा किली तेन्जिङ शेर्पा र दावा तेन्जिङ शेर्पा छन्। निर्मलको टोलीमा ग्याल्जी शेर्पा, पेमछिरी शेर्पा, मिङ्मा तेन्जिङ शेर्पा, मिङ्मा डेभिड शेर्पालगायत थिए। शिखरतर्फको यात्रा भने १३ जनवरीमा मात्र सुरु गरेका थिए। र, १६ जनवरीमा शिखर चुमे। ‘शिखरसम्म डोरी हामी आफैंले टाँग्यौँ, नेपालमा जस्तो आइसफल डाक्टरको व्यवस्था पाकिस्तानमा रहेनछ,’ मिङ्मा जी. शेर्पा भन्छन्, ‘नेपालमा जस्तो सुविधा यता कहाँ !’

२२ डिसेम्बरमा क्याम्प-२ सम्म डोरी टाँगे। त्यसपछि केही सामान पनि त्यहाँसम्म पुर्‍याए। शिखर पुग्नुअघि क्याम्प-१, क्याम्प-२ र क्याम्प-३ गरी तीनवटा क्याम्प छन्, माउन्ट के-२ मा।
शिखरसम्म डोरी टाँग्न सबैजना सहभागी थिए। १३ जनवरीमा उनीहरूले माउन्ट के-२ को शिखर पुग्ने यात्रा आरम्भ गरे। र, १६ जनवरीमा शिखर चुमे। खासमा, कोभिड-१९ जोखिमका कारण उनीहरूले पाकिस्तानको भिसा पाउन धेरै पापड बेल्नुपरेको थियो। पाकिस्तान पुगेपछि भने उनीहरूलाई खासै समस्या भएन। शिखरतर्फ लाग्दै गर्दा मौसम खराब बन्दै गयो। ‘मौसम समय-समयमा परिवर्तन भएर दुःख धेरै पायौँ,’ मिङ्मा भन्छन्।

उनका अनुसार माउन्ट के-२ समर र स्प्रिङमा मात्र आरोहणका लागि सहज हिमचुली हो, विन्टरमा भने एकदमै समस्याग्रस्त छ। ‘अत्यधिक चिसोको समस्या बेहोर्‍यौँ,’ उनी भन्छन्, ‘हामी शिखरमा पुग्ने दिन तापक्रम माइनस ६० डिग्री थियो। माइनस ६० डिग्री तापक्रम कति चिसो थियो होला, सहजै अनुमान गर्न सकिन्छ।’

उनका अनुसार समिट गर्न खासै ठूलो समस्या भएन। खासमा, ‘बोटल नेक’ नाम दिइएको स्टेप माउन्ट के-२ को सबैभन्दा कठिन ‘स्टेप’ मानिन्छ, जहाँ हिम पहिरोको अत्यधिक जोखिम हुन्छ। नेपाली पर्वतारोहीलाई ‘बोटल नेक’ पार गर्न करिब पाँच घण्टा लाग्यो। ‘सबैभन्दा गाह्रो ठाउँ नै त्यही हो,’ मिङ्मा जी. शेर्पा भन्छन्, ‘बोटल नेक करिब आठ हजार दुई सय मिटर उचाइमा छ।’ समिटतर्फको यात्रामा पहिलो दिन क्याम्प-१ मा बास बसे। दोस्रो दिन क्याम्प-२ हुँदै तेस्रो दिन शिखरमा पुगे। फर्किँदा भने उनीहरूलाई खासै गाह्रो भएन।

Previous Post

पूर्वमन्त्री दीपक खड्का भन्छन्- नेकपाले चुनाव जितेर संखुवासभा विकासमा पछाडि पर्‍यो

Next Post

प्रधानमन्त्री, पूर्वसभामुख र चार पूर्वप्रधानन्यायाधीशविरुद्ध ‘अदालतको अवहेलना’ मुद्दा दर्ता

Related Posts

दलीय राजनीतिमा लाग्दिँन, विकास र सुशासनमा लागिरहन्छु: राष्ट्रपति पौडेल
देशभर

दलीय राजनीतिमा लाग्दिँन, विकास र सुशासनमा लागिरहन्छु: राष्ट्रपति पौडेल

२०८० अशोज ६ गते, १७:०६ बजे प्रकाशित
पारसले बढाए अग्रता, मल्लभन्दा ८ मतले अगाडि
देशभर

पारसले बढाए अग्रता, मल्लभन्दा ८ मतले अगाडि

२०८० अशोज ६ गते, १६:५६ बजे प्रकाशित
क्यानकाे सचिवमा पारसले लिए १ मतकाे अग्रता
देशभर

क्यानकाे सचिवमा पारसले लिए १ मतकाे अग्रता

२०८० अशोज ६ गते, १६:२३ बजे प्रकाशित
चतुरकाे चातुर्य, आफू निर्विराेध बनेर पारसलाई भिडाए प्रतिस्पर्धी!
देशभर

चतुरकाे चातुर्य, आफू निर्विराेध बनेर पारसलाई भिडाए प्रतिस्पर्धी!

२०८० अशोज ६ गते, १६:१५ बजे प्रकाशित
७ महिने कार्यकालमा मध्यमस्तरको परिणाम दिन सफल भएँः पर्यटनमन्त्री
देशभर

७ महिने कार्यकालमा मध्यमस्तरको परिणाम दिन सफल भएँः पर्यटनमन्त्री

२०८० अशोज ६ गते, १५:४६ बजे प्रकाशित
चर्चा मधेशीको, संकटमा मैथिली !
feature-news-with-image

अभिवादन

२०८० अशोज ६ गते, १५:२६ बजे प्रकाशित
Next Post
संसद् विघटनविरुद्ध परेका १२ वटा रिट संवैधानिक इजलासमा पठाउन आदेश

प्रधानमन्त्री, पूर्वसभामुख र चार पूर्वप्रधानन्यायाधीशविरुद्ध ‘अदालतको अवहेलना’ मुद्दा दर्ता

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

जस्टइन

दलीय राजनीतिमा लाग्दिँन, विकास र सुशासनमा लागिरहन्छु: राष्ट्रपति पौडेल

क्यानको केन्द्रीय सचिवमा पारस खड्का विजयी

by नेपाली हेडलाइन
२०८० अशोज ६ गते, १७:३५ बजे प्रकाशित
0

दाङमा खुकुरी प्रहारबाट महिलाको हत्या

दाङमा खुकुरी प्रहारबाट महिलाको हत्या

by नेपाली हेडलाइन
२०८० अशोज ६ गते, १७:२७ बजे प्रकाशित
0

दलीय राजनीतिमा लाग्दिँन, विकास र सुशासनमा लागिरहन्छु: राष्ट्रपति पौडेल

दलीय राजनीतिमा लाग्दिँन, विकास र सुशासनमा लागिरहन्छु: राष्ट्रपति पौडेल

by नेपाली हेडलाइन
२०८० अशोज ६ गते, १७:०६ बजे प्रकाशित
0

पारसले बढाए अग्रता, मल्लभन्दा ८ मतले अगाडि

पारसले बढाए अग्रता, मल्लभन्दा ८ मतले अगाडि

by नेपाली हेडलाइन
२०८० अशोज ६ गते, १६:५६ बजे प्रकाशित
0

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित
सञ्चालक : निशेष पोखरेल
प्रधान सम्पादक : उपेन्द्र पोखरेल
संवाददाता : शलिना कुँवर
डेस्क : सुदीप बराल
प्रदेश १ ब्युरो : हिमाल राई
लुम्बिनी ब्युरो : अस्मिता अधिकारी
प्रधान कार्यालय : मध्य बानेश्वर, काठमाडौं
सूचना विभाग दर्ता नम्बर : २६७३/०७७-७८
सम्पर्क नम्बर : ९८५१३२९७८२
विज्ञापनका लागि सम्पर्क : ९८२०२२९३७६

No Result
View All Result

© Dharmadevi Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • विश्व/भूराजनीति
  • दृष्टि/संवाद
  • देशभर
  • लङरिड
  • अन्य
    • इलेक्सन वाच
    • खेलकुद
    • विज्ञान/प्रविधि
    • सिनेमा/आर्ट्स
    • हेल्थ/फुड टिप्स
    • कल्चर/हेरिटेज

© Dharmadevi Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana