रसुवागढी- रसुवा टिमुरेस्थित रसुवा भन्सार कार्यालयमा राजस्व संकलनका लागि बैंक काउन्टर सञ्चालनमा आएको छ ।
रसुवा भन्सारको राजस्व संकलन गर्दै आएको बैंक अफ काठमाडौं टिमुरे शाखाको काउन्टर कार्यालय परिसरमा स्थापना गरिएको हो ।
यसअघि भन्सार कार्यालयबाट करिब दुई किलोमिटर टाढास्थित बैंकको शाखामै गएर राजस्व बुझाउनुपथ्र्यो । कार्यालय परिसरमै काउन्टर स्थापना भएपछि सेवाग्राही, आयात तथा निर्यातकर्तालाई सहज भएको भन्सार प्रमुख रामप्रसाद रेग्मीले बताए ।