Saturday, September 23, 2023
Nepaliheadline
  • हाेमपेज
  • विश्व/भूराजनीति
  • दृष्टि/संवाद
  • देशभर
  • लङरिड
  • अन्य
    • इलेक्सन वाच
    • खेलकुद
    • विज्ञान/प्रविधि
    • सिनेमा/आर्ट्स
    • हेल्थ/फुड टिप्स
    • कल्चर/हेरिटेज
No Result
View All Result
  • हाेमपेज
  • विश्व/भूराजनीति
  • दृष्टि/संवाद
  • देशभर
  • लङरिड
  • अन्य
    • इलेक्सन वाच
    • खेलकुद
    • विज्ञान/प्रविधि
    • सिनेमा/आर्ट्स
    • हेल्थ/फुड टिप्स
    • कल्चर/हेरिटेज
No Result
View All Result
Nepaliheadline
No Result
View All Result
Home दृष्टि/संवाद

कांग्रेस सांसद अभिषेकप्रताप शाह भन्छन्- चुनाव भयो भने कांग्रेसको प्रचण्ड बहुमत आउँछ

नेपाली हेडलाइन by नेपाली हेडलाइन
२०७७ पुस २६ गते, ४:१७ बजे प्रकाशित
in दृष्टि/संवाद, हेडलाइन
0
कांग्रेस सांसद अभिषेकप्रताप शाह भन्छन्- चुनाव भयो भने कांग्रेसको प्रचण्ड बहुमत आउँछ
104
SHARES
Share on FacebookShare on Twitter

कपिलवस्तुबाट तीन कार्यकालदेखि निरन्तर निर्वाचित हुँदै आएका अभिषेकप्रताप शाह कांग्रेसका लोकप्रिय युवा नेता हुन्। शाहको पारिवारिक पृष्ठभूमि नै कांग्रेसको राजनीति हो। शाहका हजुरबा स्वर्गीय शिवप्रताप शाह ०१५ सालको पहिलो आमनिर्वाचनमा कांग्रेसबाट सांसद निर्वाचित भएर अर्थ राज्यमन्त्रीसमेत बनेका थिए। कांग्रेसबाटै राजनीति थालेका उनका बुवा स्वर्गीय अजयप्रताप शाह राप्रपाबाट सांसद तथा केन्द्रीय सदस्य बनेका थिए। भनिन्छ- कांग्रेसको संगठनको जग नै तराई मधेश हो। र, मधेशबाट उदीयमान युवा नेता शाहसँग समसामयिक राजनीतिमा केन्द्रित रहेर नेपाली हेडलाइनले गरेको संवाद :

अबको लागि निर्वाचनमा जानु उपयुक्त होला कि संसद पुनःस्थापनामा ?
नेपाली कांग्रेस लोकतान्त्रिक पार्टी भएको कारणले हामी जुनसुकै अवस्थाका लागि पनि तयार छौँ। संसद पुनःस्थापना भयो भने पनि त्यसका लागि पनि तयार छौँ। कथंकदाचित संसद पुनःस्थापना भएन र रिट खारेज भयो भने पनि नेपाली कांग्रेस चुनावको लागि कम्मर कसेरै तयार छ। नेपाली कांग्रेस त तीन वर्ष अघिदेखि नै चुनावको लागि तयार छ।

जुन दिन सरकार बन्छ, प्रतिपक्षले त्यही दिनदेखि नै आगामी चुनावको तयारी थाल्छ। मेरो व्यक्तिगत मान्यताले के भन्छ भने यदि संसद पुनर्बहाली भयो भने पनि नेपाली कांग्रेससँग सहकार्य नगरी सरकार बन्दैन। चुनावतर्फ देश मोडियो भने पनि चुनावतर्फ नेपाली कांग्रेस लाग्नुपर्छ। र, त्यसपछि मलाई लाग्छ प्रचण्ड बहुमतका साथ नेपाली कांग्रेस सरकारमा फिर्ता आउनेछ।

कांग्रेसका लागि चुनाव किन महत्वपूर्ण छ अहिले ? चुनावमा नगए हुँदैन ?
कांग्रेस लोकतान्त्रिक पार्टी हो। र, जनमतको हिसाबले नेकपाले दुईतिहाइ जनमत पाएको थियो। र, जनताको विश्वास र आस्था पाएको थियो। त्यसलाई उहाँहरूले तोड्नुभएको छ।

तोडिएको नेपाली जनताको आस्था र विश्वास नेपाली कांग्रेसमाथि केन्द्रित भएको छ। र, नेपाली कांग्रेसले भूमिका पनि कस्तो गर्‍यो भने सरकारलाई डिस्टर्ब नगरीकन समय समयमा सचेत गरायो। त्यति हुँदाहुँदै पनि सरकार आफ्नै आन्तरिक विवादका कारण ढल्यो। संसद भंग गरियो।

तर, नेपाली कांग्रेसले एउटा ‘हेल्दी’ प्रतिपक्षका रूपमा सरकारलाई समय-समयमा सहयोग पनि गर्‍यो र तीन वर्षसम्म कुनै डिस्टर्ब गरेनौँ पनि। यदि हामीले डिस्टर्ब गरेको भए हामी उच्छृंखल हुन्थ्यौँ होला। तर, हामीले जिम्मेवार प्रतिपक्षका रूपमा तीन वर्ष उहाँहरूलाई सरकार चलाउन दियौँ।

अहिलेको अवस्थामा नेपाली जनताको आस्था नेपाली कांग्रेसमै सरेको कारण चुनावमा जानुको विकल्प छैन।

चुनावमा जानका लागि कांग्रेसका एजेन्डा के हुन्छन् ?
पहिलो त नेकपाका नेता-कार्यकर्ताले एक किसिमको त्रास फैलाएका थिए। बहुदलीय पार्टी व्यवस्थालाई नै समाप्त पार्ने, पोलिटब्युरो प्रणालीमा देश हाँक्ने र चिनियाँ कम्युनिस्ट पार्टीसित एमओयु गर्नेसमेत भइसकेको थियो। तर, नेपाली कांग्रेसले आजसम्म पनि कुनै पार्टीसित एमओयु गरेन। र, चिनियाँ कम्युनिस्ट पार्टी नेपाली कांग्रेसको पनि साथी हो। तर, उहाँहरू र हाम्रो दर्शन, आदर्श फरक छ। उहाँहरू चुनाव चाहनु हुन्न, हामी चुनाव चाहन्छौँ। उहाँहरू एकदलीय व्यवस्था मान्नु हुन्छ, हामी बहुदलीय व्यवस्था मान्छौँ। त्यहाँ जनतालाई भोट दिने अधिकार छैन, यहाँ हामी जनताको भोटको लागि मरिमेट्छौँ।

त्यही भएर पनि जब हामीले देख्यौँ- नेकपा र चिनियाँ कम्युनिस्ट पार्टीको एमओयु हुँदैछ, जनता र समाजमा डर त्रासको अवस्था सिर्जना भयो। अब चिनियाँ प्रणालीमै नेपाल जाँदैछ भन्ने त्रास शुरु भयो। नेकपाका नेता-कार्यकर्ताको यसबीचमा दिएका अभिव्यक्तिले पनि त्यही संकेत गर्थे। सञ्चारमाध्यममा नियन्त्रित गर्न खोज्ने, न्यायालयलाई नियन्त्रणमा राख्न खोज्नेजस्ता गतिविधि देखिए। गुठी विधेयकमार्फत धार्मिक-सांस्कृतिक क्षेत्रमा पनि हस्तक्षेप गर्ने प्रवृत्ति देखियो।

यस्ता गतिविधि र क्रियाकलापले के देखायो भने, उहाँहरूले जुन तरिकाले देशलाई हाँक्नुपर्ने थियो, त्यो गर्नु भएन र लोकतान्त्रिक मूल्य, मान्यतालाई आघात पुर्‍याउन खोज्नुभयो। एउटा कुनै देशको ‘फादर’ आउँछ, उसको ‘होली वाइन’मा रमाउनुभयो। अर्को कुनै देशको योगी आउँछ, उसलाई भाषण नै गर्न नदिने क्रियाकलाप भए।

मुलुकको सांस्कृतिक पहिचानमाथि आक्रमण गरिएको देखियो। यी सबै कारणले जनतामा त्रासको वातावरण सिर्जना भएको छ। जनतालाई रेल ल्याउनेजस्ता लोभ मात्र देखाउनुभयो, त्यस पाटोमा सिन्को भाँच्नुभएन।

यी सबै तथ्यले कम्युनिस्ट विध्वंशका लागि मात्र योग्य हुँदा रहेछन्, विकासका लागि होइन रहेछन् भन्ने यथार्थ स्थापित हुन गयो समाजमा। कम्युनिस्टले कहिल्यै जनताको सकारात्मक विकास चाहँदो रहेनछ भन्ने प्रष्ट्याउनुभयो, उहाँहरू आफैँले।

तर, कांग्रेस जनताको अभिमत सुन्ने पार्टी हो। लोकतन्त्रको मान्यता राख्ने पार्टी हो। शतप्रतिशत नै जनताको कुरा सुन्न नसकिएला। तर, हामी बटमलाइन वा बेसलाइनमा आधारित रहेर जनताको आवश्यकतालाई पूर्णता दिन्छौँ। र, त्यो हाम्रो दायित्व पनि हो।

रेल र पानीजहाज ल्याउने एजेन्डा त कम्युनिस्टले नै लगिसके। कांग्रेसका त्यस्ता के योजना छन् ?
हामीले अन्तर्राष्ट्रिय उदाहरण खोतल्नु छ। अन्य ‘ल्यान्ड लक’ मुलुकहरू कसरी विकसित भए भनेर अध्ययन गरिरहेका छौँ। अब हामीले ती उदाहरणबाट पाठ सिक्दै नेपालजस्तो डाइभर्सिटी भएको मुलुकको विकास गर्नुछ। त्यो क्षमता कांग्रेससँगै छ।

अहिलेको अवस्थामा हामीसँग रहेको ‘कम्पिटेटिभ एडभान्टेज’ भनेको पानीको स्रोतलाई अधिकतम प्रयोग गर्नुपर्छ। आफ्नो देश विकासमा साथै ‘सरप्लस’ भ्यालु चेनमा लैजानुपर्छ ।

रेलमार्ग आजको आवश्यकता हो। पूर्व-पश्चिम रेलमार्ग बन्यो भने भविष्यका लागि राम्रो पूर्वाधार तयार हुन्छ। त्यो रेलमार्गलाई पहाड मात्र नभई भारतदेखि चीनसम्म पनि ‘कनेक्ट’ गर्नुपर्छ।

युरोपेली मुलुकमा ‘इन्टर कन्टिनेन्टल रेलवे’ सञ्चालनमा छन्। त्यस्तो अवधारणा हामीले पनि लागू गर्न सक्छौँ। त्यति विस्तृत रूपमा जान सय-दुई सय वर्ष नै लाग्ला। तर, त्यसको पूर्वाधार आजैदेखि तयार गर्न थाल्नुपर्छ। म यति मात्र भन्न चाहन्छु कि गतिला योजनालाई हामी साथ र सहयोग गर्छौँ। र, जुन हावादारी कुरा छन्, तिनमा भने हामी विश्वास गर्दैनौँ।

व्यावहारिक विषय जुन देशको हितमा हुन्छ र जसले भविष्यमा देशलाई राम्रो गर्छ, त्यस्ता योजनामा हामीले सहकार्य गर्नेछौँ। र, गर्नु पनि पर्छ।

कांग्रेस बुढाहरूको पार्टी भयो भन्छन्, युवाका लागि कांग्रेसमा के अवसर छ ?
युवाका लागि ठूलो अवसर छ, कांग्रेसमा। जो जति ज्येष्ठ र वरिष्ठ नेताहरू हुनुहुन्छ, उहाँहरू त अभिभावक हुनुहुन्छ। जसले नेपालमा भएका तमाम राजनीतिक परिवर्तन देखिसक्नुभएको छ। उहाँहरूको अनुभव पनि छ। उहाँहरूको अनुभव आत्मसाथ गर्ने र नयाँ कुरा जुन हामीसँग छ, जस्तै, प्राविधिक कुरामा युवा अगाडि छन्।

वरिष्ठहरूको अनुभव र हाम्रो प्राविधिक ज्ञानले भविष्यमा राम्रो काम गर्न सक्छौँ। भविष्यमा केही समस्या आए बुढापाकाको अनुभव र सल्लाह सुझाव नै पनि पर्याप्य हुन्छ। बुढाहरूको अर्ति र हाम्रो ऊर्जा मिलाएर कांग्रेसलाई फेरि एकपटक जागरुक बनाउनु छ।

अहिलेकै अवस्थामा कांग्रेस चुनावमा गयो भने कति मत पाउला ?
बढी त भन्दिनँ, नेपाली कांग्रेस चुनावमा गयो भने दुईतिहाई नजिकको बहुमत आउँछ र बहुमतकै सरकार बन्छ भन्ने हाम्रो विश्वास छ। र, हामी नेपाललाई विकसित बनाएरै छाड्ने छौँ।

Previous Post

पोर्चुगलमा नेपाली युवकको मृत्यु

Next Post

रसुवा भन्सारमा राजस्व संकलनमा बैंक काउन्टर

Related Posts

चतुरकाे चातुर्य, आफू निर्विराेध बनेर पारसलाई भिडाए प्रतिस्पर्धी!
देशभर

चतुरकाे चातुर्य, आफू निर्विराेध बनेर पारसलाई भिडाए प्रतिस्पर्धी!

२०८० अशोज ६ गते, १६:१५ बजे प्रकाशित
७ महिने कार्यकालमा मध्यमस्तरको परिणाम दिन सफल भएँः पर्यटनमन्त्री
देशभर

७ महिने कार्यकालमा मध्यमस्तरको परिणाम दिन सफल भएँः पर्यटनमन्त्री

२०८० अशोज ६ गते, १५:४६ बजे प्रकाशित
राष्ट्रपति पौडेलद्वारा दमौली सभागृहको उद्घाटन
देशभर

राष्ट्रपति पौडेलद्वारा दमौली सभागृहको उद्घाटन

२०८० अशोज ६ गते, १५:११ बजे प्रकाशित
राष्ट्रियसभाका अध्यक्ष तिमल्सिना सुस्ताकाे झोलुङ्गे पुल अनुगमनमा
देशभर

राष्ट्रियसभाका अध्यक्ष तिमल्सिना सुस्ताकाे झोलुङ्गे पुल अनुगमनमा

२०८० अशोज ६ गते, १४:५२ बजे प्रकाशित
अमेरिकामा नेपाली फुटबल र भलिबल, एक हजार खेलाडी सहभागी
देशभर

अमेरिकामा नेपाली फुटबल र भलिबल, एक हजार खेलाडी सहभागी

२०८० अशोज ६ गते, १२:५४ बजे प्रकाशित
प्रधानमन्त्री दाहाल चीनमा, यस्तो छ एक हप्ताको कार्यक्रम
देशभर

प्रधानमन्त्री दाहाल चीनमा, यस्तो छ एक हप्ताको कार्यक्रम

२०८० अशोज ६ गते, १२:३१ बजे प्रकाशित
Next Post
रसुवा भन्सारमा राजस्व संकलनमा बैंक काउन्टर

रसुवा भन्सारमा राजस्व संकलनमा बैंक काउन्टर

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

जस्टइन

चतुरकाे चातुर्य, आफू निर्विराेध बनेर पारसलाई भिडाए प्रतिस्पर्धी!

चतुरकाे चातुर्य, आफू निर्विराेध बनेर पारसलाई भिडाए प्रतिस्पर्धी!

by नेपाली हेडलाइन
२०८० अशोज ६ गते, १६:१५ बजे प्रकाशित
0

७ महिने कार्यकालमा मध्यमस्तरको परिणाम दिन सफल भएँः पर्यटनमन्त्री

७ महिने कार्यकालमा मध्यमस्तरको परिणाम दिन सफल भएँः पर्यटनमन्त्री

by नेपाली हेडलाइन
२०८० अशोज ६ गते, १५:४६ बजे प्रकाशित
0

युक्रेनलाई लामो दूरी मार हान्ने क्षेप्यास्त्र दिँदै अमेरिका

युक्रेनलाई लामो दूरी मार हान्ने क्षेप्यास्त्र दिँदै अमेरिका

by नेपाली हेडलाइन
२०८० अशोज ६ गते, १५:३४ बजे प्रकाशित
0

चर्चा मधेशीको, संकटमा मैथिली !

अभिवादन

by हिमांशु चौधरी
२०८० अशोज ६ गते, १५:२६ बजे प्रकाशित
0

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित
सञ्चालक : निशेष पोखरेल
प्रधान सम्पादक : उपेन्द्र पोखरेल
संवाददाता : शलिना कुँवर
डेस्क : सुदीप बराल
प्रदेश १ ब्युरो : हिमाल राई
लुम्बिनी ब्युरो : अस्मिता अधिकारी
प्रधान कार्यालय : मध्य बानेश्वर, काठमाडौं
सूचना विभाग दर्ता नम्बर : २६७३/०७७-७८
सम्पर्क नम्बर : ९८५१३२९७८२
विज्ञापनका लागि सम्पर्क : ९८२०२२९३७६

No Result
View All Result

© Dharmadevi Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • विश्व/भूराजनीति
  • दृष्टि/संवाद
  • देशभर
  • लङरिड
  • अन्य
    • इलेक्सन वाच
    • खेलकुद
    • विज्ञान/प्रविधि
    • सिनेमा/आर्ट्स
    • हेल्थ/फुड टिप्स
    • कल्चर/हेरिटेज

© Dharmadevi Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana