काठमाडौँ – भारतीय बक्स अफिसमा कीर्तिमानी कमाई रहेका ‘पठान’ पाकिस्तानमा गैरकानूनी रूपमा प्रदर्शन भइरहेको छ । ‘पठानमा अभिनेता शाहरुख खान र अभिनेत्री दिपिका पादुकोण अभिनय रहेको छ ।
गैरकानूनी रूपमा चलचित्र प्रदर्शन गर्नेलाई ३ वर्ष कैद र १ लाख जरिवानाको समेत व्यवस्था रहेको सेन्सर बोर्डले जानकारी दिइएको छ ।
भारतीय सञ्चार माध्यामहरुका अनुसार फिल्म पाकिस्तानको शहर कराँचीमा अवैध रूपमा प्रदर्शन भइरहेको हो । सोही कुराको जानकारी पाकिस्तानी सेन्सर बोर्डले पाएपछि एक विज्ञप्ति जारी गरेको छ ।
सेन्सर बोर्डले कुनै पनि फिल्मलाई आधिकारिक रूपमा सार्वजनिक गर्न अनुमति नदिएसम्म कुनै पनि फिल्म निजी रूपमा सार्वजनिक गर्न नपाइने जनाएको छ ।
फायर वर्क इभेन्ट्स नामको कम्पनीले फिल्मको सामाजिक सञ्जाल फेसबुक मार्फत टिकट बिक्री गरिरहेको थियो । सेन्सर बोर्डले उक्त फिल्मको टिकटको विज्ञापन दिने सामाजिक सञ्जालका अकाउन्टहरुको पनि छानविन सुरु गरेको छ ।