Sunday, September 24, 2023
Nepaliheadline
  • हाेमपेज
  • विश्व/भूराजनीति
  • दृष्टि/संवाद
  • देशभर
  • लङरिड
  • अन्य
    • इलेक्सन वाच
    • खेलकुद
    • विज्ञान/प्रविधि
    • सिनेमा/आर्ट्स
    • हेल्थ/फुड टिप्स
    • कल्चर/हेरिटेज
No Result
View All Result
  • हाेमपेज
  • विश्व/भूराजनीति
  • दृष्टि/संवाद
  • देशभर
  • लङरिड
  • अन्य
    • इलेक्सन वाच
    • खेलकुद
    • विज्ञान/प्रविधि
    • सिनेमा/आर्ट्स
    • हेल्थ/फुड टिप्स
    • कल्चर/हेरिटेज
No Result
View All Result
Nepaliheadline
No Result
View All Result
Home खेलकुद

यी हुन् प्रिमियर लिगका सबैभन्दा महँगा युवा खेलाडी

नेपाली हेडलाइन by नेपाली हेडलाइन
२०७९ माघ २३ गते, १२:१८ बजे प्रकाशित
in खेलकुद
0
यी हुन् प्रिमियर लिगका सबैभन्दा महँगा युवा खेलाडी
83
SHARES
Share on FacebookShare on Twitter

काठमाडौं- प्रिमियर लिग विश्‍वको सबैभन्दा धनी लिग हो, जसमा विश्‍वका धेरै धनी फुटबल क्लबहरू आबद्ध छन्। त्यति मात्र होइन, विश्‍वमा सबैभन्दा धेरै हेरिने खेलकुद लिग पनि हो यो। यस लिग सामान्यतया अगस्टदेखि मेसम्म चल्छ। यस लिगमा २० क्लब आबद्ध छन्।

आधुनिक फुटबलमा क्लबहरूको सफलतामा खेलाडीहरूको स्तरले ठूलो फरक पार्ने गर्छ। राम्रा खेलाडीले ठूला क्लबहरूसँग खेल्ने सपना बुनेका पनि हुन्छन्।

त्यसैकारण पनि सफल बन्‍नका लागि क्लबहरूले खेलाडीमाथि निकै ठूलो लगानी गर्ने गरेका छन्। खेलाडीहरूको क्षमता जति धेरै भयो, त्यति नै बढी पैसा तिर्नुपर्छ।

प्रिमियर लिग क्लबहरूले कीर्तिमानी मूल्यमा खेलाडी अनुबन्ध गरिरहेका छन्। अरू कुनै पनि लिगले प्रिमियर लिगजस्तो बढी पैसा खर्च गर्दैन। २०२२-२३ का लागि धेरै क्लबहरूले कीर्तिमानी मूल्यमा खेलाडी अनुबन्ध गरिरहेका छन्। कुन खेलाडी, कति मूल्यमा, कुन क्लबमा आवद्ध भए चर्चा गरौं।

(१) एन्जो फर्नान्डेज (बेन्फिकादेखि चेल्सी)

एन्जो फर्नान्डेज जनवरी २०२३ मा चेल्सीमा अहिलेसम्मकै सबैभन्दा महँगो ब्रिटिस ट्रान्सफर बने। बेनफिकाले एन्जो फर्नान्डेजलाई गत जुनमा ८८ लाख पाउन्डमा अनुबन्ध गरेको थियो। अर्जेन्टिनी क्लब लिभर प्लेटबाट पोर्चुगिज क्लब बेनफिकामा पुगेको ७ महिनामै उनले क्लब छाडेका छन्।

बेनफिकाले खर्च गरेको भन्दा १० गुणाभन्दा बढी रकममा उनी अब चेल्सीमा अनुबन्ध भएका छन्। विश्‍वकप विजेता एन्जो प्रिमियर लिगकै कीर्तिमानी रकममा अनुबन्ध भएका हुन्।

युरोपमा आधा सिजनमा मात्र बिताएका एन्जो फर्नान्डेजलाई चेल्सीले ट्रान्सफर ‘डेडलाइन डे’मा १० करोड ७० लाख पाउन्डमा अनुबन्ध गरेको हो।

एन्जोले गत सेप्टेम्बरमा होन्डुरोसविरुद्ध वैकल्पिक खेलाडीको रूपमा मैदान छिर्नुअघि सिनियर टिमबाट खेलेका समेत थिएनन्। गत नोभेम्बर-डिसेम्बरमा भएको विश्‍वकपमा अर्जेन्टिनाका लागि समूहको अन्तिम खेल अघिसम्म उनले राष्‍ट्रिय टिममा पहिलो रोजाइमा खेलेका थिएनन्।

त्यसपछि भने उनले हरेक खेलमा पहिलो रोजाइमै अवसर पाए। कतारमा उनको रेकर्ड यस्तो थियो- एक गोल, एक असिस्ट। अनि उपलब्धी थियो- विश्‍वकप ट्रफी र योङ प्लेअर अफ दी टुर्नामेन्ट अवार्ड। कतारको यही उपलब्धीले उनीमाथि चेल्सीले कीर्तिमानी रकम खर्चियो।

एन्जोले युरोपियन फुटबलमा २९ खेलमा ४ गोल गर्नुका साथै ७ असिस्ट गरेका छन्। प्रिमियर लिगामा सेन्ट्रल मिडफिल्डरमध्ये बल क्यारी गर्नेमा एन्जो शीर्ष स्थानमा छन्।

फर्नान्डेजलाई २९ खेलमा सात पहेंलो कार्ड देखाइएको छ र च्याम्पियन्स लिगको अन्तिम समूह खेलमा निलम्बन गरिएको थियो। एन्जो फर्नान्डेज ६ वर्षको हुँदा रिभर प्लेटको एकेडेमीमा आबद्ध भएका थिए। उनले सन् २०१९ मा क्लबका लागि डेब्यु गरेका थिए।

(२) ज्याक ग्रेलिस (एस्टन भिल्लादेखि म्यानचेस्टर सिटी)

ज्याक ग्रेलिस प्रिमियर लिगका अर्का महँगा खेलाडी हुन्। इंग्लिस प्रिमियर लिग विजेता म्यानचेस्टर सिटीले एस्टन भिल्लाका मिडफिल्डर ज्याक ग्रेलिसलाई बेलायतको कीर्तिमान रकम १० करोड पाउन्डमा अनुबन्ध गरेको हो। यसअघि सन् २०१६ मा म्यानचेस्टर युनाइटेडले युभेन्टसबाट पाउल पोग्बालाई ८ करोड ९० लाख पाउन्डमा अनुबन्ध गरेको रकम नै बेलायतमा खेलाडी स्थानान्तरणको सबभन्दा महँगो रकम थियो।

सिटीले ग्रेलिससँग ६ वर्षको सम्झौता गरेको छ। अहिले ‘फुटबलमा रुचि राख्‍ने’ धेरैको मुखमा भुन्डिएको नाम पनि हो, ज्याक ग्रेलिस। पछिल्लो सिजन इंग्लिस प्रिमियर लिगमा उनी एस्टन भिल्लाका लागि राम्रै लयमा रहे, अनि युरो २०२० मा उनी इंग्ल्यान्डका लागि ‘पोस्टर ब्वाइ’ सावित भए।

अहिले कीर्तिमानी मूल्यमा सिटी पुगेका यो सबै ग्रेलिसको आफ्नै उत्कृष्‍ट प्रदर्शनले सम्भव भएको हो। धेरै होइन, केही वर्ष अगाडि मात्र कसैले उनको मूल्य १० करोड पाउन्ड भन्छ भने ‘फुटबलमा रुचि राख्‍ने सबै’ले मजाककै रूपमा लिने थिए।

सन् २०१७ मा भिल्लाका व्यवस्थापक स्टिभ ब्रुस थिए र उनको योजना थियो, ग्रेलिसलाई बेच्ने र उनको स्थानमा मिडल्सब्रोका जोर्डन रोड्सलाई ल्याउने।

यस्तो किन भन्दा ग्रेलिसले त्यति बेलासम्म आफूलाई सन्की किशोर खेलाडीकै रूपमा स्थापित गरेका थिए। उनलाई अनुशासन तोड्नमा सायद मज्जा आउने गर्थ्यो। फेरि ग्रेलिसको अर्को एउटा खराब बानी पनि थियो, खेलका क्रममा रेफ्रीको बढी नै गुनासो गर्ने, अनि सके रेफ्रीसँग बाझाबाझ पनि गर्ने।

तर, मिहिनेत गरेपछि मात्र फल पाइन्छ भनेर त्यसै भनिएको त पक्कै होइन्, ग्रेलिसले आफूलाई परिवर्तन मात्र गरेनन्, अब्बल दर्जाका खेलाडी पनि बनाए।

भिल्ला च्याम्पियनसिपमा रहेको बेला उनले खुबै मिहिनेतले खेले र अन्ततः क्लब पनि प्रिमियर लिगमा पुग्यो। अहिले यिनै खेलाडीको मूल्य पुगेको छ, अविश्‍वसनीय रूपमा १० करोड पाउन्ड।

(३) रोमेलु लुकाकु (इन्टर मिलानदेखि चेल्सी)

रोमेलु लुकाकु प्रिमियर लिगका अर्का महँगा खेलाडी हुन्। बेल्जियम राष्‍ट्रिय टोलीका स्ट्राइकर लुकाकु कीर्तिमानी मूल्यमा इंग्लिस क्लब चेल्सीमा अनुबन्धित भएका थिए।
अहिले लुकाकु लोनमा इटालियन क्लब इन्टर मिलानमा फर्किसकेका छन्। गत सिजन इन्टरबाटै प्रिमियर लिग क्लब चेल्सीमा अनुबन्ध भएका लुकाकु एक वर्षपछि नै लोनमा इन्टर फर्केका हुन्।

बेल्जियन खेलाडी लुकाकुलाई चेल्सीले सन् २०२१ मा क्लब कीर्तिमानी रकम ९८ मिलियन पाउन्डमा अनुबन्ध गरेको थियो। चेल्सीले उनलाई एन्डरलेचबाट एक करोड ८० लाख पाउन्डमा खरिद गरेको थियो। तर, उनले केवल १५ खेल खेले। वेस्ट ब्रोम र इभटर्नमा लोनमा गए। त्यसपछि २ करोड ८० लाख पाउन्डमा एभर्टन गए। यो रकम एभर्टनले त्यतिबेला कुनै पनि खेलाडीका लागि खर्चिएको सबभन्दा ठूलो धनराशि थियो।

एभर्टनपछि ७ करोड ४० लाख पाउन्डमा म्यानचेस्टर युनाइटेडमा गए। त्यहाँबाट ७ करोड ४० लाख पाउन्डमा इन्टर मिलान पुगे। उनको गोल त नियमित रूपमा आफ्नो हिसाबले भइरहेको छ तर इन्टर मिलानमा गत सिजन जितेको ‘सिरी ए’को उपाधि नै लुकाकुको सन् २०१० यताको पहिलो उपाधि हो।

त्यसअघि उनले एन्डरलेचमा रहँदा बेल्जियन लिगको उपाधि जितेका थिए। यसबेला उनी मात्र १६ वर्षका थिए र उनले उत्कृष्‍ट प्रदर्शन गर्दै गोल्डेन बुट पनि जितेका थिए।

रोमेलु विश्‍वका उत्कृष्‍ट स्ट्राइकरमध्ये एक हुन्। लुकाकु २४ वर्ष पुग्नु अगाडि नै प्रिमियर लिगमा ८० गोल गर्ने चौथो खेलाडी हुन्। उनले यी सबै गोल वेस्ट ब्रोम र एभर्टनबाट गरेका हुन्। लुकाकु प्रिमियर लिगमा सबभन्दा धेरै गोल गर्ने खेलाडीको सूचीमा २० औं स्थानमा छन्। उनले प्रिमियर लिगमा ११३ गोल गरेका छन्।

(४) पाउल पोग्बा (युभेन्टसदेखि म्यानचेस्टर युनाइटेड)

खेलाडी सरुवा बजारमा विश्‍व कीर्तिमान बनाउँदै फ्रान्सका अन्तर्राष्‍ट्रिय फरवार्ड पाउल पोग्बा युभेन्ट्सबाट म्यानचेस्टर युनाइटेड फर्किएका थिए। सन् २०१२ मा स्वतन्त्र सरुवा प्रणालीमा क्लब छाडेका पोग्बालाई युनाइटेडले क्लब भित्र्याउन ११ करोड ६० लाख डलर तिरेको थियो।

पोग्बाले युभेन्टस जानुअघि युवावस्थामा युनाइटेडबाट जम्मा ७ खेल खेलेका थिए। त्यसपछि उनी स्वतन्त्र सरुवा प्रणाली (सरुवा रकम नतिरिकन) इटालियन महारथि युभेन्ट्ससँग अनुबन्ध भएका थिए।

युभेन्टसलाई लगातार चार ‘सिरी ए’ उपाधि र फ्रान्सलाई युरो २०१६ मा फाइनलसम्म डोर्‍याउन महत्त्वपूर्ण भूमिका वहन गरेका पोग्बा विश्‍वकै सबैभन्दा महँगा खेलाडीमा पुनः युनाइटेड फर्किएका हुन्।

फ्रेन्च मिडफिल्डर पाउलले सन् २०१४ को विश्‍वकपमा युवा खेलाडीको उपाधि जितेका थिए। उनी प्रतिद्वन्द्वी गोल पोस्टमा आफ्ना साथीहरूलाई गोलका लागि बल मिलाउन मात्र होइन, गोल गर्न पनि खप्पिस मानिन्छन्।

सन् २०१३ मा फ्रान्सले युथ-२० विश्‍वकप उपाधि जित्दा उनी टोलीका मुख्य हतियार थिए।

(५) मिखाइलो मुड्रिक ( शक्तर डोनेस्कबाट चेल्सी)

युक्रेनी क्लब शाख्तर डोनेट्स्कका फरवार्ड मिखाइलो मुड्रिक चेल्सीमा अनुबन्धित भएका छन्। भर्खरै मात्र युक्रेनी फरवार्ड मुड्रिक ८९ मिलियन पाउन्डमा चेल्सीमा अनुबन्धित भएका हुन्।

जुन युक्रेनी क्लब फुटबलको ट्रान्सफरमा कीर्तिमानी रकम हो। २२ वर्षीय फरवार्डले चेल्सीसँग साढे आठ वर्षको सम्झौता गरेका छन्। यस सिजन उनले शाख्तरका लागि १२ लिग खेलमा ७ गोल गरेका छन्।

मुड्रिकले आफ्नो करिअर मेटालिस्ट खार्किभ र डिनिप्रो निप्रोपेट्रोभस्कको एकेडेमीमा शुरु गरेका थिए। युक्रेनबाट आठपटक खेलिसकेका २२ वर्षीय शाख्तर डोनेस्क लेफ्ट विंगरले यस सिजन च्याम्पियन्स लिगमा आफ्नो कद बढाएका छन्।

यो सिजनसम्म उनले आफ्नो देशका तीन फरक क्लबका लागि ४७ खेलमा दुई गोल मात्र गरेका थिए। तर, यो सिजन उनको फार्म र प्रोफाइल धेरै उचाइमा पुगेको छ।
मुड्रिकले आफ्नो डेब्यु खेलमा लिभरपुलविरुद्ध ०-० को बराबरी खेलमा सिजनको लागि लिगमा सबैभन्दा छिटो खेलाडीको रूपमा नयाँ कीर्तिमान बनाएका थिए। उनले ३६.६३ किलोमिटरको टप स्पिड बनाइसकेका छन् र प्रिमियर लिगको इतिहासमा सबैभन्दा छिटो खेलाडीहरूमध्ये धेरै टाढा छैनन्।

Previous Post

 इन्टरपोलको २४औं एसियाली क्षेत्रीय सम्मेलनमा सहभागी हुँदै प्रहरी महानिरीक्षक सिंह 

Next Post

पोखरीमा डुबेर बालकको मृत्यु

Related Posts

एसियाडकाे पहिलो स्वर्ण चीनको खातामा
खेलकुद

एसियाडकाे पहिलो स्वर्ण चीनको खातामा

२०८० अशोज ७ गते, १४:१० बजे प्रकाशित
छैनन् प्रशिक्षक- बिना प्रशिक्षक पदक जित्छन् ब्याडमिन्टन खेलाडी
खेलकुद

छैनन् प्रशिक्षक- बिना प्रशिक्षक पदक जित्छन् ब्याडमिन्टन खेलाडी

२०८० अशोज ७ गते, १३:१९ बजे प्रकाशित
दलीय राजनीतिमा लाग्दिँन, विकास र सुशासनमा लागिरहन्छु: राष्ट्रपति पौडेल
खेलकुद

क्यानको केन्द्रीय सचिवमा पारस खड्का विजयी

२०८० अशोज ६ गते, १७:३५ बजे प्रकाशित
घरेलु मैदानमै पाकिस्तानसँग हार्‍यो नेपाल
खेलकुद

नेपाल पाकिस्तानसँग पराजित

२०८० अशोज ४ गते, २१:१७ बजे प्रकाशित
घरेलु मैदानमै पाकिस्तानसँग हार्‍यो नेपाल
खेलकुद

घरेलु मैदानमै पाकिस्तानसँग हार्‍यो नेपाल

२०८० अशोज ४ गते, १९:५४ बजे प्रकाशित
ललित राजवंशीकाे काँधको हड्डी फ्याक्चर, एसियन गेम्स गुमाउने
खेलकुद

ललित राजवंशीकाे काँधको हड्डी फ्याक्चर, एसियन गेम्स गुमाउने

२०८० अशोज ४ गते, १६:४६ बजे प्रकाशित
Next Post
पोखरीमा डुबेर बालकको मृत्यु

पोखरीमा डुबेर बालकको मृत्यु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

जस्टइन

डुबेर मृत्यु

डुबेर मृत्यु

by नेपाली हेडलाइन
२०८० अशोज ७ गते, २१:१७ बजे प्रकाशित
0

मृत अवस्थामा फेला

मृत अवस्थामा फेला

by नेपाली हेडलाइन
२०८० अशोज ७ गते, २०:४८ बजे प्रकाशित
0

सवारी दुर्घटनामा दुई जनाको मृत्यु

छुट्टाछुट्टै सवारी दुर्घटनामा छ जनाको मृत्यु

by नेपाली हेडलाइन
२०८० अशोज ७ गते, २०:२५ बजे प्रकाशित
0

टिपरसँग ठाेकियाे माेटरसाइकल- एककाे मृत्यु, टिपर सहचालक घाइते

राँगासँग मोटरसाइकल ठाेक्किदा चालककाे मृत्यु

by नेपाली हेडलाइन
२०८० अशोज ७ गते, २०:०८ बजे प्रकाशित
0

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित
सञ्चालक : निशेष पोखरेल
प्रधान सम्पादक : उपेन्द्र पोखरेल
संवाददाता : शलिना कुँवर
डेस्क : सुदीप बराल
प्रदेश १ ब्युरो : हिमाल राई
लुम्बिनी ब्युरो : अस्मिता अधिकारी
प्रधान कार्यालय : मध्य बानेश्वर, काठमाडौं
सूचना विभाग दर्ता नम्बर : २६७३/०७७-७८
सम्पर्क नम्बर : ९८५१३२९७८२
विज्ञापनका लागि सम्पर्क : ९८२०२२९३७६

No Result
View All Result

© Dharmadevi Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • विश्व/भूराजनीति
  • दृष्टि/संवाद
  • देशभर
  • लङरिड
  • अन्य
    • इलेक्सन वाच
    • खेलकुद
    • विज्ञान/प्रविधि
    • सिनेमा/आर्ट्स
    • हेल्थ/फुड टिप्स
    • कल्चर/हेरिटेज

© Dharmadevi Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana