काठमाडौं– प्रतिबन्धित भारतीय रूपैयाँ सहित भारतीय नागारीक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतीय नागरीक ४७ वर्षीय महेशभाई रुगनाथभाई कुंडारीया रहेका छन् ।
नेपालमा प्रतिबन्धित भारतीय रूपैयाँ २ हजार दरको ४० थान र ५ सय दरको १ सय १४ थान गरी जम्मा २ लाख ८७ हजार सहित उनलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको हो ।
बुद्ध एयरको उडानद्वारा काठमाडौंबाट विराटनगर जान लागेका कुंडारीयालाई
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक उडानतर्फको प्रस्थान ह्याण्ड ब्यागेज चेकिङ एरियाको एक्सरे मेसिनमा जाँच गर्ने क्रममा उनको ह्याण्ड व्यागभित्र उक्त प्रतिबन्धित भारतीय रूपैयाँ फेला पारी पक्राउ गरेको हो ।
उनलाई आवश्यक अनुसन्धान एवं कानूनी कारबाहीको लागि राजश्व अनुसन्धान विभाग हरिहरभवन पुल्चोक, ललितपुर पठाइएको छ ।