Tuesday, March 28, 2023
Nepaliheadline
  • हाेमपेज
  • विश्व/भूराजनीति
  • दृष्टि/संवाद
  • देशभर
  • लङरिड
  • अन्य
    • इलेक्सन वाच
    • खेलकुद
    • विज्ञान/प्रविधि
    • सिनेमा/आर्ट्स
    • हेल्थ/फुड टिप्स
    • कल्चर/हेरिटेज
No Result
View All Result
  • हाेमपेज
  • विश्व/भूराजनीति
  • दृष्टि/संवाद
  • देशभर
  • लङरिड
  • अन्य
    • इलेक्सन वाच
    • खेलकुद
    • विज्ञान/प्रविधि
    • सिनेमा/आर्ट्स
    • हेल्थ/फुड टिप्स
    • कल्चर/हेरिटेज
No Result
View All Result
Nepaliheadline
No Result
View All Result
Home देशभर

अबैध बालुवाको तस्करी रोक्न निगरानी

नेपाली हेडलाइन by नेपाली हेडलाइन
२०७९ माघ २३ गते, ११:४२ बजे प्रकाशित
in देशभर, हेडलाइन
0
अबैध बालुवाको तस्करी रोक्न निगरानी
74
SHARES
Share on FacebookShare on Twitter

कञ्चनपुर –कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१२ स्थित दोदा नदीबाट बालुवा अबैध रुपमा उत्खनन् हुन थालेपछि वडा कार्यालयले निगरानी बढाएको छ ।

बालुवाको जथाभावी उत्खनन् हुन थालेपछि प्रहरीसँगको समन्वयमा विशेष गरी राति दुई बजेदेखि चार बजेसम्म निगरानी बढाइएको वडा अध्यक्ष नवलसिंह रानाले जानकारी दिए । उनले भने “धेरै पटक अबैध रुपमा बालुवा उत्खनन् गरेको पाइएपछि प्रहरीलाई खबर गरी बालुवा उत्खनन् रोकेका छौँ”, “दिउँसो बालुवा उत्खनन् गर्न नपाइने भएपछि रातको समयमा बालुवा उत्खनन्को हुन थालेको छ ।”

अध्यक्ष रानाका अनुसार अबैध रुपमा बालुवा उत्खनन् हुँदा भू–क्षय हुनबाट जोगाउन नदीमा लाखौँ रकम खर्चेर निर्माण गरिएको तटबन्ध जोखिममा परेको छ । नदी गहिरिँदै गएपछि तटबन्ध भत्कने अवस्थामा पुगेको छ । जथाभावी बालुवा उठाइदा नदीको गहिराई दुई फिट बढेको अध्यक्ष रानाको भनाइ छ ।

“वातावरणीय प्रभाव मूल्याङ्कन गरी नदीको बालुवा वैधानिक रुपमा उत्खननका लागि ठेक्का प्रक्रियामा जानुपर्छ”, अध्यक्ष रानाले भने, “यसबारे नगरपालिकामा कुरा उठाएका छौँ, अहिलेसम्म सुनवाइ भएको छैन ।” अबैध रुपमा बालुवा उठाएर लैजादा नगरपालिकालाई लाखौ रकम बराबरको राजस्व गुमेको छ ।

दैनिक नदी क्षेत्रबाट दुई दर्जन बढी ट्रयाक्टरमा अबैध रुपमा बालुवा उत्खनन् भइ तस्करी हुने गरेको छ । नगरपालिका क्षेत्रभित्र पर्ने नदीबाट लालझाडी गाउँपालिकाले दुई वर्ष ठेक्का सम्झौता गरी बालुवा उत्खनन् गरेको स्थानीयको भनाइ छ ।

नगर प्रमुख रणबहादुर महराले आगामी आवमा नगरपालिका क्षेत्र भित्रका सबै नदीहरुको वातावरणीय प्रभाव मूल्याङ्कनको कार्य गरी गाउँ बस्ती र वातावरणलाई असर नपर्ने ठाउँमा नदीजन्य पदार्थ उत्खनन्का लागि टेण्डर आह्वान गरी ठेक्का सम्झौता गरिने बताए ।

Previous Post

अबुनको स्वर, पवनको संगीतमा ए चरी सार्वजनिक

Next Post

पाँच सयले बढ्यो सुनको मूल्य

Related Posts

खप्तड गोल्डकप : मनाङ मर्स्याङ्दी सेमिफाइनलमा
खेलकुद

खप्तड गोल्डकप : मनाङ मर्स्याङ्दी सेमिफाइनलमा

२०७९ चैत्र १३ गते, २१:१२ बजे प्रकाशित
अब लेखिने छैन ‘सतार’, लेखिने छ ‘सन्थाल’
कल्चर/हेरिटेज

अब लेखिने छैन ‘सतार’, लेखिने छ ‘सन्थाल’

२०७९ चैत्र १३ गते, २०:५५ बजे प्रकाशित
चिसो छल्न औल झरेका भेडी गोठी उकालो चढ्दै
देशभर

चिसो छल्न औल झरेका भेडी गोठी उकालो चढ्दै

२०७९ चैत्र १३ गते, २०:३१ बजे प्रकाशित
गण्डकीमा आज नयाँ सरकार बन्दै, एमालेका खगराज मुख्यमन्त्री
देशभर

सरकार परिवर्तनले समृद्धिमा बाधा : मुख्यमन्त्री अधिकारी

२०७९ चैत्र १३ गते, २०:१८ बजे प्रकाशित
गृह मन्त्रालय रास्वपा बाहेक अन्य पार्टीलाई नदिइने ओलीको दाबी
देशभर

एमाले विकास र लोकतन्त्रको पक्षमा छ : अध्यक्ष ओली

२०७९ चैत्र १३ गते, २०:०४ बजे प्रकाशित
मधेस केन्द्रित साना दलहरूद्वारा लोकतान्त्रिक मधेसी मोर्चा गठन
देशभर

मधेस केन्द्रित साना दलहरूद्वारा लोकतान्त्रिक मधेसी मोर्चा गठन

२०७९ चैत्र १३ गते, १९:५९ बजे प्रकाशित
Next Post
अवैध रुपमा ल्याउँदै गरेको सुन जस्तो देखिने अर्धठोस पदार्थ सहित पक्राउ

पाँच सयले बढ्यो सुनको मूल्य

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

साताका लाेकप्रिय

  • राशिफल : मकर- मनमा शान्ति, धनु- दाम्पत्य जीवन सुखद

    155 shares
    Share 62 Tweet 39
  • बोल्न पाइँदैन

    152 shares
    Share 61 Tweet 38
  • राशिफल : मीन- अनावश्यक खर्च, सिंह- पदोन्नतीको योग

    151 shares
    Share 60 Tweet 38
  • राशिफलः कन्या- मनमा शान्ति, तुला- खर्च बढ्ने

    137 shares
    Share 55 Tweet 34
  • शहरको पनि शहर नेपालगञ्ज

    126 shares
    Share 50 Tweet 32

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित
सञ्चालक : निशेष पोखरेल
प्रधान सम्पादक : उपेन्द्र पोखरेल
संवाददाता : रेखा जोशी, तीर्थमाया तामाङ
डेस्क : लक्ष्मी श्रेष्ठ
प्रदेश १ ब्युरो : हिमाल राई
लुम्बिनी ब्युरो : अस्मिता अधिकारी
प्रधान कार्यालय : मध्य बानेश्वर, काठमाडौं
सूचना विभाग दर्ता नम्बर : २६७३/०७७-७८
सम्पर्क नम्बर : ९८५१३२९७८२

No Result
View All Result

© Dharmadevi Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • विश्व/भूराजनीति
  • दृष्टि/संवाद
  • देशभर
  • लङरिड
  • अन्य
    • इलेक्सन वाच
    • खेलकुद
    • विज्ञान/प्रविधि
    • सिनेमा/आर्ट्स
    • हेल्थ/फुड टिप्स
    • कल्चर/हेरिटेज

© Dharmadevi Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana