ओखलढुङ्गा – ओखलढुङ्गामा पर्यटन प्रवद्र्धनका लागि पहिलो पटक साइक्लिङ दौड प्रतियोगिता गरिएको छ। प्रतियोगितामा इलिट पुरुषतर्फ २५ जनाले भाग लिएका थिए। प्रतियोगितामा क्रिस्टोफर अशोक केलिङ प्रथम भएका छन् । निरव श्रेष्ठ दोस्रो र प्रचित थापामगर तेस्रो भएका हुन् ।
सदरमुकाम बजार क्षेत्रमा पर्यटन प्रवद्र्धनका लागि साइक्लिङ दौड प्रतियोगिता गरिएको हो। प्रतियोगितामा देश तथा विदेशका गरी ६२ जना प्रतियोगी सहभागी भएका थिए।
चार विधामा प्रतिस्पर्धा गराइएको आयोजक ओखलढुङ्गा जिल्ला साइक्लिङ सङ्घका अध्यक्ष राम शाक्यले बताए । इलिट पुरुष, इलिट महिला, मास्टर ‘ए’, ‘बी’ र जुनियर विधामा साइक्लिङ दौड प्रतियोगिता गराइएको शाक्यको बताए ।
प्रतियोगितामा इलिट पुरुषतर्फ २५ जनाले भाग लिएका थिए। प्रतियोगितामा क्रिस्टोफर अशोक केलिङ प्रथम, निरव श्रेष्ठ दोस्रो र प्रचित थापामगर तेस्रो भएका छन् ।
उनीहरूले क्रमशः चार मिनेट ११ सेकेन्ड, ४ मिनेट १७ सेकेन्ड र ४ मिनेट १८ सेकेन्डमा ३।२ किलोमिटरको दूरी पार गरेका थिए । इलिट महिलातर्फ ५ जनाले भाग लिएका थिए ।
प्रतियोगितामा निश्मा श्रेष्ठ प्रथम, अन्जा क्यामेनजिन दोस्रो र लक्ष्मी मगर तेस्रो भएका छन् । श्रेष्ठ र क्यामेनजिनले ५ मिनेट ८ सेकेन्ड तथा मगरले ५ मिनेट २२ सेकेन्डमा उक्त दूरी पार गरेका थिए ।
मास्टर ‘ए’तर्फ ८ जनाले भाग लिएका थिए । उमङ्ग श्रेष्ठ प्रथम, सन्तोष राई दोस्रो र मनोज श्रेष्ठ तेस्रो भएका छन् । उनीहरूले क्रमशः ४ मिनेट ५० सेकेन्ड, ४ मिनेट ५२ सेकेन्ड र ५ मिनेट एक सेकेन्डमा दूरी पार गरेका थिए ।
मास्टर ‘बी’तर्फ पनि ८ जनाले भाग लिएका थिए । जसमा अनुप गुरुङ प्रथम, जोनाथन स्टुड दोस्रो र विकास महर्जन तेस्रो भएको छ । गुरुङले ४ मिनेट ४६ सेकेन्डमा तोकिएको दूरी पार गर्न सफल भएका थिए । त्यस्तै स्टुडले ४ मिनेट ५१ सेकेन्ड र महर्जनले ४ मिनेट ५२ सेकेन्डमा उक्त दूरी पार गर्न सफल भए ।
सङ्घका अध्यक्ष शाक्यका अनुसार प्रतियोगितामा (१८ वर्षभन्दा मुनि) को ११ जना सहभागी भएका थिए। जसमा विपुल थापा प्रथम, अनिश तामाङ दोस्रो र श्रीनेश श्रेष्ठ तेस्रो भएको छ । थापाले चार मिनेट २९ सेकेन्ड, तामाङले चार मिनेट ४२ सेकेन्ड र श्रेष्ठले चार मिनेट ५८ सेकेन्डमा उक्त दूरी पार गरेको हो। शनिबार सम्पन्न प्रतियोगिताको ४ विधाका विजेतालाई २ लाख पुरस्कार प्रदान गरिएको शाक्यको भनाइ छ।
सिद्धिचरण नगरपालिका–११, झाँक्री ढुङ्गादेखि १२ नं. वडाको गणेश टोलसम्म गरी ३.२ किलोमिटरको दूरीमा साइक्लिङ दौड प्रतियोगिता गरिएको थियो।
रमाइलो डाँडाको पुरानो बजारको बाटो, हुलाक टोलबाट गणेश टोलसम्मको बजारको बाटो, गणेश टोलबाट भैरव टोल हुँदै हुलाक टोलसम्मको बजारको भित्री बाटो, डाँडा टोल कृष्ण मन्दिरको बाटो, हाटबजार लाग्ने बाटो हुँदै हुलाक टोलसम्मको बाटोमा दौड प्रतियोगिता भएको आयोजक संस्थाका अध्यक्ष शाक्यले जानकारी दिए ।