काठमाडौँ — टर्कीमा सोमबार बिहान ७.८ म्याग्नेच्यूटको शक्तिशाली भूकम्प गएको छ ।
दक्षिण–पूर्वी टर्कीको गाजियान्टापमा बिहान ४ बजेर १७ मिनेटमा शक्तिशाली भूकम्प गएको अमेरिकाको जियोलोजिकल सर्भेले जनाएको छ ।
सिरियासँगको सीमा नजिकै शक्तिशाली भूकम्पमा परी कम्तीमा १० जनाको मृत्यु भएको स्थानीय अधिकारीहरूले बताएका छन् ।
दक्षिणपूर्वी टर्कीको गाजियान्टापमा स्थानीय समय अनुसार बिहान ४ बजेर १७ मिनेटमा भूकम्प गएको हो। भूकम्पको १७.९ किलोमिटर गहिराइको रहेको अमेरिकाको जियोलोजिकल सर्भेले जनाएको छ।
भूकम्पको धक्का राजधानी अंकारासहित टर्कीका विभिन्न सहरहरूमा महसुस गरिएको छ । भूकम्पको धक्का सिरिया र लेबनानसम्म महसुस गरिएको बेलायती अखबार दि गार्डियनले जनाएको छ ।
शक्तिशाली भूकम्पपछि पराकम्पहरु आइनै रहेको त्यहाँका अधिकारीले बताएका छन् । भूकम्प आएसँगे त्यहाँका नागरिकहरु घर छाडेर सार्वजनिक ठाउँहरुमा शरण लिइरहेका छन् ।