काठमाडौं- नेपाल राष्ट्र बैंकले सोमबारका लागि अमेरिकी डलर १ को खरिद दर १३० रुपैयाँ ६३ पैसा र बिक्री दर १३१ रुपैयाँ २३ पैसा कायम गरेको छ।
यस्तै, युरोपेली मुद्रा युरो १ को खरिद दर सोमबारका लागि १४१ रुपैयाँ २ पैसा र बिक्री दर १४१ रुपैयाँ ६६ पैसा कायम गरिएको छ।
बेलायती पाउन्ड स्टर्लिङ खरिदतर्फ १५७ रुपैयाँ ४६ पैसा र बिक्रीतर्फ १५८ रुपैयाँ १८ पैसा तय गरिएको छ।
आजका लागि साउदी रियाल खरिदमा ३४ रुपैयाँ ८१ पैसा र बिक्रीमा ३४ रुपैयाँ ९७ पैसा, कतारी रियाल खरिदमा ३५ रुपैयाँ ६६ पैसा र बिक्रीमा ३५ रुपैयाँ ८३ पैसा, यूएईको दिराम १ को खरिदमा ३५ रुपैयाँ ५६ पैसा र बिक्रीमा ३५ रुपैयाँ ७३ पैसा तोकिएको छ।
मलेसियाको रिंगिट १ को खरिदमा ३० रुपैयाँ ६८ पैसा र बिक्रीमा ३० रुपैयाँ ८२ पैसा, दक्षिण कोरियाको वन १०० को खरिदमा १० रुपैयाँ ४७ पैसा र बिक्रीमा १० रुपैयाँ ५२ पैसा कायम गरिएको छ।
कुवती दिनार १ को खरिदमा ४२८ रुपैयाँ २२ पैसा र बिक्रीमा ४३० रुपैयाँ १९ पैसा तथा बहराइनको दिनार खरिदमा ३४६ रुपैयाँ ५० पैसा र बिक्रीमा ३४८ रुपैयाँ ९ पैसा कायम गरिएको छ।