काठमाडौं- इटालीको अदालतले एप नक्कल गरेकामा फेसबुकलाई जरिवाना तिराउने फैसला दिएको छ।
मिलानस्थित पुनरावेदन अदालतले एप नक्कल गरी इटालीको एक सफ्टवेयर डेभेलपमेन्ट कम्पनीलाई क्षति पुर्याएको ठहर गर्दै फेसबुकलाई ३८ लाख ३० हजार युरो जरिवाना तिराउने फैसला गरेको हो।
फेसबुकले इटालीको ‘एराउन्ड’ नामक एपमा रहेको फिचर ‘नियरबाइ’ नक्कल गरेको ठहरर अदालतको छ। उक्त फिचर प्रयोगकर्ताको नजिकका पसल, क्लब, रेस्टुराँबारे जानकारी दिन्छ। फेसबुकका प्रवक्ताले अदालतको निर्णय अध्ययन गरिरहेको बताएका छन्।