कैलाली- सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री झपटबहादुर बोहराले बुधबार पदबाट राजिनामा दिएका छन्।
उनी नेकपा विभाजनपछि कुनै पनि पक्षमा खुलेका थिएनन्। प्रधानमन्त्री केपी ओलीको पक्षमा लाग्ने निश्चित भएपछि पदबाट राजिनामा दिएका हुन्।
उनले पत्रकार सम्मेलन गर्दै पदबाट राजिनामा दिएको जानकारी दिए। उनी अछाम क्षेत्र नम्बर १ ‘ख’ बाट प्रदेशसभामा निर्वाचित सांसद हुन्।