कैलाली- सुदूरपश्चिम प्रदेश र जिल्ला प्रहरी कार्यालयको संयुक्त टोलीले चरेससहित एकजनालाई पक्राउ गरेको छ।
बिशेष सूचनाका आधारमा कैलाली गोदावरी नगरपालिका-२ अत्तरियास्थित रिङरोडमा रहेको होटेल जानकीबाट सात किलो चरेससहित होटेल सञ्चालक बलबहादुर धामीलाई पक्राउ गरिएको हो।
प्रहरीले होटेलको कोठा नम्बर १०७ बाट उक्त परिणामको चरेस बरामद भएको जनाएको छ। पक्राउ परेका धामीउपर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।