Tuesday, March 28, 2023
Nepaliheadline
  • हाेमपेज
  • विश्व/भूराजनीति
  • दृष्टि/संवाद
  • देशभर
  • लङरिड
  • अन्य
    • इलेक्सन वाच
    • खेलकुद
    • विज्ञान/प्रविधि
    • सिनेमा/आर्ट्स
    • हेल्थ/फुड टिप्स
    • कल्चर/हेरिटेज
No Result
View All Result
  • हाेमपेज
  • विश्व/भूराजनीति
  • दृष्टि/संवाद
  • देशभर
  • लङरिड
  • अन्य
    • इलेक्सन वाच
    • खेलकुद
    • विज्ञान/प्रविधि
    • सिनेमा/आर्ट्स
    • हेल्थ/फुड टिप्स
    • कल्चर/हेरिटेज
No Result
View All Result
Nepaliheadline
No Result
View All Result
Home देशभर

बराहक्षेत्रको महेन्द्र माविले आफूनिकट गैरपत्रकारलाई सम्मान गरेपछि

हिमाल राई by हिमाल राई
२०७९ माघ १९ गते, १२:३० बजे प्रकाशित
in देशभर
0
बराहक्षेत्रको महेन्द्र माविले आफूनिकट गैरपत्रकारलाई सम्मान गरेपछि
165
SHARES
Share on FacebookShare on Twitter

सुनसरी- बराहक्षेत्र ७ तित्रीगाछीस्थित महेन्द्र माविले आफ्नो ५० औं वार्षिकोत्सव (स्वर्ण जयन्ती) मनाइरहेको छ।

सोही क्रममा गत बुधबार नगरभरिका साहित्य श्रष्टा तथा पत्रकारलाई सम्मान गर्‍यो। तर, यतिबेला सम्मानित हुने पत्रकारलाई के आधारमा सम्मानित गरिएको हो भन्नेबारे प्रश्न उब्जिएको छ।

सामाजिक सञ्जाल र बौद्धिक व्यक्तित्व र तप्काहरूमा विवाद र चर्चाको विषय बनेको छ।

विद्यालयले हिरण्य कार्की, सन्तोष गुप्ता, प्रदीप चौधरी, लक्ष्मण कटुवाल, राजन घिमिरे, रमेश हतुवालीलाई सम्मान गरेको थियो। तर, यी व्यक्तिहरू धेरैजसो (केहीबाहेक) श्रमजीवी पत्रकार होइनन्। त्यसमध्ये कोही स्कुलमा पढाउँछन् भने कोही व्यवसाय गर्छन र फुर्सदको समयमा समाचार लेख्ने गर्छन्।

तर पनि, महेन्द्र माविले यिनै व्यक्तिहरूलाई सम्मान गरेपछि विद्यालयको नियतमाथि प्रश्न उठ्नु स्वाभाविकै हो।

सम्मानित हुनेमध्ये ४ जना एमालेनिकट प्रेस चौतारीमा आबद्ध छन् भने एकजना कांग्रेसनिकट प्रेस युनियनमा र एकजना स्वतन्त्र छन्। विद्यालयले गरेको सम्मानप्रति जनमानसमा प्रश्न उठेको हो।

यसबारे विद्यालय व्यवस्थापन समिति अध्यक्ष पर्शुराम आचार्यले आफूहरूबाट गल्ती भएको स्वीकारे। पत्रकार सम्मानित गर्ने क्रममा वास्तविक पत्रकार सम्मानित नभएको स्वीकार्दै उनले आगामी दिनमा यस्तो गल्ती नदोहोर्‍याउने प्रतिबद्धता पनि जनाए।

विद्यालयका प्रधानाध्यापक फिरोज घिमिरेलाई प्रश्न गर्दा भने गैरजिम्मेवारपूर्ण जवाफ दिए। उनले भने, ‘हामीलाई को पत्रकार हो, को होइन भनेर कसरी थाहा हुन्छ त ? हामीले पत्रकार भनेर देखेको र चिनेको आधारमा सम्मानित गरेका हौं।’

स्रोतका अनुसार विद्यालयका शिक्षक एवं फुर्सदको समयमा कलम चलाउने सुदन गुरागाईंको सिफारिसको आधारमा उल्लेखित पत्रकारहरूलाई सम्मानित गरिएको हो।

बराहक्षेत्रमा रहेका पत्रकारहरूको छाता (साझा) संगठन ग्रामीण पत्रकार समूह छ। यस्तै, नेपाल पत्रकार महासंघका एकजना केन्द्रीय सदस्य र २ जना जिल्ला सदस्य बराहक्षेत्रमै छन्। तर, उनीहरूसँग समन्वय, सहकार्य नगरी शिक्षक गुरागाईंको सिफारिसमा राजनीतिक दल निकट पत्रकारहरूलाई विद्यालय व्यवस्थापन समितिले सम्मानित गरेको छ।

ग्रामीण पत्रकार समूहका निवर्तमान अध्यक्ष हिरण्य कार्कीले भने, ‘बराहक्षेत्रमा कर्मथलो बनाई पुराना, अनुभवी, क्षमतावान, योग्य, वास्तविक,श्रमजीवी पत्रकारलाई सम्मानित गरिएको छैन।’

वास्तविक पत्रकारलाई सम्मानित गर्नमा विद्यालय चुकेको वा त्यतातिर नजर पु¥याउन नसकेको उनले बताए। ‘विद्यालयले अग्रज र बराहक्षेत्रको पत्रकारिताको हक र हितको लागि निष्पक्ष र सामाजिक उत्तरदायित्व गर्दै स्वच्छ तरिकाले कलम चलाउने र दिनदुःखी, असहायहरूको बारेमा सधैं आवाज बुलन्द गर्ने पत्रकारलाई कामको मूल्यांकनको आधारमा सम्मान गर्नुपर्थ्यो। त्यसका लागि ग्रामीण पत्रकार समूह र पत्रकार महासंघसँग समन्वय गर्नुपर्थ्यो। तर, व्यवस्थापन समितिले त्यसो गरेन,’ उनले भने।

नेपाल पत्रकार महासंघ सुनसरीका सदस्य सुबिन विश्वकर्मा भन्छन्, ‘आफूचाहिँ अहिले सामाजिक सञ्जालमा नभएकाले केही कुरा पनि थाहा पाएको छैन। यो विषय पनि साथीसँगीले भनेपछि मात्र थाहा पाएँ। तर, सामाजिक संस्थाले गैरपत्रकारलाई सम्मान गरेको हो भने त्यो गलत परिपाटी हो।’

यसले गर्दा समाजले पत्रकारितालाई हेर्ने नजर गिर्ने, दृष्टिकोण फरक हुने र पत्रकारितामा शुद्धता नआउने उनको भनाइ छ।

निमेष किराँती भन्छन्, ‘बराहक्षेत्रमा १–२ जना स्वतन्त्र, निष्पक्ष पत्रकारिता गर्नेबाहेक पार्टी कार्यकर्ता। पीत पत्रकारिता गर्ने जमात ठूलो छ। कुनै पनि सामाजिक संघसंस्थाले कामको मूल्यांकन नगरी हचुवाको भरमा आफूखुशी निकटका व्यक्तिलाई सम्मानित गर्दै जाने हो भने पत्रकारिता कसरी शुद्ध हुन्छ ?’

Previous Post

एक थान चाइनिज पेस्तोल र ६ राउण्ड गोलीसहित दुई जना पक्राउ

Next Post

राष्ट्रियसभा उपाध्यक्षमा उम्मेदवारी दिने कांग्रेसको निर्णय

Related Posts

चिसो छल्न औल झरेका भेडी गोठी उकालो चढ्दै
देशभर

चिसो छल्न औल झरेका भेडी गोठी उकालो चढ्दै

२०७९ चैत्र १३ गते, २०:३१ बजे प्रकाशित
गण्डकीमा आज नयाँ सरकार बन्दै, एमालेका खगराज मुख्यमन्त्री
देशभर

सरकार परिवर्तनले समृद्धिमा बाधा : मुख्यमन्त्री अधिकारी

२०७९ चैत्र १३ गते, २०:१८ बजे प्रकाशित
गृह मन्त्रालय रास्वपा बाहेक अन्य पार्टीलाई नदिइने ओलीको दाबी
देशभर

एमाले विकास र लोकतन्त्रको पक्षमा छ : अध्यक्ष ओली

२०७९ चैत्र १३ गते, २०:०४ बजे प्रकाशित
मधेस केन्द्रित साना दलहरूद्वारा लोकतान्त्रिक मधेसी मोर्चा गठन
देशभर

मधेस केन्द्रित साना दलहरूद्वारा लोकतान्त्रिक मधेसी मोर्चा गठन

२०७९ चैत्र १३ गते, १९:५९ बजे प्रकाशित
बढी शेयर पूँजी भएका सहकारीलाई राष्ट्र बैंकले नियमन गर्ने
देशभर

बढ्दै ट्रेजरी बिलको दायित्व, तिर्ने वा नवीकरण गर्ने भन्नेमा अन्योल

२०७९ चैत्र १३ गते, १९:२७ बजे प्रकाशित
निजगढ विमानस्थल तीव्र गतिमा अघि बढाइन्छ : पर्यटनमन्त्री किराती
देशभर

रङ्गमञ्च विश्व समुदाय जोड्ने माध्यम : पर्यटनमन्त्री किराती

२०७९ चैत्र १३ गते, १९:१९ बजे प्रकाशित
Next Post
राष्ट्रियसभा उपाध्यक्षमा उम्मेदवारी दिने कांग्रेसको निर्णय

राष्ट्रियसभा उपाध्यक्षमा उम्मेदवारी दिने कांग्रेसको निर्णय

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

साताका लाेकप्रिय

  • राशिफल : मकर- मनमा शान्ति, धनु- दाम्पत्य जीवन सुखद

    155 shares
    Share 62 Tweet 39
  • बोल्न पाइँदैन

    152 shares
    Share 61 Tweet 38
  • राशिफल : मीन- अनावश्यक खर्च, सिंह- पदोन्नतीको योग

    151 shares
    Share 60 Tweet 38
  • राशिफलः कन्या- मनमा शान्ति, तुला- खर्च बढ्ने

    137 shares
    Share 55 Tweet 34
  • शहरको पनि शहर नेपालगञ्ज

    126 shares
    Share 50 Tweet 32

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित
सञ्चालक : निशेष पोखरेल
प्रधान सम्पादक : उपेन्द्र पोखरेल
संवाददाता : रेखा जोशी, तीर्थमाया तामाङ
डेस्क : लक्ष्मी श्रेष्ठ
प्रदेश १ ब्युरो : हिमाल राई
लुम्बिनी ब्युरो : अस्मिता अधिकारी
प्रधान कार्यालय : मध्य बानेश्वर, काठमाडौं
सूचना विभाग दर्ता नम्बर : २६७३/०७७-७८
सम्पर्क नम्बर : ९८५१३२९७८२

No Result
View All Result

© Dharmadevi Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • विश्व/भूराजनीति
  • दृष्टि/संवाद
  • देशभर
  • लङरिड
  • अन्य
    • इलेक्सन वाच
    • खेलकुद
    • विज्ञान/प्रविधि
    • सिनेमा/आर्ट्स
    • हेल्थ/फुड टिप्स
    • कल्चर/हेरिटेज

© Dharmadevi Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana