कैलाली । सेती प्रादेशिक अस्पतालमा उपचाररत धनगढीका कोरोना संक्रमितको पुरुषको आज बिहान मृत्यु भएको छ ।
धनगढी उपमहानगरपालिका-३ का ५० वर्षीय संक्रमित पुरुषको मृत्यु भएको अस्पतालका सूचना अधिकारी दिलीप श्रेष्ठले जानकारी दिए ।
पुष ९ गते कोरोना पुष्टि भएपछि भेन्टिलेटरमा राखेर उपचार गराइरहेका पुरुषको बुधबार बिहान ६.५० बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।