कैलाली । सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री पठानसिंह बोहरालाई बर्खास्त गरिएको छ। प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले बोहरालाई पदमुक्त गरेको मुख्यमन्त्रीका प्रमुख स्वकीय सचिव शिवसिंह ओलीले बताए । उनले बोहरालाई संवैधानिक व्यवस्थाअनुसार पदमुक्त गरिएको बताए।
बोहरालाई पदमुक्त गरिएको जानकारी पत्र प्रदेश प्रमुखको सचिवालयलाई उपलब्ध गराइएको स्वकीय सचीव ओलीले बताए ।
प्रधानमन्त्री एवंम् नेकपाका अध्यक्ष केपी ओली समूहमा रहेका बोहरा प्रदेशका एक्ला मन्त्री थिए । बोहरालाई पार्टी विभाजनपछि प्रचण्ड–नेपाल समूहका मुख्यमन्त्री भट्टले पदमुक्त गरेका हुन्।
डडेल्धुराबाट प्रदेशसभा सदस्यमा निर्वाचित बोहरा २०७४ सालको फागुन ५ गते भौतिक पूर्वाधार विकास मन्त्रीमा नियुक्त भएका थिए।
नेकपा प्रचण्ड–नेपाल समूहका सुदूरपश्चिम इन्चार्ज भीम रावलको दबाबपछि मुख्यमन्त्रीले उनलाई पदमुक्त गरिएको बताइएको छ ।