काठमाडौं- नेकपा (दाहाल-नेपाल समूह) संसदीय दलको नेतामा पुष्पकमल दाहाल निर्वाचित भएका छन्। नयाँ बानेश्वरमा बुधबार बसेको संसदीय दल बैठकले दाहाललाई नेता चयन गरेको हो।
यसअघि मंगलबार सम्पन्न बैठकले माधवकुमार नेपाललाई नेकपा अध्यक्ष निर्वाचित गरेको थियो।
दुवै ‘एक्सन’सँगै सत्तारुढ नेकपा औपचारिक रूपमा विभाजित भएको छ।