कैलाली- राष्ट्रपति विद्यादेवी भण्डारीले संसद् विघटन गरेपछि सत्तारुढ नेकपाभित्रै र विपक्षी दलहरूले देशव्यापी विरोध प्रदर्शन गरेका छन्।
नेकपा नेता प्रचण्ड पक्षधरले कैलाली धनगढीमा पनि विरोध प्रदर्शन गरे। प्रदर्शनका क्रममा प्रधानमन्त्री केपी ओलीविरुद्ध नाराबाजी गरिएको थियो।
प्रचण्ड पक्षको प्रदर्शन गरिरहँदा केपी ओली पक्षधरले भने धनगढीमा पार्टी एकताका लागि प्रदेशस्तरीय युवा अभियान कार्यक्रम आयोजना गरेका थिए।