कैलाली- रोटरी क्लब अफ धनगढीले महाकाली अस्पताल कञ्चनपुर र मालाखेती अस्पताल कैलालीलाई ६ थान ह्विलचेयर हस्तान्तरण गरेको छ।
क्लबका अध्यक्ष तोयाराज भट्टले अस्पतालमा आउने बिरामीका लागि सहज बनाउन ह्विलचेयर हस्तान्तरण गरिएको बताए।
क्लबले महाकाली अस्पताललाई चार र मालाखेतीलाई दुई थान गरी ६ ह्विलचेयर हस्तान्तरण गरेको हो।
यस्तै, क्लबले चौमाला अस्पताल र कोभिड-१९ अस्पताल धनगढीलाई दुई–दुई थान ह्विलचेयर हस्तान्तरण गर्ने तय भएको क्लबका संस्थापक अध्यक्ष प्रकाशचन्द्र भट्टले बताए।