काठमाडौं- प्रवासीको सहयोगमा धार्मिक पर्यटकीय स्थल बिहुँ र रामकोटमा पदमार्ग निर्माण थालिएको छ। काठेखोला-६ शान्तिचोकदेखि ५ रामकोटस्थित त्रिपुरेश्वर महादेव मन्दिर जोड्ने पदमार्ग निर्माण हुन लागेको हो।
पदमार्गको लम्बाइ चार सय मिटर छ। पदमार्ग निर्माणका लागि विदेशमा रहेका बिहुँकोटका बासिन्दाले रकम संकलन गरेका छन्। हालसम्म ६५ लाख रुपैयाँ संकलन भएको छ।
जापान, युरोपेली मुलुक अमेरिकालगायत ठाउँबाट रकम संकलन भइरहेको छ। पदमार्ग र बिहुँकोट संरक्षणमा करिब डेढ करोड लाग्ने अनुमान छ।