Saturday, September 23, 2023
Nepaliheadline
  • हाेमपेज
  • विश्व/भूराजनीति
  • दृष्टि/संवाद
  • देशभर
  • लङरिड
  • अन्य
    • इलेक्सन वाच
    • खेलकुद
    • विज्ञान/प्रविधि
    • सिनेमा/आर्ट्स
    • हेल्थ/फुड टिप्स
    • कल्चर/हेरिटेज
No Result
View All Result
  • हाेमपेज
  • विश्व/भूराजनीति
  • दृष्टि/संवाद
  • देशभर
  • लङरिड
  • अन्य
    • इलेक्सन वाच
    • खेलकुद
    • विज्ञान/प्रविधि
    • सिनेमा/आर्ट्स
    • हेल्थ/फुड टिप्स
    • कल्चर/हेरिटेज
No Result
View All Result
Nepaliheadline
No Result
View All Result
Home देशभर

टीकापुर घटनाका दोषी रेशम चौधरीसहितको जन्मकैद सदर

नेपाली हेडलाइन by नेपाली हेडलाइन
२०७७ पुस ३ गते, १०:०४ बजे प्रकाशित
in देशभर
0
टीकापुर घटनाका दोषी रेशम चौधरीसहितको जन्मकैद सदर
79
SHARES
Share on FacebookShare on Twitter

कैलाली- पाँच वर्षअघि भएको टीकापुर घटनामा कैलाली जिल्ला अदालतले गरेको फैसला उल्ट्याउँदै उच्च अदालत, दीपायलले मुख्य आरोपित रेशम चौधरीसहित आठजनालाई जन्मकैदको फैसला सुनाएको छ।

जिल्ला अदालतबाट सफाइ पाएका र कम सजाय तोकिएकाहरूसमेतलाई गर्दै उच्च अदालतले कैद सजाय थप गरेको हो। त्यसरी कैद सजाय थप गरिएकाहरूमा जिल्ला अदालतको फैसलाअनुसार कैद भुक्तान गरेकाहरू पनि छन्।

दीपायल उच्च अदालतका प्रवक्ता राजेन्द्र लुइँटेलका अनुसार कैलाली क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभामा निर्वाचित रेशम चौधरीसहित सातजनालाई जन्मकैद तोकिएको छ।

त्यसबाहेक दुई वर्षअघि जिल्ला अदालतले तीन वर्षको कैद सुनाएका थारू अगुवा लक्ष्मण थारूलाई पनि उच्च अदालतले जन्मकैदको सजाय तोकेको छ।

उच्च अदालतका न्यायाधीश टेकनारायण कुँवर र सीताराम मण्डलको संयुक्त इजलासले बिहीबार दिनभरि बहसपछि टीकापुर घटनाको मुद्दामा फैसला सुनाएको हो।

उच्च अदालतले प्रतिनिधि सभा सदस्य रेशम चौधरी, हरिनारायण चौधरी, प्रदीप चौधरी, वीरबहादुर चौधरी, राजेश चौधरी, सीताराम चौधरी, गंंगाराम चौधरी र लक्ष्मण थारूलाई जन्मकैद सुनाएको प्रवक्ता लुइँटेलले जानकारी दिए।

लक्ष्मण थारूलाई यसअघि जिल्ला अदालतले तीन वर्षको सजाय सुनाएको थियो। सोही फैसलाअनुसार तीन वर्ष कैद भुक्तान गरेपछि लक्ष्मण थारू कारागार मुक्त भएका थिए।

जिल्ला अदालतले ११ जनालाई जन्मकैदको सुजाय सुनाएको थियो। उच्च अदालतले तीमध्ये सात जनाको फैसला सदर गरेको हो।

उच्च अदालतको फैसला अनुसार उनीहरूले २० वर्ष कारागारमा बस्नुपर्नेछ। त्यसमा उनीहरु पक्राउ परेको समयदेखि उनीहरूको कैद भएको समय जोडिनेछ।

यस्तै, जिल्ला अदालतले तीन वर्ष कैद सजायको फैसला गरेपछि कैद मुक्त भएका सन्तोष चौधरी, जितबहादुर चौधरी र डिलबहादुर चौधरीलाई उच्च अदालतले १० वर्षको कैद तोकेको छ।

अर्का अभियुक्त श्रवणकुमार चौधरीलाई उच्च अदालतले १० वर्ष कैद सजाय सुनाएको छ। यसअघि उनको हकमा जिल्ला अदालतले पनि १० वर्ष कैद तोकेको थियो।

यसैगरी, सुन्दरलाल कठरिया, बृजमोहन चौधरी, राजेश चौधरी, राजकुमार कठरियालाई उच्च अदालतले पाँच वर्ष कैद सजाय सुनाएको छ। उनीहरूलाई जिल्ला अदालतले तीन वर्ष सजाय तोकेको थियो।

यसअघि जिल्ला अदालतले तीन वर्षको सजाय तोकेका रामप्रसाद चौधरी, सन्तराम चौधरी, किशनलाल चौधरी र प्रेमबहादुर चौधरीलाई उच्च अदालतले पाँच वर्ष कैद सजाय सुनाएको प्रवक्ता लुइँटेलले जानकारी दिए।

यस्तै, चुन्नीराम चौधरी, लाहुराम चौधरी र रामकुमार कठरियाको हकमा जिल्ला अदालतले गरेको फैसलालाई उच्च अदालतले सदर गरेको छ। उनीहरूलाई जिल्ला अदालतले तीन वर्ष कैद तोकेको थियो। उनीहरू कैद भुक्तान गरेर कारागार मुक्त भइसकेका छन्।

प्रवक्ता लुइँटेलका अनुसार टीकापुर घटनाका आरोपित विश्राम चौधरीले उच्च अदालत दीपायलबाट सफाइ पाएका छन्। करन चौधरीको हकमा भने नाबालक भएका कारण कैद मुक्त गर्ने जिल्ला अदालतको फैसलालाई उच्च अदालतले सदर गरेको छ।

थरुहटको माग गर्दै निस्किएको जुलुसले ७ भदौ ०७२ मा टीकापुरमा नेपाल प्रहरीका एसएसपी लक्ष्मण न्यौपानेसहित आठ प्रहरीको हत्या गरेको थियो। सोही क्रममा एक नाबालकको समेत गोली लागेर ज्यान गएको थियो।

उक्त घटनामा ५८ जनाविरुद्ध मुद्दा चलाइएको थियो, तीमध्ये २७ जना पक्राउ परेका थिए। अन्य फरार छन्। जिल्ला अदालतले पक्राउ परेकामध्ये तीन जनालाई सफाइ दिएको थियो। १२ जनालाई तीन वर्ष कैद तोकेको थियो।

Previous Post

कैलालीबाट विप्लव समूहका कार्यकर्ता पक्राउ

Next Post

एप्पलले ल्यायो पहिलो हेडफोन

Related Posts

दलीय राजनीतिमा लाग्दिँन, विकास र सुशासनमा लागिरहन्छु: राष्ट्रपति पौडेल
देशभर

दलीय राजनीतिमा लाग्दिँन, विकास र सुशासनमा लागिरहन्छु: राष्ट्रपति पौडेल

२०८० अशोज ६ गते, १७:०६ बजे प्रकाशित
पारसले बढाए अग्रता, मल्लभन्दा ८ मतले अगाडि
देशभर

पारसले बढाए अग्रता, मल्लभन्दा ८ मतले अगाडि

२०८० अशोज ६ गते, १६:५६ बजे प्रकाशित
पोर्चुगलमा नेपाली युवकको मृत्यु
देशभर

माटोको ढिस्कोले पुरिएर एक महिलाको मृत्यु

२०८० अशोज ६ गते, १६:४६ बजे प्रकाशित
क्यानकाे सचिवमा पारसले लिए १ मतकाे अग्रता
देशभर

क्यानकाे सचिवमा पारसले लिए १ मतकाे अग्रता

२०८० अशोज ६ गते, १६:२३ बजे प्रकाशित
चतुरकाे चातुर्य, आफू निर्विराेध बनेर पारसलाई भिडाए प्रतिस्पर्धी!
देशभर

चतुरकाे चातुर्य, आफू निर्विराेध बनेर पारसलाई भिडाए प्रतिस्पर्धी!

२०८० अशोज ६ गते, १६:१५ बजे प्रकाशित
७ महिने कार्यकालमा मध्यमस्तरको परिणाम दिन सफल भएँः पर्यटनमन्त्री
देशभर

७ महिने कार्यकालमा मध्यमस्तरको परिणाम दिन सफल भएँः पर्यटनमन्त्री

२०८० अशोज ६ गते, १५:४६ बजे प्रकाशित
Next Post
एप्पलले ल्यायो पहिलो हेडफोन

एप्पलले ल्यायो पहिलो हेडफोन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

जस्टइन

दलीय राजनीतिमा लाग्दिँन, विकास र सुशासनमा लागिरहन्छु: राष्ट्रपति पौडेल

दलीय राजनीतिमा लाग्दिँन, विकास र सुशासनमा लागिरहन्छु: राष्ट्रपति पौडेल

by नेपाली हेडलाइन
२०८० अशोज ६ गते, १७:०६ बजे प्रकाशित
0

पारसले बढाए अग्रता, मल्लभन्दा ८ मतले अगाडि

पारसले बढाए अग्रता, मल्लभन्दा ८ मतले अगाडि

by नेपाली हेडलाइन
२०८० अशोज ६ गते, १६:५६ बजे प्रकाशित
0

पोर्चुगलमा नेपाली युवकको मृत्यु

माटोको ढिस्कोले पुरिएर एक महिलाको मृत्यु

by नेपाली हेडलाइन
२०८० अशोज ६ गते, १६:४६ बजे प्रकाशित
0

क्यानकाे सचिवमा पारसले लिए १ मतकाे अग्रता

क्यानकाे सचिवमा पारसले लिए १ मतकाे अग्रता

by नेपाली हेडलाइन
२०८० अशोज ६ गते, १६:२३ बजे प्रकाशित
0

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित
सञ्चालक : निशेष पोखरेल
प्रधान सम्पादक : उपेन्द्र पोखरेल
संवाददाता : शलिना कुँवर
डेस्क : सुदीप बराल
प्रदेश १ ब्युरो : हिमाल राई
लुम्बिनी ब्युरो : अस्मिता अधिकारी
प्रधान कार्यालय : मध्य बानेश्वर, काठमाडौं
सूचना विभाग दर्ता नम्बर : २६७३/०७७-७८
सम्पर्क नम्बर : ९८५१३२९७८२
विज्ञापनका लागि सम्पर्क : ९८२०२२९३७६

No Result
View All Result

© Dharmadevi Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • विश्व/भूराजनीति
  • दृष्टि/संवाद
  • देशभर
  • लङरिड
  • अन्य
    • इलेक्सन वाच
    • खेलकुद
    • विज्ञान/प्रविधि
    • सिनेमा/आर्ट्स
    • हेल्थ/फुड टिप्स
    • कल्चर/हेरिटेज

© Dharmadevi Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana