कैलाली- सुदूरपश्चिम प्रदेशमा आइतबारसम्ममा १० हजार सातजना संक्रमितले कोरोना जितेका छन्।
प्रदेश स्वास्थ्य महाशाखाका अनुसार अहिलेसम्म सबैभन्दा धेरै संक्रमित रहेको कैलालीमा चार हजार ५२९ जना निको भएर घर फर्किएका छन्। यस्तै, डोटीका एक हजार २००, अछामका एक हजार १८०, कञ्चनपुरका एक हजार १२२ जना संक्रमित निको भएर घर फर्किएको महाशाखा प्रमुख नरेन्द्रसिंह कार्कीले जानकारी दिए।
यसैगरी, बझाङका ४९६, बाजुराका ४५७, बैतडीका ५११, डडेल्धुराका ३७८ र दार्चुलाका ७४ जना संक्रमित निको भएका छन्। सुदूरपश्चिममा आइतबारसम्ममा कोरोना संक्रमितको संख्या १२ हजार ३७८ छ।
संक्रमितमध्ये सबैभन्दा बढी कैलालीमा पाँच हजार ९९, कञ्चनपुरमा एक हजार ३९८, डडेलधुरामा ६३६, डोटीमा एक हजार ३९०, बैतडी ६२९, दार्चुला ३३३, बाजुरामा ४९३, बझाङमा ८३६ र अछाममा एक हजार ५२७ जना छन्। हालसम्म संक्रमण पुष्टि भएका ४६ जनाको मृत्यु भएको छ।