काठमाडौं- अस्मिता अधिकारी र आशिष कर्णको स्वरमा आधुनिक गीत ‘एउटा मान्छे’ सार्वजनिक भएको छ।
गीतमा राजेश राउत र मनिषा पन्तको अभिनय छ। शब्द क्षितिज पारि झापाली, संगीत तथा एरेन्ज विनय कार्की, मिक्सिङ जीवन बडु र स्टुडियो आरोही इन्टरटेनमेन्ट छन्।
विइङ सावनको निर्देशनमा बनेको म्युजिक भिडियोको छायांकन तथा सम्पादन विकास गुरुङको छ। मागी विवाहको माया पिरतीको कथा भिडियोमा देखाउन खोजिएको छ।