कैलाली- सेती प्रादेशिक अस्पतालको कोभिड अस्थायी अस्पतालमा उपचाररत एक ज्येष्ठ नागरिकको मृत्यु भएको छ।
मृतक धनगढी उपमहानगरपालिका-२ का ६५ वर्षीय पुरुष छन्। अस्पतालका सूचना अधिकारी दिलिप श्रेष्ठका अनुसार भेन्टिलेटरमा उपचाररत उनको गए राति मृत्यु भएको हो।
स्वास्थ्यमा समस्या देखिएपछि १८ मंसिरमा उनलाई अस्पताल भर्ना गरिएको थियो। उनमा कडा खालको निमोनिया थियो। १९ मंसिरमा उनमा कोभिड-१९ पजिटिभ रहेको रिपोर्ट आएको थियो।