Wednesday, December 6, 2023
Nepaliheadline
  • हाेमपेज
  • विश्व/भूराजनीति
  • दृष्टि/संवाद
  • देशभर
  • लङरिड
  • अन्य
    • इलेक्सन वाच
    • खेलकुद
    • विज्ञान/प्रविधि
    • सिनेमा/आर्ट्स
    • हेल्थ/फुड टिप्स
    • कल्चर/हेरिटेज
No Result
View All Result
  • हाेमपेज
  • विश्व/भूराजनीति
  • दृष्टि/संवाद
  • देशभर
  • लङरिड
  • अन्य
    • इलेक्सन वाच
    • खेलकुद
    • विज्ञान/प्रविधि
    • सिनेमा/आर्ट्स
    • हेल्थ/फुड टिप्स
    • कल्चर/हेरिटेज
No Result
View All Result
Nepaliheadline
No Result
View All Result
Home हेडलाइन

कायमै कोरोना कहर : घट्यो समुद्रपार व्यापार

नेपाली हेडलाइन by नेपाली हेडलाइन
२०७७ मंसिर २३ गते, १८:२८ बजे प्रकाशित
in हेडलाइन
0
कायमै कोरोना कहर : घट्यो समुद्रपार व्यापार
80
SHARES
Share on FacebookShare on Twitter

वीरगञ्ज- कोरोना महामारीले उत्पादन र मागमा आएको कमीको असर वैदेशिक व्यापारको आकारमा देखिएको छ। लकडाउन र निषेधाज्ञा हटेपछि तीन महिनायता बजार स्वाभाविक लयमा फर्किने प्रयास गरे पनि समग्र व्यापारको परिमाण भने घटेको छ।

लकडाउन शुरु भएयता नेपालको समुद्रपार व्यापार घटेको तथ्यांकले देखाउँछ। तेस्रो मुलुकबाट नेपालका लागि आउने कन्टेनर कार्गो घटेको भारत कोलकातास्थित नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी (एनटीडब्ल्यूसी)को तथ्यांक छ।

कोरोनाले आम्दानीका परेको असरका कारण बजार खुले पनि मागमा कमी आएको छ। त्यसको असर वैदेशिक व्यापारको आँकडामा पनि देखिएको व्यवसायीहरू बताउँछन्। यतिबेला दैनिक उपभोग्य वस्तु र औद्योगिक कच्चा पदार्थको आयात घटेको छ।

वर्ष सन् २०२०-२१ को पहिलो आठ महिनामा समुद्रपारबाट भारतीय बन्दरगाह हुँदै आउने कार्गोमा कमी देखिएको एनटीडब्ल्यूसी कोलकाताका प्रमुख लक्ष्मण खड्काले बताए। ‘सन् २०२० -२१ को अप्रिलदेखि नोभेम्बरसम्ममा तेस्रो मुलुकबाट आउने कन्टेनर कार्गो २० प्रतिशतले घटेको छ,’ खड्काले भने।

एनटीडब्ल्यूसीका अनुसार यो वर्षको नोभेम्बरसम्ममा तेस्रो मुलुकबाट ५५ हजार ६ सय ६४ वटा २० फिटे कन्टेनर मालसामान आएको छ। यो अवधिमा कोलकाता बन्दरगाहबाट ३४ हजार १७ र विशखापटनमबाट २१ हजार ६ सय ४७ कन्टेनर भित्रिएका छन्। ती बन्दरगाहबाट तीन सय ७३ र्‍याक कन्टेनर वीरगञ्ज सुक्खा बन्दरगाहमा आएको एनटीडब्ल्यूसीको तथ्यांकले देखाउँछ।

वर्ष २०१९-२० को यो अवधिमा ६९ हजार नौ सय ४५ कन्टेनर मालसामान भित्रिएको थियो। लकडाउन र निषेधाज्ञा हटे पनि वैदेशिक व्यापारमा कोरोनाको असर देखिन नछोडेको वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल केडियाले बताए। महामारीबाट थलिएको व्यापारले पुरानै गति समात्न समय लाग्ने व्यवसायीहरू बताउँछन्।

‘करिब ६ महिनाको लकडाउन र निषेधाज्ञा असोजको शुरुदेखि हटेसँगै बजार र व्यापार लयमा फर्किने प्रयत्नमा छ। बजार क्रमशः बढेपछि उत्पादनसँगै व्यापारमा केही सुधार पनि आएको छ। पहिलाकै लयमा फर्किन भने कम्तीमा एक वर्ष लाग्न सक्छ,’ चाचान समूहका अध्यक्ष बाबुलाल चाचानले भने।

गत मार्च तेस्रो सातादेखि नेपालमा लकडाउन शुरू भएको थियो। जुलाई दोस्रो साता लकडाउन हटाइएकामा एक साता नबित्दै ५० भन्दा बढी जिल्लामा निषेधाज्ञा लगाइएको थियो। त्यसपछि करिब दुई महिना बजार र आवागमन ठप्प भयो।

सञ्चालनमा रहेका उद्योगसमेत क्षमताको १५-२० प्रतिशतमा चलेका थिए। त्यतिबेला उद्योग र व्यापारमा परेको असर वैदेशिक व्यापारमा देखिएको उद्यमी प्रदीप केडियाले बताए।

कोरोना संक्रमण र लकडाउनको त्रास रहेसम्म उद्योग व्यापार सामान्य अवस्थामा फर्किन नसक्ने उद्यमी, व्यवसायीको भनाइ छ। अहिले उद्योग व्यापारले विस्तारै गति समाते पनि कोरोना संक्रमण बढिरहेकाले फेरि लकडाउन हुने हो कि भन्ने शंका कायमै रहेको उद्योगी राजेश क्यालले बताए।

‘अहिले पनि लकडाउन हुन्छ कि भन्ने आशंका छ। यही कारण उद्योगीहरूले पूर्ण क्षमतामा उद्योग चलाउन सकेका छैनन्। अधिकांशले खर्च धान्ने उपाय मात्र अपनाएका छन्,’ क्यालले भने।

Previous Post

नेपाल-भारत अन्तर सरकारी समिति बैठकमा व्यापार र लगानी मुख्य एजेन्डा

Next Post

कोरोनाबाट ज्येष्ठ नागरिकको मृत्यु

Related Posts

विश्‍व घटना : मंगल ग्रहमा पानीको संकेत
देशभर

विश्‍व घटना : मंगल ग्रहमा पानीको संकेत

२०८० मंसिर २० गते, ४:३९ बजे प्रकाशित
आगामी तीन दिनसम्म मौसम सफा रहने
देशभर

मौसम : ३ प्रदेशमा मौसम सफा

२०८० मंसिर २० गते, ४:३१ बजे प्रकाशित
देशभर

राशिफल : वृष- धन आर्जन, तुला- उपहार प्राप्ति

२०८० मंसिर २० गते, ४:१२ बजे प्रकाशित
किर्ते कागज बनाई छोरा बनेर जग्गा नामसारी
feature-news-with-image

नेपालीलाई रुसी सेना पठाउने गिरोह नै पक्राउ

२०८० मंसिर १९ गते, २०:५६ बजे प्रकाशित
शैक्षिक योग्यताबिनै क्लिनिक सञ्चालन गर्ने पक्राउ
देशभर

सोती घटना : २३ जनालाई जन्मकैद

२०८० मंसिर १९ गते, २०:२० बजे प्रकाशित
४७ ग्राम २७ मिलिग्राम कोकिन जस्तो पदार्थसहित दुई जना पक्राउ
देशभर

अवैध सुन, चाँदी र स्रोत नखुलेको नगदसहित एक जना पक्राउ

२०८० मंसिर १९ गते, १९:५५ बजे प्रकाशित
Next Post
सेती अस्पतालमा कोरोना संक्रमितको मृत्यु

कोरोनाबाट ज्येष्ठ नागरिकको मृत्यु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

जस्टइन

विश्‍व घटना : मंगल ग्रहमा पानीको संकेत

विश्‍व घटना : मंगल ग्रहमा पानीको संकेत

by नेपाली हेडलाइन
२०८० मंसिर २० गते, ४:३९ बजे प्रकाशित
0

आगामी तीन दिनसम्म मौसम सफा रहने

मौसम : ३ प्रदेशमा मौसम सफा

by नेपाली हेडलाइन
२०८० मंसिर २० गते, ४:३१ बजे प्रकाशित
0

राशिफल : वृष- धन आर्जन, तुला- उपहार प्राप्ति

by तुलसी भारद्वाज निरौला
२०८० मंसिर २० गते, ४:१२ बजे प्रकाशित
0

किर्ते कागज बनाई छोरा बनेर जग्गा नामसारी

नेपालीलाई रुसी सेना पठाउने गिरोह नै पक्राउ

by नेपाली हेडलाइन
२०८० मंसिर १९ गते, २०:५६ बजे प्रकाशित
0

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित
सञ्चालक : निशेष पोखरेल
प्रधान सम्पादक : उपेन्द्र पोखरेल
संवाददाता : शलिना कुँवर
डेस्क : सुदीप बराल
प्रदेश १ ब्युरो : हिमाल राई
लुम्बिनी ब्युरो : अस्मिता अधिकारी
प्रधान कार्यालय : मध्य बानेश्वर, काठमाडौं
सूचना विभाग दर्ता नम्बर : २६७३/०७७-७८
सम्पर्क नम्बर : ९८५१३२९७८२
विज्ञापनका लागि सम्पर्क : ९८२०२२९३७६

No Result
View All Result

© Dharmadevi Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • विश्व/भूराजनीति
  • दृष्टि/संवाद
  • देशभर
  • लङरिड
  • अन्य
    • इलेक्सन वाच
    • खेलकुद
    • विज्ञान/प्रविधि
    • सिनेमा/आर्ट्स
    • हेल्थ/फुड टिप्स
    • कल्चर/हेरिटेज

© Dharmadevi Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
{ description: "MonsterInsights custom dimension", displayName: "Wp User Id", name: "properties/361750205/customDimensions/6261139764", parameterName: "wp_user_id", scope: "EVENT", },

Add New Playlist