काठमाडौं (रासस)- जिल्ला क्रिकेट संघ, काठमाडौंले प्रधानमन्त्री कपमा सहभागी हुने महिला र पुरुष खेलाडीको नाम सार्वजनिक गरेको छ।
महिला टोलीको नेतृत्व अस्मिना कर्माचार्यले गर्नेछिन्। यस्तै, पुरुष टोलीको नेतृत्व सञ्जय रेग्मीले गर्नेछन्।
नेपाल क्रिकेट संघको आयोजनामा ११ पुसदेखि प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिता हुँदैछ।
महिला टोलीमा उपकप्तान सुमन खतिवडा छिन्। यस्तै, कञ्चन श्रेष्ठ, आरती बिडारी, अस्मिता खरेल, विन्दा कटवाल, कर्माश्री लामा, स्मृता राई, रेनुका बस्नेत, करिश्मा गुरुङ, विपासा शाही, सृजना पुन, एनी पोखरेल र खुसी डंगोल महिला टिममा रहने छन्। वैकल्पिक खेलाडीमा सुवेक्षा थापा मगर, माधवी चौधरी र विपना बम छन्।
यस्तै, पुरुष टोलीमा विभस्तु थापा उपकप्तान छन्। सुवास खकुरेल, नरेश चन्द, रविन जोशी, रजत तिमिल्सिना, इसान पाण्डे, विपिनविक्रम शाही, सुमन उदय, जितेन्द्रसिंह ठकुरी, एरियो पौडेल, चन्द्रकुमार बुढा, कौशल रुपाखेती र युवराज खत्री टोलीका सदस्य छन्। वैकल्पिक खेलाडीमा अजय कौशिला, प्रदीपकुमार विक र राम चौधरी छन्।