कैलाली- धनगढी जेसिजको वर्ष २०२१ को अध्यक्षमा कमल पनेरु निर्वाचित भएका छन्। आइतबार भएको निर्वाचनमा पनेरु निर्वाचित भएका हुन्।
यस्तै, कार्यकारी उपाध्यक्षमा मोहनराज ओझा र लोकराज भट्ट निर्वाचित भएका छन्। उपाध्यक्षमा पदमसिंह बलायर, दीपक बम योगेन्द्र, गणेश शाही र भरत जोशी निर्वाचित भए।

महासचिवमा अरुण सिंह, कोषाध्यक्षमा तर्कराज भट्ट र कानुनी सल्लाहकारमा मुकुन्द सिंह निर्वाचित भएका छन्।
धनगढी जेसिजको वर्ष २०२१ को नेतृत्वका लागि पनेरु र सुरज गिरीको प्यानलबीच प्रतिस्पर्धा भएको थियो। निर्वाचनमा पनेरु प्यानलका अधिकांश पदाधिकारी निर्वाचित भएका छन्।