Tuesday, September 26, 2023
Nepaliheadline
  • हाेमपेज
  • विश्व/भूराजनीति
  • दृष्टि/संवाद
  • देशभर
  • लङरिड
  • अन्य
    • इलेक्सन वाच
    • खेलकुद
    • विज्ञान/प्रविधि
    • सिनेमा/आर्ट्स
    • हेल्थ/फुड टिप्स
    • कल्चर/हेरिटेज
No Result
View All Result
  • हाेमपेज
  • विश्व/भूराजनीति
  • दृष्टि/संवाद
  • देशभर
  • लङरिड
  • अन्य
    • इलेक्सन वाच
    • खेलकुद
    • विज्ञान/प्रविधि
    • सिनेमा/आर्ट्स
    • हेल्थ/फुड टिप्स
    • कल्चर/हेरिटेज
No Result
View All Result
Nepaliheadline
No Result
View All Result
Home हेडलाइन

कोभिड-१९ विरुद्धको खोप प्रयोग गर्न बेलायतको स्वीकृति

नेपाली हेडलाइन by नेपाली हेडलाइन
२०७७ मंसिर १७ गते, १६:३२ बजे प्रकाशित
in हेडलाइन
0
कोभिड-१९ विरुद्धको खोप प्रयोग गर्न बेलायतको स्वीकृति
71
SHARES
Share on FacebookShare on Twitter

बीबीसी नेपाली सेवाबाट

काठमाडौं- बेलायत फाइजर र बायोएनटेक खोपलाई बृहत् रूपमा प्रयोग गर्न अनुमति दिने विश्वकै पहिलो देश बनेको छ।

ब्रिटिश नियामक संस्था एमएचआरएका अनुसार ९५ प्रतिशतसम्म सुरक्षा प्रदान गर्ने सो खोप आगामी सातादेखि लगाउन शुरु गर्न सकिनेछ। खोप लगाउन केही दिनमै सर्वाधिक जोखिममा रहेका मानिसबाट शुरु हुने अपेक्षा गरिएको छ।

बेलायतले सो खोपको चार करोड डोज खरिद गरिसकेको छ, जुन दुई करोड मानिसलाई पर्याप्त हुनेछ। त्यसमध्ये एक करोड डोज तुरुन्तै उपलब्ध हुने र आठ लाख डोज केही दिनमा आइपुग्ने बताइएको छ।

इतिहासमै यो सबैभन्दा छिटो स्वीकृति पाउने खोप बनेको छ। १० महिनामा यो खोप योजनाबाट अनुमतिसम्म आइपुगेको हो। कतिपय खोपका लागि यो अवधि एक दशकभन्दा लामो थियो। बेलायतका स्वास्थ्यमन्त्री म्याट ह्यान्ककले ’सहयोग आउँदै छ’ भनेर ट्विट गरेका छन्।

एनएचएसका प्रमुख कार्यकारी सर साइमन स्टेभेन्सले बेलायतको स्वास्थ्य सेवाले देशको इतिहासमै सबैभन्दा बृहत् खोप कार्यक्रमको तयारी गरिरहेको बताएका छन्। खोप कार्यक्रमका लागि लगभग ५० अस्पताल तयारी अवस्थामा राखिएको छ र अन्य खोप केन्द्रहरू तयार गर्न थालिएको छ।

विज्ञहरूले खोप शुरु भएपछि पनि मानिस सतर्क हुनुपर्ने र स्वास्थ्य सावधानी अपनाउनुपर्ने बताएका छन्। यसले सम्पूर्ण रूपमा प्रयोगात्मक प्रक्रिया अपनाएको छ, जुन प्रकृयामा मानव शरीरको रोग प्रतिरोधी क्षमतालाई कोरोनाभाइरसविरूद्ध लड्न अभ्यस्त तुल्याउन उक्त भाइरसको जेनेटिक कोडको एक भागलाई सुईमार्फत शरीरमा प्रवेश गराउने विधि संलग्न छ।

विगतका परीक्षणहरूमा उक्त खोपले शरीरलाई कोरोना भाइरससँग लड्न एन्टिबडि निर्माण र टी-सेल भनिने शरीरको रोग प्रतिरोधी क्षमताको अर्को भाग तयार पार्न अभ्यस्त तुल्याउने देखिएको थियो। तीन साताको अन्तरालमा उक्त खोपको दुई डोज आवश्यक पर्छ।

अमेरिका, जर्मनी, ब्राजिल, अर्जेन्टिना, दक्षिण अफ्रिका र टर्कीमा गरिएका परीक्षणहरूमा उक्त खोपको दोस्रो मात्रा दिइएको सात दिनपछि खोप दिइएकाहरू मध्ये ९० प्रतिशतलाई कोरोना भाइरस संत्रमणबाट सुरक्षा प्राप्त भएको थियो।

औषधि निर्माण कम्पनी फाइजरको विश्वासमा उसले यस वर्षको अन्त्यसम्ममा पाँच करोड डोज खोप आपूर्ति गर्न सक्नेछ। र, सन् २०२१ को अन्त्यसम्ममा एक अर्ब ३० करोड डोज आपूर्ति गर्न सकिने कम्पनीले बताएको छ।

Previous Post

दुई एसपी, एक डीएसपी र एक इन्स्पेक्टर निलम्बित

Next Post

प्रदेश २ का अपांगता भएका महिलाबारे वृत्तचित्र

Related Posts

ट्रक दुर्घटनामा २६ मलामी घाइते
देशभर

दुर्घटनामा ज्यान गुमाएका बाबुछोराको एउटै चितामा अन्त्येष्टि

२०८० अशोज ८ गते, २१:३२ बजे प्रकाशित
मृत अवस्थामा फेला
देशभर

मृत अवस्थामा फेला

२०८० अशोज ८ गते, २१:१३ बजे प्रकाशित
सवारी दुर्घटनामा दुई जनाको मृत्यु
देशभर

छुट्टाछुट्टै सवारी दुर्घटनामा चार जनाको मृत्यु

२०८० अशोज ८ गते, २१:०२ बजे प्रकाशित
पूर्वमन्त्री श्रेष्ठ अकुत सम्पत्ति आर्जनमा दोषी ठहर
देशभर

पूर्वमन्त्री श्रेष्ठ अकुत सम्पत्ति आर्जनमा दोषी ठहर

२०८० अशोज ८ गते, १९:१४ बजे प्रकाशित
एक सातादेखि सभागृहअगाडि उभिइरहेका ईः र बालेनकाे प्रतिक्रिया
देशभर

एक सातादेखि सभागृहअगाडि उभिइरहेका ईः र बालेनकाे प्रतिक्रिया

२०८० अशोज ८ गते, १६:४२ बजे प्रकाशित
मालदिभ्सलाई ४-१ गोल अन्तरले हराउँदै नेपाल सेमिफाइनलमा
खेलकुद

मालदिभ्सलाई ४-१ गोल अन्तरले हराउँदै नेपाल सेमिफाइनलमा

२०८० अशोज ८ गते, १६:०४ बजे प्रकाशित
Next Post
प्रदेश २ का अपांगता भएका महिलाबारे वृत्तचित्र

प्रदेश २ का अपांगता भएका महिलाबारे वृत्तचित्र

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

जस्टइन

ट्रक दुर्घटनामा २६ मलामी घाइते

दुर्घटनामा ज्यान गुमाएका बाबुछोराको एउटै चितामा अन्त्येष्टि

by रासस
२०८० अशोज ८ गते, २१:३२ बजे प्रकाशित
0

मृत अवस्थामा फेला

मृत अवस्थामा फेला

by नेपाली हेडलाइन
२०८० अशोज ८ गते, २१:१३ बजे प्रकाशित
0

सवारी दुर्घटनामा दुई जनाको मृत्यु

छुट्टाछुट्टै सवारी दुर्घटनामा चार जनाको मृत्यु

by नेपाली हेडलाइन
२०८० अशोज ८ गते, २१:०२ बजे प्रकाशित
0

बिरामीको मृत्युपछि डाक्टरमाथि हातपात, मणिपाल अस्पताल तनावग्रस्त

बिरामीको मृत्युपछि डाक्टरमाथि हातपात, मणिपाल अस्पताल तनावग्रस्त

by नेपाली हेडलाइन
२०८० अशोज ८ गते, २०:०१ बजे प्रकाशित
0

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित
सञ्चालक : निशेष पोखरेल
प्रधान सम्पादक : उपेन्द्र पोखरेल
संवाददाता : शलिना कुँवर
डेस्क : सुदीप बराल
प्रदेश १ ब्युरो : हिमाल राई
लुम्बिनी ब्युरो : अस्मिता अधिकारी
प्रधान कार्यालय : मध्य बानेश्वर, काठमाडौं
सूचना विभाग दर्ता नम्बर : २६७३/०७७-७८
सम्पर्क नम्बर : ९८५१३२९७८२
विज्ञापनका लागि सम्पर्क : ९८२०२२९३७६

No Result
View All Result

© Dharmadevi Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • विश्व/भूराजनीति
  • दृष्टि/संवाद
  • देशभर
  • लङरिड
  • अन्य
    • इलेक्सन वाच
    • खेलकुद
    • विज्ञान/प्रविधि
    • सिनेमा/आर्ट्स
    • हेल्थ/फुड टिप्स
    • कल्चर/हेरिटेज

© Dharmadevi Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana