Tuesday, September 26, 2023
Nepaliheadline
  • हाेमपेज
  • विश्व/भूराजनीति
  • दृष्टि/संवाद
  • देशभर
  • लङरिड
  • अन्य
    • इलेक्सन वाच
    • खेलकुद
    • विज्ञान/प्रविधि
    • सिनेमा/आर्ट्स
    • हेल्थ/फुड टिप्स
    • कल्चर/हेरिटेज
No Result
View All Result
  • हाेमपेज
  • विश्व/भूराजनीति
  • दृष्टि/संवाद
  • देशभर
  • लङरिड
  • अन्य
    • इलेक्सन वाच
    • खेलकुद
    • विज्ञान/प्रविधि
    • सिनेमा/आर्ट्स
    • हेल्थ/फुड टिप्स
    • कल्चर/हेरिटेज
No Result
View All Result
Nepaliheadline
No Result
View All Result
Home विश्व/भूराजनीति

भेनेजुएलामा मासिक १.३ डलर पेन्सनमा निर्भर जीवन

नेपाली हेडलाइन by नेपाली हेडलाइन
२०७७ मंसिर १३ गते, १७:४४ बजे प्रकाशित
in विश्व/भूराजनीति
0
भेनेजुएलामा मासिक १.३ डलर पेन्सनमा निर्भर जीवन
83
SHARES
Share on FacebookShare on Twitter

बीबीसी नेपाली सेवाबाट

काठमाडौं– सन् १९८० मा नोर्मा मुहिकाका लागि बुढेसकाल टाढा थियो। ‘म २७ वर्षकी थिएँ। मेरो विवाह भएको थियो र म डिस्कोमा मेरा श्रीमानसँग साल्सा नृत्य गर्थेँ। हामी ओस्कर डे लिओन र सिलिया क्रुजलाई एकदमै मन पराउँथ्यौँ,’ राजधानी काराकसको आफ्नो युवावस्था सम्झँदै उनी भन्छिन्।

‘कहिले हामी रेस्टुराँमा चिनियाँ खानेकुरा खान्थ्यौँ भने सप्ताहन्तमा हामी समुद्रको तटमा हिँड्न जान्थ्यौँ।’ तर, अहिले ६७ वर्ष पुगेकी नोर्माका दिन फरक ढंगले बितिरहेका छन्।

भेनेजुएलाको मुद्रा बोलिभारको मूल्य निरन्तर रूपमा घट्दै जाँदा विगतमा मासिक एक सय ७२ डलर रहेको उनको पेन्सन अहिले घटेर जम्मा एक दशमलव तीन डलर अर्थात् करिब डेढ सय रुपैयाँ भएको छ। मध्यमस्तरको उनको जस्ताको छानोसहितको घर खाल्टाखुल्टीसहितको भिरालो बाटोको टुप्पोमा छ।

कोठामा रहेका फर्निचर टुटेफुटेका अनि पर्दा र इसामसिहको पोस्टर थोत्रा देखिए पनि भुइँ एकदमै सफा देखिन्छ। त्यहाँ एउटा पुरानो वासिङ मसिन र एउटा ग्यास कुकर पनि छ।

सानो प्लास्टिकको कुर्सीमा बसेकी नोर्माले थोत्रोजस्तो देखिने गाउन र नक्कली क्रोक्स जुत्तामा ऊनको मोजा लगाएकी छन्।

जन्मेदेखि नै उनी काराकसको बाहिरी क्षेत्रमा रहेको यहीँ गरीब इलाकामा बसिरहेकी छन्। ‘मेरा बुवाले अर्केस्ट्रामा ड्रम बजाउनुहुन्थ्यो। यहाँ साल्सा र मरन्गे एकदमै जम्थ्यो।’

‘मेरो श्रीमानसँग मिलेर मैले यो सानो घर किनेँ र थोरैथोरै गरी हामीले बालुवा र सिमेन्टको यो घर बनायौँ। जब म ४० वर्ष पुगेँ, भगवानले मेरो प्रार्थना सुन्नुभयो र हाम्रो एक मात्र छोराको जन्म भयो।’

आफ्ना श्रीमान एउटा बैंकमा आइटी प्रणाली हेर्ने सहायक रहेको र आफू शिक्षा मन्त्रालयको सामाजिक कल्याण विभागमा १९ वर्षको उमेरदेखि काम गरेको उनी बताउँछिन्। ‘मैले कार्यालय सचिवदेखि सहायक सबै भूमिका वहन गरेँ। मेरो काम बिहान ९ बजे सुरु भएर राति ९ बजे सकिन्थ्यो,’ उनी भन्छिन्।

सन् २००० मा काम गरिरहेको समयमा नोर्मालाई ‘स्ट्रोक’ भयो। उनी भन्छिन्, ‘मेरो ब्लड प्रेसर ज्यादै बढ्यो र म भुइँमा नराम्ररी बजारिएँ।’ अन्ततः उनी ठीक भइन्। उनको आवाज फर्कियो र उनी हिँड्न सक्ने भइन्।

तर, उनी फेरि काम गर्न सक्दिनन्। अपांगताका कारण तोकिएको समयभन्दा अगावै सन् २००० मा उनले अवकाश लिइन्। त्यसबेला नोर्माको पेन्सन मासिक १७२ अमेरिकी डलर थियो, जसबाट उनका सबै आधारभूत आवश्यकता पूरा हुन्थ्यो।

‘म पर्याप्त खानाका लागि पैसा तिर्न सक्थेँ। फोनको बिल र औषधि किन्नसक्थेँ। त्यसबाहेक मेरा श्रीमानले काम गरिरहेकै थिए,’ उनी भन्छिन्। जब नोर्माका श्रीमानको सन् २०१५ मा मृत्यु भयो, पेन्सन नै उनको एक मात्र आधार बन्यो।

अरू देशमा जस्तै भेनेजुएलामा पनि पेन्सन प्रणाली देशका कर्मचारीहरूले आफ्नो तलबको निश्चित प्रतिशत जम्मा गरेर त्यसबाटै निवृत्तिभरण उपलब्ध गराउने विधिमा आधारित छ।

एकदमै योग्य कर्मचारीहरूले देश छाडेका छन् र औसत ज्याला कम भएको छ। अधिकांश रोजगारी अनौपचारिक क्षेत्रमा भएकाले त्यसबाट पेन्सनमा कुनै योगदान पुग्दैन।

भेनेजुएलाको सरकारमाथि ४५ लाख नागरिकलाई पेन्सन उपलब्ध गराउने जिम्मेवारी छ तर त्यसका लागि सरकारले धेरै चुनौती सामना गरिरहेको छ।

देशको मूल आम्दानीको स्रोत तेल भए पनि त्यसको उत्पादनमा सन् २०१७ यता ठूलो परिमाणमा कमी आएको छ। भेनेजुएला कमाउने प्रत्येक १० डलरमा नौ डलर तेलबाट आउने गर्छ।

पछिल्लो तीन वर्षमा केन्द्रीय बैंकले अमेरिकी डलरको आपूर्तिमा कडाइ गरेको छ, जसका कारण डलरको मूल्य आकाशिएको छ भने पेन्सन र बोलिभार दुवैको मूल्य घटेको छ। यसबाट ज्येष्ठ नागरिकहरूको जीवनस्तर थप कष्टकर बनेको छ।

राष्ट्रपति निकोलस मदुरो

सबै जोड्दा उनले मासिक पाँच डलर प्राप्त गर्छिन्, जुन एक किलो मासु किन्न पर्याप्त हुन्छ। तर, नोर्माको प्राथमिकता मासु होइन। बरू उनले दैनिक खानुपर्ने उच्च रक्तचापको औषधि हो।

बोलिभारको मूल्य घट्दा नोर्माको पेन्सन अहिले मासिक १ दशमलब ३ अमेरिकी डलर प्रतिमहिना छ। त्यसबाहेक उनले आर्थिक संकटका कारण परिरहेको प्रभाव कम गर्न सरकारबाट केही बोनस प्राप्त गर्ने गर्छिन्।

आधारभूत औषधिहरू राज्यले नै उपलब्ध गराउने गरे पनि बर्खायाममा समयमै औषधि पाउन गाह्रो हुने भएकाले उनी त्यसका लागि रकम जोगाउँछिन्।

‘मैले पाउने थोरै रकम पनि म जोगाउँछु किनभने त्यो मलाई औषधि किन्न चाहिन्छ। एकैचोटि एक बक्सा औषधि किन्न नसके पनि २० वटा चक्की रहेको आधा बक्सा म खरिद गर्न सक्छु,’ उनी भन्छिन्।

चिकित्सकहरूले जोखिम नहोस् भन्नका लागि कहिल्यै ओखति नछाड्न आफूलाई सुझाव दिएको उनी बताउँछिन्। नोर्माको खुराक कम आय भएकाहरूलाई राज्यले उपलब्ध गराउने खानेकुराको बाकसमा पूर्ण रूपमा निर्भर हुन्छ।

‘त्यो बाकस प्रत्येक डेढ महिनामा आउँछ। अन्तिम पटकको बाकसमा डेढ किलो चामल, ब्रेड बनाउन मिल्ने दुई प्याकेट मैदा, दुई किलो पास्ता, चनाका केही प्याकेट र कफी थियो। यसपालि त्यसमा चिनी थिएन,’ उनी भन्छिन्, ‘आज म बिहानको खाजामा अरूले दिएको सानो पाउरोटी, कफी र अण्डा खाइरहेकी छु। दिउँसो चामल र चना अनि राति पनि चना खानेछु।’

उनले मासु वा दूध नखाएको धेरै भयो। बुढेसकालमा भोकै बस्नुपर्ला भनेर सोचेकी पनि थिइनन्। भन्छिन्, ‘म मात्रै होइन, मेरो छिमेकका धेरै मानिसको अवस्था यस्तै छ।’

अहिले २५ वर्ष पुगेका आफ्ना छोरा मद्दत गर्न सक्ने अवस्थामा नरहेको नोर्मा बताउँछिन्। ‘उसको विवाह भएको छ र दुई बच्चा छन्। केही समय पहिलेसम्म उसले एउटा रेस्टुराँमा न्यूनतम ज्याला कमाइरहेको थियो तर महामारीले त्यो पनि सकियो। अहिले श्रीमतीसँग मिलेर उसले केक बनाउने गर्छ,’ उनी भन्छिन्।

घरमा आवश्यक सामान किन्न सक्ने भएकै समयदेखि नोर्मा अहिले पनि काम गरिरहेको पुरानो वासिङ मेसिन, फ्रिज र टेलिभिजनलाई एकदम जतन गर्छिन्। तर, भोल्टेज घटबढ हुँदा वा नियमित बिजुली जाँदा ती सामान बिग्रिने उनलाई चिन्ता छ।

उनको छिमेकमा विद्युत् आपूर्तिसम्बन्धी मात्रै समस्या होइन। ‘प्रत्येक साता दुई दिन पानी आउँदैन। जब मेरा श्रीमान जीवित थिए, उनले प्लास्टिकको ट्यांकी ल्याइदिएका थिए, जुन अहिले पनि घरमा छ। तर पानी पहेँलो आउने भएकाले उमाल्नुपर्छ,’ उनी भन्छिन्।

Previous Post

सुदूरपश्चिममा नौ हजारले जिते कोरोना

Next Post

जगदम्बा स्टिलको भट्टी विष्फोट, चार कामदार घाइते

Related Posts

‘जवान’ को प्रदर्शन मिति परिर्वतन
विश्व/भूराजनीति

शाहरुखकाे फिल्म ‘जवान’ हजार कराेड नजिक

२०८० अशोज ७ गते, १८:२२ बजे प्रकाशित
सोमालियामा आत्मघाती हमलामा १३ जना मारिए
विश्व/भूराजनीति

सोमालियामा आत्मघाती हमलामा १३ जना मारिए

२०८० अशोज ७ गते, १६:३० बजे प्रकाशित
कोसोभोमा प्रहरी अधिकृतको हत्या
विश्व/भूराजनीति

कोसोभोमा प्रहरी अधिकृतको हत्या

२०८० अशोज ७ गते, १६:२३ बजे प्रकाशित
बेनिनको पेट्रोल भण्डारमा विस्फाेट, ३५ को मृत्यु
विश्व/भूराजनीति

बेनिनको पेट्रोल भण्डारमा विस्फाेट, ३५ को मृत्यु

२०८० अशोज ७ गते, १६:०६ बजे प्रकाशित
एसियाडकाे पहिलो स्वर्ण चीनको खातामा
खेलकुद

एसियाडकाे पहिलो स्वर्ण चीनको खातामा

२०८० अशोज ७ गते, १४:१० बजे प्रकाशित
ताइवानको गल्फ बल कारखानामा आगलागी हुँदा छ जनाको मृत्यु
विश्व/भूराजनीति

ताइवानको गल्फ बल कारखानामा आगलागी हुँदा छ जनाको मृत्यु

२०८० अशोज ६ गते, २०:२२ बजे प्रकाशित
Next Post
जगदम्बा स्टिलको भट्टी विष्फोट, चार कामदार घाइते

जगदम्बा स्टिलको भट्टी विष्फोट, चार कामदार घाइते

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

जस्टइन

ट्रक दुर्घटनामा २६ मलामी घाइते

दुर्घटनामा ज्यान गुमाएका बाबुछोराको एउटै चितामा अन्त्येष्टि

by रासस
२०८० अशोज ८ गते, २१:३२ बजे प्रकाशित
0

मृत अवस्थामा फेला

मृत अवस्थामा फेला

by नेपाली हेडलाइन
२०८० अशोज ८ गते, २१:१३ बजे प्रकाशित
0

सवारी दुर्घटनामा दुई जनाको मृत्यु

छुट्टाछुट्टै सवारी दुर्घटनामा चार जनाको मृत्यु

by नेपाली हेडलाइन
२०८० अशोज ८ गते, २१:०२ बजे प्रकाशित
0

बिरामीको मृत्युपछि डाक्टरमाथि हातपात, मणिपाल अस्पताल तनावग्रस्त

बिरामीको मृत्युपछि डाक्टरमाथि हातपात, मणिपाल अस्पताल तनावग्रस्त

by नेपाली हेडलाइन
२०८० अशोज ८ गते, २०:०१ बजे प्रकाशित
0

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित
सञ्चालक : निशेष पोखरेल
प्रधान सम्पादक : उपेन्द्र पोखरेल
संवाददाता : शलिना कुँवर
डेस्क : सुदीप बराल
प्रदेश १ ब्युरो : हिमाल राई
लुम्बिनी ब्युरो : अस्मिता अधिकारी
प्रधान कार्यालय : मध्य बानेश्वर, काठमाडौं
सूचना विभाग दर्ता नम्बर : २६७३/०७७-७८
सम्पर्क नम्बर : ९८५१३२९७८२
विज्ञापनका लागि सम्पर्क : ९८२०२२९३७६

No Result
View All Result

© Dharmadevi Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • विश्व/भूराजनीति
  • दृष्टि/संवाद
  • देशभर
  • लङरिड
  • अन्य
    • इलेक्सन वाच
    • खेलकुद
    • विज्ञान/प्रविधि
    • सिनेमा/आर्ट्स
    • हेल्थ/फुड टिप्स
    • कल्चर/हेरिटेज

© Dharmadevi Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana