वासिङ्टन (बीबीसी)- ३ नोभेम्बरमा भएको निर्वाचनमा हार बेहोरेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ह्वाइट हाउस छाड्न तयार देखिएका छन्। तर, त्यसका लागि निर्वाचन आयोगले डेमोक्रेट नेता जो बाइडेनले इलेक्टोरल कलेजको मतमा विजय हासिल गरेको आधिकारिक पुष्टि गर्नुपर्ने उनको सर्त छ।
स्थानीय समयअनुसार बिहीबार उनले पत्रकारहरूसँग अझै पनि हार स्वीकार्न कठिन रहेको दोहोर्याए। र, आफैंले गराएको निर्वाचनमा धाँधली भएको निराधार दाबी पनि दोहोर्याए।
बाइडेनले इलेक्टोरल कलेजको तीन सय ६ मत प्राप्त गरेको पुष्टि भइसकेको छ। ट्रम्पले जम्मा दुई सय ३२ मत पाएका छन्।
राष्ट्रपति पदमा विजय हासिल गर्न इलेक्टोरल कलेजको दुई सय ७० मत आवश्यक हुन्छ। बाइडेन कुल मतको हिसाबबाट ६० लाख भोटले अगाडि छन्।
इलेक्टोरल कलेजको मत परिणाम पुष्टि गर्न १४ डिसेम्बरमा निर्वाचन आयोगको बैठक हुँदैछ। सोही बैठकबाट आयोगले ट्रम्पले चुनाव हारेको आधिकारिक पुष्टि गर्नेछ।
नवनिर्वाचित राष्ट्रपति ट्रम्पले २० जनवरीमा पद तथा गोपनीयताको सपथ लिने छन्।