कैलाली- सुदूरपश्चिम प्रदेशमा शनिबारसम्ममा आठ हजार आठ सय ७५ संक्रमितले कोरोना जितेका छन्।
प्रदेश स्वास्थ्य महाशाखाका अनुसार अहिलेसम्म सबैभन्दा धेरै संक्रमित रहेको कैलालीमा तीन हजार ६ सय १२ जना निको भएर घर फर्किएका छन्। यस्तै, डोटीका एक हजार एक सय ९८, अछामका एक हजार एक सय २५, कञ्चनपुरका एक हजार ८० जना संक्रमित निको भएर घर फर्किएको सामाजिक विकास मन्त्रालय स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्रसिंह कार्कीले जानकारी दिए।
यस्तै, बझाङका चार सय ८४, बाजुराका चार सय ५१, बैतडीका चार सय ७५, डडेल्धुराका तीन सय ७७ र दार्चुलाका ७३ जना संक्रमित निको भएका छन्।
पछिल्लो आँकडाअनुसार हाल सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या १० हजार सात सय ३१ छ।
कार्कीका अनुसार संक्रमितमध्ये कैलालीमा चार हजार चार सय ५९, कञ्चनपुरमा एक हजार एक सय ८८, डडेल्धुरामा पाँच सय चार, डोटीमा एक हजार तीन सय ४५, बैतडी पाँच सय २२, दार्चुलामा तीन सय पाँच, बाजुरामा चार सय ७४, बझाङमा सात सय १६ र अछाममा एक हजार एक सय ९४ जना संक्रमित छन्।
हालसम्म कोरोनाका कारण सुदूरपश्चिममा ३६ जनाको भने मृत्यु भएको छ।