चीन-भुटान सीमाबाट दुई किलोमिटर भित्र भुटानी भूमिमा चीनले बस्ती बसाएको दाबी केही भारतीय सञ्चारमाध्यमले गरेका थिए।
थिम्पू- चीनले आफ्नो भूभागमा बस्ती बसाएको सूचना गलत भएको प्रष्ट पारेको छ। चीन-भुटान सीमाबाट दुई किलोमिटर भित्र भुटानी भूमिमा चीनले बस्ती बसाएको दाबी केही भारतीय सञ्चारमाध्यमले गरेका थिए।
सोही दाबी खण्डन गर्दै भुटानले चीन पक्षबाट त्यस्तो कुनै गतिविधि नभएको प्रष्टीकरण भुटानले दिएको हो।
भारतीय अंग्रेजी समाचारपत्र ‘दी हिन्दू’सँग कुरा गर्दै नयाँदिल्लीस्थित भुटानका राजदूत वेतसोप नाम्ग्यालले उक्त समाचार खण्डन गरे।
‘भुटानभित्र चीनको कुनै गाउँ छैन, स्याटेलाइट तस्बिरमा दोक्लाम इलाकामा एक बस्ती देखिन्छ, तर त्यो भुटानी भूमि होइन, चीनतर्फकै गाउँ हो,’ उनले प्रष्ट पारे।
बीबीसी हिन्दीका अनुसार राजदूत नाम्ग्यालले दोक्लाममा चीनतर्फको भूभागमा बस्ती रहेको स्पष्ट पारेका छन्।