कैलाली- सेती प्रादेशिक अस्पतालमा उपचारत ५५ वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ।
धनगढी उपमहानगरपालिकाका उनको शुक्रबार दिउँसो मृत्यु भएको हो।
भेन्टिलेटरमा राखेर उनको उपचार भइरहेको थियो। २५ कात्तिकदेखि उनी उपचाररत रहेको अस्पतालका सूचना अधिकारी दिलिप श्रेष्ठले जानकारी दिए।
यसअघि शुक्रबार बिहान कोरोनाकै कारण ७५ वर्षया एक महिलाको उपचार क्रममा सोही अस्पतालमा मृत्यु भएको थियो।