कैलाली- धनगढीमा बिहीबार राजसंस्था पक्षधर समूहले प्रदर्शन गरेको छ।
राजतन्त्रको विकल्प गणतन्त्र हुन नसक्ने प्रदर्शनमा सहभागीको दाबी थियो। राजतन्त्र फर्काउन उनीहरूले माग गरे।

सुदूरपश्चिम स्वतन्त्र देशभक्त समाजको आयोजनामा मोटरसाइकल र्याली भएको हो।
धनगढीको बुद्ध चोकबाट शुरु भएको र्याली चौराहा, अत्तरिया हुँदै पुनः चौराहामै पुगेर समापान भएको थियो।