Sunday, December 3, 2023
Nepaliheadline
  • हाेमपेज
  • विश्व/भूराजनीति
  • दृष्टि/संवाद
  • देशभर
  • लङरिड
  • अन्य
    • इलेक्सन वाच
    • खेलकुद
    • विज्ञान/प्रविधि
    • सिनेमा/आर्ट्स
    • हेल्थ/फुड टिप्स
    • कल्चर/हेरिटेज
No Result
View All Result
  • हाेमपेज
  • विश्व/भूराजनीति
  • दृष्टि/संवाद
  • देशभर
  • लङरिड
  • अन्य
    • इलेक्सन वाच
    • खेलकुद
    • विज्ञान/प्रविधि
    • सिनेमा/आर्ट्स
    • हेल्थ/फुड टिप्स
    • कल्चर/हेरिटेज
No Result
View All Result
Nepaliheadline
No Result
View All Result
Home कल्चर/हेरिटेज

वन्यजन्तुसँग जु-किपर्स दैनिकी

नेपाली हेडलाइन by नेपाली हेडलाइन
२०७७ मंसिर ३ गते, ८:४३ बजे प्रकाशित
in कल्चर/हेरिटेज
0
वन्यजन्तुसँग जु-किपर्स दैनिकी
81
SHARES
Share on FacebookShare on Twitter

नीलकुमारी जोन्छेले ललितपुर जावलाखेलस्थित सदर चिडियाखानामा काम गरेको चार दशक बित्यो। अवकाशको मिति नजिकिँदै गर्दा उनी जंगली जनावरको सामीप्यताबाट टाढिनुपर्ने चिन्तामा छिन्। उनी हाल उभयचर सेक्सनपट्टिको सिनियर सुपरभाइजर हुन्। जागिर अवधिमा उनले चिडियाखानाको भान्साघर, नर्सरीलगायतमा काम गरिन्। ‘अब छाडेर जानु त पर्छ नै,’ उनी भन्छिन्, ‘रिटायर्ड हुने मिति नजिकिँदै गर्दा साह्रै नरमाइलो लागिरहेको छ।’

उभयचर सेक्सनमा अजिंगर, गिनी पिग, कोब्रा, दुम्सी, कछुवा आदि छन्। उनी भालु र स्यालको पनि स्याहार गर्छिन्। हरेक सेक्सनमा एक कुचिकारसहित पाँचजना हुन्छन्। सबैले आलोपालो वन्यजन्तुको रेखदेख गर्छन्। चौपायालाई दाना, घाँस, पराल दिइन्छ। अजिंगरका लागि भने आहाराका रूपमा खरायो दिइने गर्छ। जिउँदो खरायोलाई आहाराका रूपमा अजिंगरलाई सुम्पिनु नीलकुमारीको बाध्यता नै हो।

‘वन्यजन्तुसँग जति नजिक भए पनि भर हुँदैन,’ उनी भन्छिन्, ‘उनीहरूको कुरा बुझ्न गाह्रो हुन्छ। आफैँमाथि आक्रमण गर्छन्।’

उनी पनि त्यस्तो आक्रमणमा परेकी छन्। एकपटक जाडोयाममा नर्सरीमा रहेको चितुवाले उनलाई पछाडिबाट समात्यो। उसले आफूसँग खेल्न खोजेको थियो या आक्रमण गरेको थियो भन्ने यकिन गर्नुअघि नै समातेर खोरमा थुनिदिइन्। झम्टिन खोज्ने वन्यजन्तुलाई आजकल नर्सरीमा निकालिँदैन, खोरमै थुनिन्छ।

चितुवा प्रजातिको ‘लिंकन’ आफूसँग झ्याम्मिएको ३० वर्षअघिको सम्झना उनको मानसपटलमा ताजै छ। उनका अनुसार आफूले स्याहार गरिरहेका वन्यजन्तु नजिक आउँछन् र ढाडमा कन्याइदिन इशारा गर्छन्। ‘नर्सरीमा अझ रमाइलो हुन्छ। एउटालाई स्याहार गर्दैगर्दा अर्कोले हात समाउँछ,’ उनी भन्छिन्, ‘सायद मान्छेमा जस्तै उनीहरूमा पनि आफूलाई बढी हेरचाह गरोस् भन्ने चाहना हुँदो हो।’

एउटालाई स्याहार गर्दैगर्दा अर्कोले हात समाउँछ। सायद, मान्छेमा जस्तै जनावरमा पनि आफूलाई बढी हेरचाह गरोस् भन्ने चाहना हुँदो हो।

सदर चिडियाखानामा एक सय ५० प्रजातिका एक हजारभन्दा बढी वन्यजन्तु छन्। तिनलाई स्याहार्ने ७४ जना कर्मचारी छन्। तिनैमध्येका हुन्, किशोर विष्ट पनि। उनले चिडियाखानामा काम थालेको करिब २६ वर्ष भयो।

यसबीचमा उनलाई दुई-तीन ठाउँबाट जागिरका लागि अफर नआएको होइन। तर, चिडियाखानामा वन्यजन्तुसँगै रमाउन चाहे।

‘वन्यजन्तुसँग काम गर्नुको रोमाञ्चकता नै बेग्लै हुन्छ,’ उनी भन्छन्। उनी कार्यरत सेक्सन-१ मा नीलगाई, जरायो र घोरल छन्। ती सबै आफ्नै सन्तानजस्ता प्यारा लाग्छन्, विष्टलाई। चिडियाखानामा राखिएको वन्यजन्तुलाई अलग-अलग नाम दिइने गरेको छ। पर्साबाट ल्याइएको नीलगाईलाई ‘पारस’ नाम दिइएको छ। अन्य दुईको नाम ‘ब्युटी’ र ‘स्यान्डी’ राखिएको छ।

स्विट्जरल्यान्डले उपहार दिएका तीनवटा कछुवाको नाम उपहार, चिनो र कोसेली राखिएको थियो, ती मरिसके। सेक्सन-२ का हरिकृष्ण श्रेष्ठको जिम्मामा बाघ, गैँडा, जलगैँडा, अर्ना, लिमुर प्रजातिका बाँदरलगायत जनावर छन्। उनी ती वन्यजन्तुलाई नामले नै बोलाउँछन्।

उनको सेक्सनमा भएका चारवटै बाघ नरभक्षी हुन्। ‘त्यसैले यहाँ अति नै चनाखो हुनुपर्छ,’ उनी भन्छन्। बाघलाई मासु दिइन्छ भने अर्ना, गैँडा र जलगैँडालाई घाँस, पराल खुवाइन्छ।

बाँदरलाई मौसमअनुसार फलफूल दिइन्छ। बाघको गुफालाई तीन भागमा विभाजन गरिएको छ। एउटा गुफामा खाना दिएर अर्को गुफा खोलिदिनुपर्छ। ‘जति नै खतरनाक वन्यजन्तु भए पनि आत्मीयता गाँसिइहाल्छ,’ उनी भन्छन्। बाघ-बाघ र गैँडा-गैँडाबीच वेलावेलामा झगडा पर्ने गर्छ। त्यस्तो वेलामा उनीहरूलाई छुटाउन निकै गाह्रो पर्छ।

विनाशब्द र भाषा शारीरिक हाउभाउबाटै जंगली जनावरको स्याहार गर्नु आफैँमा चुनौतीपूर्ण काम हो । तर, उनीहरूले चिडियाखानामा अलग संसार बनाएका छन्। जनावरलाई सन्तानझैँ स्याहारिरहेका छन्।

बिहान ८ बजे हरेक सेक्सनले बिरामी वन्यजन्तुबारे रिपोर्ट गर्नुपर्छ। भेटेनरी चिकित्सक आएर तिनको उपचार गर्छन्। त्यसरी स्याहारेका वन्यजन्तु मर्दा ‘जु-किपर्स’ दुःखी बन्छन्। ‘मरेका वन्यजन्तुको पोस्टमार्टमका क्रममा शरीर चिर्दा कति दुख्यो होला जस्तो लाग्छ,’ विष्ट भन्छन्।

चराचुरुंगी सेक्सनका सुपरभाइजर बमकाजी महर्जनले ०३४ सालदेखि चिडियाखानामा काम थालेका हुन्। बिहान ८ बजे रिपोर्ट बुझाएपछि १० बजेभित्र चराचुरुंगीको वासस्थान सफा गरिसक्नुपर्छ। त्यसपछि पानी र आहारा दिइन्छ।

आफ्नो सेक्सनमा काम गर्न केही सहज रहेको उनी बताउँछन्। तर, बर्डफ्लुलगायत रोगको संक्रमण शुरु भयो भने उनी चिन्तित रहन्छन्। उनका अनुसार चराचुरुंगी त्यति हिंस्रक हुँदैनन्, अस्ट्रिचसँग भने अलि सतर्क रहनुपर्छ।

‘जु-किपर्स’को जिम्मेवारी कति संवेदनशील छ भने एक प्रजातिका वन्यजन्तुको खोरको ढोका लगाउन बिर्सियो भने अर्को प्रजातिका वन्यजन्तु जोखिममा पर्छन्। सानो गल्तीले ठूलो दुर्घटना निम्त्याउँछ। त्यसैले उनीहरू सदैव सतर्क रहन्छन्। विनाशब्द र भाषा शारीरिक हाउभाउबाटै वन्यजन्तुको स्याहार गर्नु आफैँमा चुनौतीपूर्ण काम हो। तर, उनीहरूले चिडियाखानामा अलग संसार बनाएका छन्। वन्यजन्तुलाई सन्तानझैँ स्याहारिरहेका छन्।

Previous Post

हाकुपटासी : रोपाइँदेखि र्‍याम्पसम्म लोकप्रिय

Next Post

आयुर्वेद अर्थात् पूर्वीय उपचार पद्दति

Related Posts

सुरु भयो गौराति भीमेश्वर मेला
कल्चर/हेरिटेज

सुरु भयो गौराति भीमेश्वर मेला

२०८० मंसिर ११ गते, १५:३४ बजे प्रकाशित
साधु-सन्यासीको निशान यात्रा चतरा गद्दीबाट बराहक्षेत्र प्रस्थान
कल्चर/हेरिटेज

साधु-सन्यासीको निशान यात्रा चतरा गद्दीबाट बराहक्षेत्र प्रस्थान

२०८० मंसिर ९ गते, १३:५८ बजे प्रकाशित
हरिबोधनी एकादशी- देशभरका नारायण मन्दिरमा भक्तजनको घुइँचो
कल्चर/हेरिटेज

हरिबोधनी एकादशी- देशभरका नारायण मन्दिरमा भक्तजनको घुइँचो

२०८० मंसिर ७ गते, १३:०१ बजे प्रकाशित
मिथिलामा अक्षय नवमी पर्व मनाइँदै
कल्चर/हेरिटेज

मिथिलामा अक्षय नवमी पर्व मनाइँदै

२०८० मंसिर ५ गते, ११:५८ बजे प्रकाशित
मिथिलामा दिपावली र छठको उमंग
कल्चर/हेरिटेज

मिथिलामा दिपावली र छठको उमंग

२०८० कार्तिक २६ गते, ११:५७ बजे प्रकाशित
संकटमा जोगी
कल्चर/हेरिटेज

संकटमा जोगी

२०८० कार्तिक १६ गते, १२:५२ बजे प्रकाशित
Next Post
आयुर्वेद अर्थात् पूर्वीय उपचार पद्दति

आयुर्वेद अर्थात् पूर्वीय उपचार पद्दति

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

जस्टइन

बराबरीमा रोकिए ललितपुर र धनगढी

बराबरीमा रोकिए ललितपुर र धनगढी

by नेपाली हेडलाइन
२०८० मंसिर १६ गते, २१:२४ बजे प्रकाशित
0

सोमालियामा बाढीका कारण एक सय जनाको मृत्यु

सोमालियामा बाढीका कारण एक सय जनाको मृत्यु

by नेपाली हेडलाइन
२०८० मंसिर १६ गते, २१:०३ बजे प्रकाशित
0

‘काठमाडौँ वरपरका जिल्लाको विकास गर्ने समय आयो’

‘काठमाडौँ वरपरका जिल्लाको विकास गर्ने समय आयो’

by नेपाली हेडलाइन
२०८० मंसिर १६ गते, २०:३५ बजे प्रकाशित
0

‘पार्टीलाई बलियो बनाउने अभियानमा लागौँ’

by नेपाली हेडलाइन
२०८० मंसिर १६ गते, २०:१९ बजे प्रकाशित
0

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित
सञ्चालक : निशेष पोखरेल
प्रधान सम्पादक : उपेन्द्र पोखरेल
संवाददाता : शलिना कुँवर
डेस्क : सुदीप बराल
प्रदेश १ ब्युरो : हिमाल राई
लुम्बिनी ब्युरो : अस्मिता अधिकारी
प्रधान कार्यालय : मध्य बानेश्वर, काठमाडौं
सूचना विभाग दर्ता नम्बर : २६७३/०७७-७८
सम्पर्क नम्बर : ९८५१३२९७८२
विज्ञापनका लागि सम्पर्क : ९८२०२२९३७६

No Result
View All Result

© Dharmadevi Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • विश्व/भूराजनीति
  • दृष्टि/संवाद
  • देशभर
  • लङरिड
  • अन्य
    • इलेक्सन वाच
    • खेलकुद
    • विज्ञान/प्रविधि
    • सिनेमा/आर्ट्स
    • हेल्थ/फुड टिप्स
    • कल्चर/हेरिटेज

© Dharmadevi Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
{ description: "MonsterInsights custom dimension", displayName: "Wp User Id", name: "properties/361750205/customDimensions/6261139764", parameterName: "wp_user_id", scope: "EVENT", },

Add New Playlist