दीपक नेपाल
कैलाली- सुदूरपश्चिमको प्रमुख पर्यटकीय स्थल खप्तड क्षेत्रमा यस वर्षको पहिलो हिमपात भएको छ।
आइतबार र सोमबार दिउँसो खप्तड क्षेत्रमा हिमपात भएको भए पनि मंगलबार बिहानैदेखि घाम लागेको छ। हिमपातसँगै खप्तड रआसपासको क्षेत्रमा चिसो बढेको छ।

पहिलोपटक परेको हिउँ करिब आधा फिट जमेको पर्यटनकर्मी र खप्तड झिग्राना होमस्टेका सञ्चालक दीपकबहादुर खड्काले बताए।
हिमपातका कारण खप्तड क्षेत्रका डाँडाकाँडा हिउँले ढाकेको उनले जानकारी दिए।
यस्तै, मुगुको रारा क्षेत्रमा समेत हिमपात भएको छ। हिमपातका कारण रारा घुम्न आउने पर्यटक हिउँसँगै रमाएका छन्।
हेटौंडाबाट दिदीबहिनीसहित रारा घुम्न आएकी सुनिता नेपालले हिउँ परेपछि नसोचेको रमाइलो भएको बताइन्।


