कैलाली- १ कात्तिकदेखि १ मंसिरसम्म भएका सवारी दुर्घटनामा सुदुरपश्चिम प्रदेशमा २८ जनाले ज्यान गुमाएका छन्।
सुदुरपश्चिम प्रदेश ट्राफिक कार्यालय अत्तरियाका अनुसार त्यस अवधीमा ७० वटा सवारी दुर्घटनामा परेका थिए। दुर्घटनामा परी २० पुरुष, ६ महिला र दुई बालबालिकाको ज्यान गएको प्रदेश ट्राफिक कार्यालय प्रमुख एसपी वामदेव गौतमले जानकार दिए । ती दुर्घटनामा ८० जना गम्भीर घाइते भएका छन्।
कैलालीमा सबैभन्दा बढी सवारी दुर्घटना भएका छन्। कैलालीमा मात्रै ४५ वटा दुर्घटनामा १० जनाले ज्यान गुमाएका छन्।
दुर्घटना पर्नेमा मोटरसाइकल सबैभन्दा बढी छन्। प्रदेश ट्राफिक कार्यालयका अनुसार त्यस अवधीमा ४२ वटा मोटरसाइकल दुर्घटना भएका छन्।
तीव्र गति, थोत्रा र पुराना सवारी साधन तथा चालकको लापरवाहीका कारण बढी दुर्घटना भएको एसपी गौतमले बताए। त्यसैले सवारी जाँच, सचेतनामा ध्यान केन्द्रित गरिएको उनले जानकारी दिए।