Tuesday, September 26, 2023
Nepaliheadline
  • हाेमपेज
  • विश्व/भूराजनीति
  • दृष्टि/संवाद
  • देशभर
  • लङरिड
  • अन्य
    • इलेक्सन वाच
    • खेलकुद
    • विज्ञान/प्रविधि
    • सिनेमा/आर्ट्स
    • हेल्थ/फुड टिप्स
    • कल्चर/हेरिटेज
No Result
View All Result
  • हाेमपेज
  • विश्व/भूराजनीति
  • दृष्टि/संवाद
  • देशभर
  • लङरिड
  • अन्य
    • इलेक्सन वाच
    • खेलकुद
    • विज्ञान/प्रविधि
    • सिनेमा/आर्ट्स
    • हेल्थ/फुड टिप्स
    • कल्चर/हेरिटेज
No Result
View All Result
Nepaliheadline
No Result
View All Result
Home हेल्थ/फुड टिप्स

कोरोनाका बढी सिकार दीर्घ बिमारी

नेपाली हेडलाइन by नेपाली हेडलाइन
२०७७ मंसिर १ गते, ११:२८ बजे प्रकाशित
in हेल्थ/फुड टिप्स
0
कोरोनामुक्त व्यक्तिको शरीरमा कहिलेसम्म रहन्छ एन्टिबडी?
74
SHARES
Share on FacebookShare on Twitter

डा. भक्तराज

अप्रत्यासित रूपमा अपर्झट देखापरेको चराचर उपस्थित विषाणु कोरोना (कोभिड–१९)ले विश्वमै विध्वंश ग¥यो, अझै गरिरहेछ । कसैले भन्न सकिरहेको छैन यो वितण्डा कहिलेसम्म जाने हो । विगतका हजारौँ वर्षको अनुभवमा विषाणुकै धर्मअनुसार एकपटक भए पनि पुनः नहुनुपर्ने हो (जस्तो बिफर) तर नेपालमा मात्र हैन सातै महादेशमा हप्ता नबित्दै पुनः देखिँदै छ । त्यो पनि अझ खतरनाक भएर । विषाणु, मानव र वातावरणबीचको बेमेल–तालमेलमा खटपटीले निम्त्याएको यो विनाश सर्वविदितै छ तर विडम्बना रोकथाम÷ निराकरणका प्रयास सबै विषाणुविरुद्ध लक्षित भए । यसैका कारण समस्या जहाँको तहीँ छ । अझ सरोकारीहरू पछाडि हट्न थालिसके ।

यसैकारण कोरोना पीडा न्यूनार्थ जनपरिचालन पहलको आवश्यकता ठानी स्थानीय सहकार्य व्यवस्थापन कार्यक्रम थालनी गरिएको छ । यो एकीकृत प्रयासको सुरुवात त्यो पनि सहरमा हैन, ती स्थानमा जहाँ समस्याको समाधानै छैन तर रोकथामको प्राचुर्य छ त्यसतर्फ अहिलेसम्म धेरैको आँखा पुगेको छैन ।
कोरोना सङ्क्रमण पत्ता लागेको महिनापछि नै नेपालमा पनि देखिएको हो । दोस्रो बिरामी महिनौँ पछि थाहा लागेपछि नै पीडा पनि सुरु भएको हो । एउटा, दुईटा सङ्क्रमणबाटै सुरु भएको प्रतिउत्पादक बन्दाबन्दी पाँच÷छ महिनासम्म अविरल चल्यो तर बिमार (सङ्क्रमण) रोकिएन बरु बढ्दै छ । स्थानीय, राष्ट्रिय, क्षेत्रीय र अन्तर्राष्ट्रिय तथ्य तथ्याङ्क सबै भन्छन्– यो अधिकांश समयमा आफैँ नियन्त्रण हुने बिमार भनेर । केही उच्च जोखिम विशेषमा बढी सतर्कता चाहिन्छ र हाम्रैमा पनि त्यही देखियो ।

उच्च जोखिमकाहरू नै बढी प्रताडित भए । जनचेतना बढाउने प्रमाणित वैज्ञानिक परिपाटीको सट्टा विषाणुका विरुद्ध एकहोरो खेदो गरियो । अझै गरिँदै छ त्यसै । हावाबाट सजिलै सर्ने बिमारलाई हात धोएर तर्साउन खोजियो, जब कि बिरामीको रोग प्रतिरोध बढाउने चेतना जगाउन उपयुक्त थियो । आधाभन्दा बेसी जनसङ्ख्या दीर्घरोगको जोखिममा भएको देशमा दीर्घरोगीले नै उपचार पाएनन् । रोकथामभन्दा बिमार सुरुपूर्व अस्पतालमा सघन उपचार कक्षको तयारीमा लागियो । विगत लगभग एक वर्षको अनुभवले बतायो– कोरोना सजिलै जानेवाला छैन, बरु दीर्घ कोरोना देखिन थाल्यो । तसर्थ, एकीकृत बहुसरोकारी पहलको आवश्यकता देखिँदै छ, जुन नेपालमा मात्र हैन, विश्वमै सफल प्रमाणित देखियो ।
इलाममा किन कोरोनाले हताहती भएन ? कैलालीमा किन बाँकेमा भन्दा कम, मोरङमा भन्दा झापामा किन प्रताडना कम ? बुझ्न आवश्यक छ । सङ्क्रमण निको भइसकेकामा पनि किन देखियो ? पुनः देखिएकामा किन उपचार अझ गाह्रो ? यस्ता विषयमा ध्यान नदिई एकोहोरो विषाणुविरुद्ध खनिएर समस्याको दीर्घ समाधान हुन्न भनेर नै यो कार्यक्रमको विकास ।

अस्पतालको कोरोना बेड रित्तिसके । अस्पताल पुगेका पनि कैयौँलाई बचाउन सकिएन । रोकथाममा ध्यान नदिए विकराल स्थिति टाढा छैन अब । कोरोना सङ्क्रमण हो, होइन भन्दा पनि भएकाको पोषण प्रवद्र्धनले इम्युनिटी बढाउनुको विकल्प छैन । दीर्घ बिरामीको उपचार र परामर्श उत्तिकै आवश्यक देखिन्छ । दूरदराजका नागरिकहरूका लागि यो नै सर्वोत्तम उपाय पनि हो ।

स्थानीय स्तरमा दिगो विकासार्थ एकीकृत अभ्यास गरेर सरोकारीको सक्रिय सहभागिता सँगाली विशेषतः ज्ञान, सीप सबलीकरण, गतिविधि अभिलेखन, भण्डारण, विश्लेषण तथा उपयोग प्रदर्शन र पारदर्शी स्रोत परिचालन गरी एकीकृत रूपमा अघि बढ्न ढिला भइसक्यो । रैथाने चित्ररेखा, अङ्क, कथा र उदाहरणले आत्मविश्वास बढाउँदै, सान्दर्भिक सक्रिय सहभागितामा सामाजिक प्रोत्साहन गर्दै प्रदर्शनयुक्त व्यावहारिक अन्तक्र्रियाद्वारा अघि बढ्ने कार्यक्रमको आवश्यकता महसुस हुँदै छ ।

शीघ्र परिणामदेखि दिगो कारात्मक परिणाम देखिएको नेपालमै स्थानीय दक्षता वृद्धि, पारदर्शी स्रोत परिचालन, दोहोरो खर्चमा बचत, दीर्घ बिमार र जोखिमको अग्रिम पहिचान, निराकरण एवम् उपचार, समय, मानव स्रोत र अर्थको बचत, दुःख–कष्ट, पीडामा राहत, स्थानीयस्तरमै आत्मविश्वास वृद्धि, सहभागितामा सद्भाव र सौहार्दता बढ्ने, समूहगत सुख, शान्ति, समृद्धिमा बढोत्तरी र जरैबाट विकास प्रयासमा सहयोगले दिगो राष्ट्रियस्तरमा योगदान पुग्ने देखिन्छ । प्रमाणित पनि भइसक्यो नेपालमै ।
खर्चबर्चका हिसाबले पनि मितव्ययी छ यो प्रक्रिया । अनुभवी विशेषज्ञ चिकित्सकको अगुवाइमा दुुई बाह्य सहयोगी र दुई स्थानीय विषयगत सक्रिय अग्रजका लागि खान बस्न, यातायात र आवश्यक सामग्रीको खर्च आपसी छलफलमा आधारित सञ्चालन गर्न सकिने रहेछ । आफैँले आ–आफ्नोवरिपरि सञ्चालन गरेर देखाउने कि ?

कोरोनाका कारण देखिएको धनजनको क्षतिमा जसरी भए पनि जिउधन रक्षार्थ सबैको दायित्व हो । नेपालमा कोरोनाका कारण भएको ७० प्रतिशत हताहती (मृत्यु) दीर्घ बिमार (रोग)सँग सम्बन्धित छ । त्यसैले डाइबिटिज जनस्वास्थ्य समस्याका रूपमा देखिएको छ । वर्तमान अवस्थामा दीर्घ बिमार (मधुमेह) लाई बेवास्ता गरेर कोरोना प्रताडना घटाउन सकिन्न ।
प्रदेश विभाजनसहितको नेपाल नक्सामा राख्ने आँकडा
दीर्घ बिमारको पूर्वावस्थामा प्रदेश स्तरीय आँकडा ः
प्रदेश १. ४३,३४,९९३, २.५४,०४,१४५, ३. बाग्मती ५५,२९,४५२, ४. गण्डकी २४,१३,९०८, ५. लुम्बिनी ४४,८८,९५५, ६. कर्णाली १५,७०,५८४ र ७ सुदूरपश्चिम २५,५२,५७२

(लेखक दीर्घ बिमार विशेषज्ञ हुनुहुन्छ ।)

Tags: कोरोना भाइरस
Previous Post

ग्लोबल गोरखा समाजको संरक्षक समिति

Next Post

सुदूरपश्चिमका सामाजिक विकास मन्त्री सुवेदीलाई कोरोना संक्रमण

Related Posts

स्पाइसी बार्बिक्यू स्टाइल चिकेन विङ्स कसरी बनाउने?
देशभर

यसरी बनाऊँ जापानिज स्टाइल टेम्पुरा प्राउन

२०८० साउन १३ गते, १९:१६ बजे प्रकाशित
पाठेघर क्यान्सरविरुद्ध खोप किन आवश्यक ?
देशभर

पाठेघर क्यान्सरविरुद्ध खोप किन आवश्यक ?

२०८० साउन ५ गते, ४:१८ बजे प्रकाशित
समयमै उपचार नभए आँखा क्यान्सरले पनि लिन्छ ज्यान
लङरिड

समयमै उपचार नभए आँखा क्यान्सरले पनि लिन्छ ज्यान

२०८० असार २६ गते, ११:११ बजे प्रकाशित
स्पाइसी बार्बिक्यू स्टाइल चिकेन विङ्स कसरी बनाउने?
देशभर

घरै बसी-बसी बनाऊँ कोरियन किम्बब

२०८० असार १६ गते, १६:३२ बजे प्रकाशित
गर्मीका कारण आँखाको रोग बढ्यो
देशभर

गर्मीका कारण आँखाको रोग बढ्यो

२०८० असार १ गते, १५:४३ बजे प्रकाशित
होइमाङमा देखापरेको झाडावान्ता नियन्त्रणमा
देशभर

होइमाङमा देखापरेको झाडावान्ता नियन्त्रणमा

२०८० असार १ गते, १३:१२ बजे प्रकाशित
Next Post
धनगढी अस्पतालमा कोरोना संक्रमित ज्येष्ठ नागरिकको मृत्यु

सुदूरपश्चिमका सामाजिक विकास मन्त्री सुवेदीलाई कोरोना संक्रमण

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

जस्टइन

ट्रक दुर्घटनामा २६ मलामी घाइते

दुर्घटनामा ज्यान गुमाएका बाबुछोराको एउटै चितामा अन्त्येष्टि

by रासस
२०८० अशोज ८ गते, २१:३२ बजे प्रकाशित
0

मृत अवस्थामा फेला

मृत अवस्थामा फेला

by नेपाली हेडलाइन
२०८० अशोज ८ गते, २१:१३ बजे प्रकाशित
0

सवारी दुर्घटनामा दुई जनाको मृत्यु

छुट्टाछुट्टै सवारी दुर्घटनामा चार जनाको मृत्यु

by नेपाली हेडलाइन
२०८० अशोज ८ गते, २१:०२ बजे प्रकाशित
0

बिरामीको मृत्युपछि डाक्टरमाथि हातपात, मणिपाल अस्पताल तनावग्रस्त

बिरामीको मृत्युपछि डाक्टरमाथि हातपात, मणिपाल अस्पताल तनावग्रस्त

by नेपाली हेडलाइन
२०८० अशोज ८ गते, २०:०१ बजे प्रकाशित
0

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित
सञ्चालक : निशेष पोखरेल
प्रधान सम्पादक : उपेन्द्र पोखरेल
संवाददाता : शलिना कुँवर
डेस्क : सुदीप बराल
प्रदेश १ ब्युरो : हिमाल राई
लुम्बिनी ब्युरो : अस्मिता अधिकारी
प्रधान कार्यालय : मध्य बानेश्वर, काठमाडौं
सूचना विभाग दर्ता नम्बर : २६७३/०७७-७८
सम्पर्क नम्बर : ९८५१३२९७८२
विज्ञापनका लागि सम्पर्क : ९८२०२२९३७६

No Result
View All Result

© Dharmadevi Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • विश्व/भूराजनीति
  • दृष्टि/संवाद
  • देशभर
  • लङरिड
  • अन्य
    • इलेक्सन वाच
    • खेलकुद
    • विज्ञान/प्रविधि
    • सिनेमा/आर्ट्स
    • हेल्थ/फुड टिप्स
    • कल्चर/हेरिटेज

© Dharmadevi Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana