काठमाडौं- ४ मंसिरमा सम्पन्न आम निर्वाचनमा कांग्रेसभित्रका गुट-उपगुटमध्ये सबैभन्दा बढी देउवा-सिटौला गुटले लाभ उठाएको छ।
सोही समूहका नेताहरूले सबैभन्दा बढी संख्यामा जित निकालेका छन्। त्यसो त, सोही गुटले बढी टिकट पाएकामा कांग्रेसभित्र चुनावअघि नै असन्तुष्टि थियो।
देशभर देउवा-सिटौला समूहका २९ जना निर्वाचित भएका छन्। यस्तै, शेखर–गगन समूहबाट १८, रामचन्द्र-शशांक समूहका ६ र प्रकाशमान-विश्वप्रकाश समूहबाट ४ जना निर्वाचित भएका छन्। निर्वाचित भएकाहरुको सूची यस्तो छ।
देउवा-सिटौला समूह
प्रदेश १
सीता गुरुङ, तेह्रथुम
ज्ञानेन्द्रबहादुर कार्की, सुनसरी ४
डा. नारायण खड्का, उदयपुर १
रामहरि खतिवडा, ओखलढुंगा
मधेश प्रदेश
दिनेश यादव, सप्तरी ३
महेन्द्रकुमार राय, महोत्तरी ४
अजयकुमार चौरासिया, पर्सा २
रमेश रिजाल, पर्सा ४
वागमती प्रदेश
श्याम घिमिरे, सिन्धुली १
कान्छाराम तामाङ, रामेछाप
मोहनबहादुर बस्नेत, सिन्धुपाल्चोक २
दुर्लभकुमार थापा, भक्तपुर २
उदयशम्शेर जबरा, ललितपुर १
मोहन आचार्य, रसुवा
प्रदीप पौडेल, काठमाडौं ५
गण्डकी प्रदेश
शंकर भण्डारी, तनहुँ २
खम्बिर गर्बुजा, म्याग्दी
राजु थापा, स्याङ्जा १
टेकबहादुर गुरुङ, मनाङ
लुम्बिनी प्रदेश
किशोरसिंह राठौर, बाँके ३
विनोद चौधरी, पश्चिम नवलपरासी १
कर्णाली प्रदेश
पुर्णबहादुर खड्का, सुर्खेत १
ऐनबहादुर शाही, मुगु
सुदूरपश्चिम प्रदेश
वीरबहादुर बलायर, कैलाली ४
डिल्लीराज पन्त, कैलाली ५
एनपी साउद, कञ्चनपुर २
रमेश लेखक, कञ्चनपुर ३
शेरबहादुर देउवा, डडेलधुरा
पुष्पबहादुर शाह, अछाम २
शेखर–गगन समूह
प्रदेश १
डिगबहादुर लिम्बु, मोरङ १
सुनिल शर्मा, मोरङ ३
डा. शेखर कोइराला, मोरङ ६
मधेश प्रदेश
तेजुलाल चौधरी, सप्तरी ४
रामकृष्ण यादव, धनुषा २
देवप्रसाद तिमल्सिना, रौतहट ४
वागमती प्रदेश
गगन थापा, काठमाडौं ४
अर्जुन नरसिंह के सी, नुवाकोट २
रामनाथ अधिकारी, धादिङ १
गण्डकी प्रदेश
योगेश गौचन, मुस्ताङ
धनराज गुरुङ, स्याङ्जा २
राजेन्द्र बजगाईं, गोरखा १
लुम्बिनी प्रदेश
चन्द्र भण्डारी, गुल्मी १
सञ्जय गौतम, बर्दिया १
कर्णाली प्रदेश
हृदयराम थानी, सुर्खेत २
दिक्पाल शाही, दैलेख २
सुदूरपश्चिम प्रदेश
बद्री पाण्डे, बाजुरा
दिलेन्द्र बडु, दार्चुला
रामचन्द्र-शशांक गुट
दीपक खड्का, संखुवासभा
रामचन्द्र पौडेल, तनहुँ १
शशांक कोइराला, नवलपुर १
विष्णु कार्की, नवलपुर २
दीपक गिरी, दाङ ३
सुरेन्द्र आचार्य, कपिलवस्तु २
प्रकाशमान-विश्वप्रकाश गुट
विश्वप्रकाश शर्मा, झापा १
प्रकाशमान सिंह, काठमाडौं १
सन्तोष चालिसे, काठमाडौ ३
राजन केसी, काठमाडौं १०