Monday, February 6, 2023
Nepaliheadline
  • हाेमपेज
  • विश्व/भूराजनीति
  • दृष्टि/संवाद
  • देशभर
  • लङरिड
  • अन्य
    • इलेक्सन वाच
    • खेलकुद
    • विज्ञान/प्रविधि
    • सिनेमा/आर्ट्स
    • हेल्थ/फुड टिप्स
    • कल्चर/हेरिटेज
No Result
View All Result
  • हाेमपेज
  • विश्व/भूराजनीति
  • दृष्टि/संवाद
  • देशभर
  • लङरिड
  • अन्य
    • इलेक्सन वाच
    • खेलकुद
    • विज्ञान/प्रविधि
    • सिनेमा/आर्ट्स
    • हेल्थ/फुड टिप्स
    • कल्चर/हेरिटेज
No Result
View All Result
Nepaliheadline
No Result
View All Result
Home देशभर

३९ वर्षीया महिलाले ८ जनालाई बलात्कारमा फसाएको आरोप, आरोपितका परिवार न्याय माग्दै

नेपाली हेडलाइन by नेपाली हेडलाइन
२०७९ मंसिर २१ गते, १९:०६ बजे प्रकाशित
in देशभर
0
३९ वर्षीया महिलाले ८ जनालाई बलात्कारमा फसाएको आरोप, आरोपितका परिवार न्याय माग्दै
78
SHARES
Share on FacebookShare on Twitter

काठमाडौं : झापाकी ३९ वर्षीया गिता श्रेष्ठले विभिन्न ८ जना ब्यक्तिहरुलाई बलात्कार गरेको भनि फसाएको भन्दै पीडित परिवार न्यायको लागि मिडियामा आएको छ।

जेलमा रहेका ८ व्यक्तिमध्ये निरज शर्माको श्रीमती नीतु शर्मा महिलामाथि बलात्कार गर्न श्रीमानलाई सहयोग गरेको आरोपमा पक्राउ गरी धरौटीमा रिहा भएकी छिन्।

आज (बुधबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै शर्माले आफू निर्दोष भएको बताएकी हुन् । उनले भनिन् ‘मेरो श्रीमान र गीता श्रेष्ठ टिकटकमा साथी हुनुभएको रहेछ, तर मैले उहाँलाई चिनेको थिइन्, एकदिन आफूसँग पैसा नभएकोले एक दिनको लागि तपाईंको घरमा बास दिनु न भनेकोले श्रीमानको आग्रहमा घरमा बास दिने निर्णय गरेका थियौं, उहाँहरुबीच औषधी व्यवसाय गर्ने सल्लाह भएको रहेछ ।’

सोही रात आफ्नो घरमा सानो पार्टीको आयोजना गरेको भन्दै उनले पार्टी खाएपछि श्रीमानलाई उक्त महिलाले सुत्ने कोठातिर तानेको हुनसक्ने आशंका गरिन् । भोलिपल्ट बिहान कसैसँग केही नभनी महिला घरबाट गएको र बेलुका एकैपल्ट प्रहरी लिएको आएको उनले सुनाइन् ।

पत्रकार सम्मेलनमा बोल्दै नुरप्रसाद अधिकारीले देशमा न्यायपालिका, कार्यपालिका र व्यवस्थापिकाको लापरवाहीले आम नागरिकहरुले न्याय नपाएको बताएका छन् ।

एक महिलाले आठ जना पुरुषहरुलाई बलात्कारको मुद्दा लगाएर फसाउँदा समेत प्रहरी प्रशासन चुप बसेको भन्दै उनले आपक्ति जनाए । उनले बलात्कार गरेको आरोप लागेका आठ जनामध्ये कोही जेलमा रहेका र कोही धरौटीमा रिहा भएको सुनाए ।  उनले भने,‘एक महिला बदमास भएकै कारण धेरै पुरुषहरुले दुख पाए ।’

आरोपित निरज शर्मा १४/१५ महिनादेखि जेलमा रहेको उल्लेख गर्दै उनले नीतु शर्मामाथि अनाहकमा दोष लगाएको टिप्पणी गरे। उनले भने,‘गीता श्रेष्ठले अनिल बास्तोलाले बलात्कार गरेको भन्दै मोरङ अदालतमा, निरज शर्मालाई काठमाडौंमा, मधुसुधन पाण्डे,राजु राउत, नयन डाँगी र दिनेशकुमार थापा र नयन श्रेष्ठले बलात्कार गरेको भनेर मुद्दा दिएकी छिन्। महिलाहरु शहरमा घुमीघुमी, पुरुष छानीछानी यस्तो आदत लागेमा नेपालको स्थिति कता जाला, यो गम्भिर ठुलो विषय हो।’

महिलाको राजिखुशीले सम्बन्ध भएपनि पछि बलात्कारको घटनामा परिणत गरिने उनको भनाइ थियो। अधिकारी एक महिलाले आठ जना पुरुषहरुलाई थुनाएको देख्दा समेत देशमा सबै अंग मौन रहेको भन्दै आक्रोसित भए।

प्रहरीले प्रमाणको आधारमा आरोपितलाई सजाय तोक्नुपर्ने उनले धारणा राखे । पक्राउ परेकामध्ये एक जना काठमाडौंको भद्र जेल र दुईजना पोखराको जेलमा रहेको उनले सुनाए । उनले एक महिलाले ८ जना पुरुषलाई फसाएको हो वा होइन त्यसबारे अनुसन्धान गर्नुपर्नेमा जोड दिए।

निरज शर्माको जेठान अशोक श्रेष्ठले ती महिलाको मोरङ जिल्ला अदालतमा २०७५ मा पनि जबरजस्ती करणीमा मुद्दा रहेको बताए। महिलाले त्यतिबेला झापाका अमिर बास्तोलालाई फसाएको जिकिर गरे।

Previous Post

आइसिसी विश्वकप क्रिकेट : नामिवियाले नेपाललाई दियो २७६ रनको लक्ष्य

Next Post

कांग्रेसका कुन गुटका को निर्वाचित ? (सूचीसहित)

Related Posts

योगीको हत्यार १७ वर्षपछि पक्राउ
देशभर

प्रतिबन्धित दुई लाख ८७ हजार सहित भारतीय नागरीक पक्राउ

२०७९ माघ २३ गते, १२:०३ बजे प्रकाशित
अवैध रुपमा ल्याउँदै गरेको सुन जस्तो देखिने अर्धठोस पदार्थ सहित पक्राउ
देशभर

पाँच सयले बढ्यो सुनको मूल्य

२०७९ माघ २३ गते, ११:५५ बजे प्रकाशित
अबैध बालुवाको तस्करी रोक्न निगरानी
देशभर

अबैध बालुवाको तस्करी रोक्न निगरानी

२०७९ माघ २३ गते, ११:४२ बजे प्रकाशित
अबुनको स्वर, पवनको संगीतमा ए चरी सार्वजनिक
देशभर

अबुनको स्वर, पवनको संगीतमा ए चरी सार्वजनिक

२०७९ माघ २३ गते, ११:२३ बजे प्रकाशित
आत्मनिर्भर लघुवित्तको आइपिओ खुला
देशभर

सुपर माईको आइपीओ बिक्री खुला

२०७९ माघ २३ गते, ११:१३ बजे प्रकाशित
साइक्लिङ दौडमा अशोक केलिङ प्रथम
खेलकुद

साइक्लिङ दौडमा अशोक केलिङ प्रथम

२०७९ माघ २३ गते, ११:०१ बजे प्रकाशित
Next Post
कांग्रेसका कुन गुटका को निर्वाचित ? (सूचीसहित)

कांग्रेसका कुन गुटका को निर्वाचित ? (सूचीसहित)

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

साताका लाेकप्रिय

  • लागु औषध मुद्दामा ९७ जना पक्राउ

    बाटो ढुकेर लुटपाट गर्ने युवक प्रहरीको फन्दामा

    214 shares
    Share 86 Tweet 54
  • कुल राष्‍ट्रिय बजेटको १३ प्रतिशत खर्च गरेर ६० प्रतिशत लाभग्राहीलाई सामाजिक सुरक्षामा आबद्ध गराउन सम्भव छ?

    160 shares
    Share 64 Tweet 40
  • बराहक्षेत्रको महेन्द्र माविले आफूनिकट गैरपत्रकारलाई सम्मान गरेपछि

    154 shares
    Share 62 Tweet 39
  • नेपाल प्रहरीका ‘टप टेन इस्युज’

    1130 shares
    Share 452 Tweet 283
  • बडका भलमन्सा

    131 shares
    Share 52 Tweet 33

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित
सञ्चालक : निशेष पोखरेल
प्रधान सम्पादक : उपेन्द्र पोखरेल
संवाददाता : रेखा जोशी, तीर्थमाया तामाङ
डेस्क : लक्ष्मी श्रेष्ठ
प्रदेश १ ब्युरो : हिमाल राई
लुम्बिनी ब्युरो : अस्मिता अधिकारी
प्रधान कार्यालय : मध्य बानेश्वर, काठमाडौं
सूचना विभाग दर्ता नम्बर : २६७३/०७७-७८
सम्पर्क नम्बर : ९८५१३२९७८२

No Result
View All Result

© Dharmadevi Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • विश्व/भूराजनीति
  • दृष्टि/संवाद
  • देशभर
  • लङरिड
  • अन्य
    • इलेक्सन वाच
    • खेलकुद
    • विज्ञान/प्रविधि
    • सिनेमा/आर्ट्स
    • हेल्थ/फुड टिप्स
    • कल्चर/हेरिटेज

© Dharmadevi Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana