Monday, February 6, 2023
Nepaliheadline
  • हाेमपेज
  • विश्व/भूराजनीति
  • दृष्टि/संवाद
  • देशभर
  • लङरिड
  • अन्य
    • इलेक्सन वाच
    • खेलकुद
    • विज्ञान/प्रविधि
    • सिनेमा/आर्ट्स
    • हेल्थ/फुड टिप्स
    • कल्चर/हेरिटेज
No Result
View All Result
  • हाेमपेज
  • विश्व/भूराजनीति
  • दृष्टि/संवाद
  • देशभर
  • लङरिड
  • अन्य
    • इलेक्सन वाच
    • खेलकुद
    • विज्ञान/प्रविधि
    • सिनेमा/आर्ट्स
    • हेल्थ/फुड टिप्स
    • कल्चर/हेरिटेज
No Result
View All Result
Nepaliheadline
No Result
View All Result
Home देशभर

भरतपुर विमानस्थलमा नयाँ टर्मिनल भवन बन्ने

नेपाली हेडलाइन by नेपाली हेडलाइन
२०७९ मंसिर २१ गते, १६:५० बजे प्रकाशित
in देशभर, हेडलाइन
0
भरतपुर विमानस्थलमा नयाँ टर्मिनल भवन बन्ने
74
SHARES
Share on FacebookShare on Twitter

चितवन : भरतपुर विमानस्थलमा नयाँ टर्मिनल भवन बन्ने भएको छ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले नयाँ टर्मिनल भवन निर्माण गर्न लागेको हो। यात्रुको चाप हुने यो विमानस्थल विस्तारका लागिसमेत प्रक्रिया अघि बढाइएको छ। प्राधिकरणले टर्मिनल भवनका लागि बोलपत्र आह्वान गरी प्राविधिक मूल्याङ्कनको क्रममा छ। प्राधिकरणका इञ्जिनीयर नलविक्रम थापाका अनुसार ६ वटा कम्पनीको बोलपत्र पेस भएको छ।

ती प्रस्तावको प्राविधिक मूल्याङ्कनपछि आर्थिक प्रस्तावबाट अन्तिम टुङ्गो लगाएर सम्झौता गरिने छ । उनको भनाइमा पुस महिनाका अन्तिम सातासम्ममा सम्झौता भइसक्छ। बोलपत्रको रकम रु दुई अर्बको हाराहारी रहेको भन्दै उनले एकिन रकम आर्थिक प्रस्तावपछि थाहा हुने बताए। तीन वर्षभित्रमा सम्पन्न गर्ने गरी सम्झौता गरिने छ।

अत्याधुनिक किसिमको ७ हजार सात सय ४९ वर्गमिटर क्षेत्रफलमा भवन निर्माण गरिने छ। यससँगै टावर हुनेछ। विमानस्थलको धावन मार्ग विस्तार हुँदासमेत काम गर्ने गरी टर्मिनल भवन बनाउन लागिएको हो।

नेपाली सेनाको गण र घोडा प्रजनन केन्द्रलाई स्थानान्तरण गरी विमानस्थलको धावन मार्ग विस्तार गर्ने योजना रहेको छ। नेपाली सेनासँग प्राधिकरण छलफलमा रहेको थापाले जानकारी दिए। उनले भने, ‘विमानस्थलको धावनमार्ग विस्तार हुँदासमेत काम गर्ने गरी टर्मिनल भवन बनाउन लागिएको हो।’

हाल धावनमार्गको उडान र अवतरण हुने क्षेत्रमा अग्ला घर भएका कारण जहाजले कम यात्रु मात्रै बोक्ने गरेका छन्। धावनमार्ग विस्तारसँगै ठूला जहाज उडान गर्न सकिने र रात्रिकालीन उडानसमेत हुनेछन्।

भरतपुर महानगरपालिकाले यो विमानस्थललाई विस्तार गर्न पटक–पटक महानगरपालिकामै छलफल गरिसकेको छ।

महानगर प्रमुख रेनु दाहालले प्राधिकरण र नेपाली सेना सकारात्मक रहेकाले विमानस्थल विस्तारको काम हुनेमा आफू ढुक्क रहेको बताए। नेपाली सेनालाई वैकल्पिक ठाउँको व्यवस्था महानगरले गर्नका लागि विभिन्न ठाउँ प्रस्तावसमेत गरिसकेको छ।

छोटो धावन मार्ग र वरिपरि घर भएकाले दुर्घटना हुन नपाओस् भन्नका लागि धावनमार्ग विस्तार गर्न सरोकारवालाले निरन्तर दबाब दिँदै आएका छन्। यहाँबाट काठमाडौँ, पोखरा र भैरहवा उडान हुँदै आएको छ। हाल बुद्ध र गुण एयरले दैनिक १० हाराहारी उडान गर्दै आएका छन्। सन् २०२१ मा यहाँबाट आवतजावत गर्नेको सङ्ख्या ११ लाख ७६ हजार थियो।

Previous Post

संसदका महासचिवलाई सर्वोच्चका ४ कडा प्रश्न, तत्काल जवाफ माग

Next Post

एक अर्ब डलर हिनामिनामा अर्जेन्टिनी उपराष्ट्रपतिलाई छ वर्षको जेल सजाय

Related Posts

जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ
देशभर

जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ

२०७९ माघ २३ गते, १२:३३ बजे प्रकाशित
पोखरीमा डुबेर बालकको मृत्यु
देशभर

पोखरीमा डुबेर बालकको मृत्यु

२०७९ माघ २३ गते, १२:२२ बजे प्रकाशित
 इन्टरपोलको २४औं एसियाली क्षेत्रीय सम्मेलनमा सहभागी हुँदै प्रहरी महानिरीक्षक  सिंह 
देशभर

 इन्टरपोलको २४औं एसियाली क्षेत्रीय सम्मेलनमा सहभागी हुँदै प्रहरी महानिरीक्षक सिंह 

२०७९ माघ २३ गते, १२:१३ बजे प्रकाशित
योगीको हत्यार १७ वर्षपछि पक्राउ
देशभर

प्रतिबन्धित दुई लाख ८७ हजार सहित भारतीय नागरीक पक्राउ

२०७९ माघ २३ गते, १२:०३ बजे प्रकाशित
अवैध रुपमा ल्याउँदै गरेको सुन जस्तो देखिने अर्धठोस पदार्थ सहित पक्राउ
देशभर

पाँच सयले बढ्यो सुनको मूल्य

२०७९ माघ २३ गते, ११:५५ बजे प्रकाशित
अबैध बालुवाको तस्करी रोक्न निगरानी
देशभर

अबैध बालुवाको तस्करी रोक्न निगरानी

२०७९ माघ २३ गते, ११:४२ बजे प्रकाशित
Next Post
एक अर्ब डलर हिनामिनामा अर्जेन्टिनी उपराष्ट्रपतिलाई छ वर्षको जेल सजाय

एक अर्ब डलर हिनामिनामा अर्जेन्टिनी उपराष्ट्रपतिलाई छ वर्षको जेल सजाय

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

साताका लाेकप्रिय

  • लागु औषध मुद्दामा ९७ जना पक्राउ

    बाटो ढुकेर लुटपाट गर्ने युवक प्रहरीको फन्दामा

    214 shares
    Share 86 Tweet 54
  • कुल राष्‍ट्रिय बजेटको १३ प्रतिशत खर्च गरेर ६० प्रतिशत लाभग्राहीलाई सामाजिक सुरक्षामा आबद्ध गराउन सम्भव छ?

    160 shares
    Share 64 Tweet 40
  • बराहक्षेत्रको महेन्द्र माविले आफूनिकट गैरपत्रकारलाई सम्मान गरेपछि

    154 shares
    Share 62 Tweet 39
  • नेपाल प्रहरीका ‘टप टेन इस्युज’

    1130 shares
    Share 452 Tweet 283
  • बडका भलमन्सा

    131 shares
    Share 52 Tweet 33

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित
सञ्चालक : निशेष पोखरेल
प्रधान सम्पादक : उपेन्द्र पोखरेल
संवाददाता : रेखा जोशी, तीर्थमाया तामाङ
डेस्क : लक्ष्मी श्रेष्ठ
प्रदेश १ ब्युरो : हिमाल राई
लुम्बिनी ब्युरो : अस्मिता अधिकारी
प्रधान कार्यालय : मध्य बानेश्वर, काठमाडौं
सूचना विभाग दर्ता नम्बर : २६७३/०७७-७८
सम्पर्क नम्बर : ९८५१३२९७८२

No Result
View All Result

© Dharmadevi Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • विश्व/भूराजनीति
  • दृष्टि/संवाद
  • देशभर
  • लङरिड
  • अन्य
    • इलेक्सन वाच
    • खेलकुद
    • विज्ञान/प्रविधि
    • सिनेमा/आर्ट्स
    • हेल्थ/फुड टिप्स
    • कल्चर/हेरिटेज

© Dharmadevi Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana