Monday, February 6, 2023
Nepaliheadline
  • हाेमपेज
  • विश्व/भूराजनीति
  • दृष्टि/संवाद
  • देशभर
  • लङरिड
  • अन्य
    • इलेक्सन वाच
    • खेलकुद
    • विज्ञान/प्रविधि
    • सिनेमा/आर्ट्स
    • हेल्थ/फुड टिप्स
    • कल्चर/हेरिटेज
No Result
View All Result
  • हाेमपेज
  • विश्व/भूराजनीति
  • दृष्टि/संवाद
  • देशभर
  • लङरिड
  • अन्य
    • इलेक्सन वाच
    • खेलकुद
    • विज्ञान/प्रविधि
    • सिनेमा/आर्ट्स
    • हेल्थ/फुड टिप्स
    • कल्चर/हेरिटेज
No Result
View All Result
Nepaliheadline
No Result
View All Result
Home हेडलाइन

सत्तारूढ गठबन्धनकै नेतृत्वमा स्थिर सरकार बन्छ : सञ्चारमन्त्री कार्की

नेपाली हेडलाइन by नेपाली हेडलाइन
२०७९ मंसिर २१ गते, १४:२४ बजे प्रकाशित
in हेडलाइन
0
अमेरिका र विश्व बैंकको झण्डै एक खर्ब रुपैयाँ सहायता स्वीकार्ने सरकारको निर्णय
73
SHARES
Share on FacebookShare on Twitter

काठमाडाैं : सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सत्तारूढ गठबन्धनकै नेतृत्वमा स्थिर सरकार बन्ने बताएका छन।

मन्त्रालयले आज आयोजना गरेको बधाई तथा शुभकामना कार्यक्रममा सरकारका प्रवक्ता कार्कीले गठबन्धनको नेतृत्वमा सरकार निर्माण गर्नु मुलुकको आवश्यकता भएको र त्यो आवश्यकतालाई जनताले स्वीकृति प्रदान गरिसकेको बताएका हुन।

‘अहिले गठबन्धनको सरकार बन्छ, गठबन्धन मुलुकको आवश्यकता भएको छ, त्यो आवश्यकतालाई जनताले स्वीकृति पनि प्रदान गरेका छन्, त्यसैले जनताको अपेक्षाअनुसार अब बन्ने गठबन्धनको सरकारले मुलुकलाई पाँच वर्षभित्रमा समृद्धिको दिशामा जाने आधार स्थापित गर्नुपर्ने छ,’ उनले भने। पछिल्लो समयमा मुलुकलाई राजनीतिक स्थिरता चाहिएको उल्लेख गर्दै उनले जनताको अपेक्षाअनुसार मुलुकले विकास र समृद्धिको गतिलाई तीव्रताका साथ अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरे।

मन्त्री कार्कीले भने, ‘दश वर्षभित्रमा कम्तीमा दक्षिण एसियाका सम्पन्न देशहरुमध्येमा नेपाललाई पनि पुर्‍याउने हाम्रो दायित्व हो, अबको पुस्ता आगामी १० वर्षभित्रमा धनी पुस्ता बनाउन हामी सबैले आ–आफ्नो ठाउँबाट इमान्दारिताका प्रतिबद्धता भएर काम गर्नुपर्नेछ, हामीसँग भएको जलस्रोत, पर्यटन, कृषि लगायतका स्रोतसाधनलाई अवसरका रुपमा अधिकतम उपयोग गरेर देशको सर्वाङ्गीण विकासका निमित्त अर्जुन दृष्टि लगाएर अगाडि बढ्नुपर्नेछ ।’ त्यो दायित्व केवल राजनीतिक तहबाट मात्रै गरेर पूरा हुनसक्ने र त्यसका निमित्त स्थायी सरकार हुनुपर्ने उनको भनाइ थियो ।

मन्त्री कार्कीले संविधान जारी भएपछि प्रतिनिधिसभाको दोस्रो निर्वाचन सम्पन्न भएको सन्दर्भमा उल्लेख गर्दै आगामी पाँच वर्षभित्रमा जनताका अपेक्षा पूरा गर्नुपर्नेमा जोड दिए। सुनसरी निर्वाचन क्षेत्र नं ४ का जनताले विश्वासका साथ दिएको मत र प्रतिबद्धता पूरा गर्न आजकै दिनदेखि लाग्ने पनि उनले प्रतिबद्धता व्यक्त गरे। उनले सञ्चार मन्त्रालयले जनताका निम्ति अहिलेसम्म गरेका कामको समीक्षा गर्दै मन्त्रालयलाई अझ प्रभावकारी रुपमा समाजमा उपस्थित गराउने दायित्व पूरा गर्ने बताए।

‘सञ्चार मन्त्रालयबाट गर्नुपर्ने केही काम उत्साहका साथ गर्नुपर्ने आवश्यकता छ, त्यसतर्फ ध्यान दिन मन्त्रालय मातहतका निकायहरु लाग्नुपर्नेछ,’ उनले भने। मन्त्रालयका सचिव डा बैकुण्ठ अर्यालले जनताको मत जित्दै सुनसरी निर्वाचन क्षेत्र नं ४ बाट निर्वाचित भएकामा बिदाइ तथा शुभकामना व्यक्त गरे।

कार्यक्रममा राष्ट्रिय समाचार समिति (रासस) का कार्यकारी अध्यक्ष धर्मेन्द्र झा, महाप्रबन्धक सिद्धराज राई, नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनाल, चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसी र न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष सङ्गीता खड्का लगायतले मन्त्री कार्कीसमक्ष बधाई तथा शुभकामना व्यक्त गरेका थिए।

Previous Post

बङ्गलादेशमा कोभिड १९ विरुद्धको खोपको चौथो मात्रा

Next Post

तारा एयरको कार्गाे जहाजमा चिल ठोक्कियो, जहाजमा सवार तीन जना सकुशल

Related Posts

टर्कीमा ७.८ म्याग्निच्युडको शक्तिशाली भूकम्प, १० जनाको मृत्यु
विश्व/भूराजनीति

टर्कीमा ७.८ म्याग्निच्युडको शक्तिशाली भूकम्प, १० जनाको मृत्यु

२०७९ माघ २३ गते, १०:०८ बजे प्रकाशित
कल्चर/हेरिटेज

राशिफलः मिथुनलाई व्यवसायमा फाइदा, कन्याको पढाइमा प्रगति

२०७९ माघ २३ गते, ६:३२ बजे प्रकाशित
छुट्टाछुट्टै स्थानमा दुईजना मृत फेला
देशभर

मृत अवस्थामा फेला

२०७९ माघ २२ गते, १९:२० बजे प्रकाशित
ट्याक्टरले स्कुटरलाई ठक्कर दिँदा आमा छोराको मृत्यु
देशभर

सवारी दुर्घटनामा परी चार जनाको मृत्यु

२०७९ माघ २२ गते, १९:०८ बजे प्रकाशित
स्रोत नखुलेको १२ लाख भन्दा बढी रकमसहित पाँच जना पक्राउ
देशभर

रोमानिया, स्लोभाकिया लगायतका देशहरूमा पठाइदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्तिहरू पक्राउ

२०७९ माघ २२ गते, १९:०१ बजे प्रकाशित
शैक्षिक योग्यताबिनै क्लिनिक सञ्चालन गर्ने पक्राउ
देशभर

नक्कली नोट सहित दुई जना पक्राउ

२०७९ माघ २२ गते, १८:५४ बजे प्रकाशित
Next Post
तारा एयरको कार्गाे जहाजमा चिल ठोक्कियो, जहाजमा सवार तीन जना सकुशल

तारा एयरको कार्गाे जहाजमा चिल ठोक्कियो, जहाजमा सवार तीन जना सकुशल

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

साताका लाेकप्रिय

  • लागु औषध मुद्दामा ९७ जना पक्राउ

    बाटो ढुकेर लुटपाट गर्ने युवक प्रहरीको फन्दामा

    214 shares
    Share 86 Tweet 54
  • कुल राष्‍ट्रिय बजेटको १३ प्रतिशत खर्च गरेर ६० प्रतिशत लाभग्राहीलाई सामाजिक सुरक्षामा आबद्ध गराउन सम्भव छ?

    160 shares
    Share 64 Tweet 40
  • बराहक्षेत्रको महेन्द्र माविले आफूनिकट गैरपत्रकारलाई सम्मान गरेपछि

    154 shares
    Share 62 Tweet 39
  • नेपाल प्रहरीका ‘टप टेन इस्युज’

    1130 shares
    Share 452 Tweet 283
  • बडका भलमन्सा

    131 shares
    Share 52 Tweet 33

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित
सञ्चालक : निशेष पोखरेल
प्रधान सम्पादक : उपेन्द्र पोखरेल
संवाददाता : रेखा जोशी, तीर्थमाया तामाङ
डेस्क : लक्ष्मी श्रेष्ठ
प्रदेश १ ब्युरो : हिमाल राई
लुम्बिनी ब्युरो : अस्मिता अधिकारी
प्रधान कार्यालय : मध्य बानेश्वर, काठमाडौं
सूचना विभाग दर्ता नम्बर : २६७३/०७७-७८
सम्पर्क नम्बर : ९८५१३२९७८२

No Result
View All Result

© Dharmadevi Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • विश्व/भूराजनीति
  • दृष्टि/संवाद
  • देशभर
  • लङरिड
  • अन्य
    • इलेक्सन वाच
    • खेलकुद
    • विज्ञान/प्रविधि
    • सिनेमा/आर्ट्स
    • हेल्थ/फुड टिप्स
    • कल्चर/हेरिटेज

© Dharmadevi Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana