काठमाडौं – काठमाडौं महानगरपालिकाले सरकारी तथा निजी कार्यालयहरुलाई आ-आफ्नो कार्यालय परिसर सफा राख्न निर्देशन दिएको छ।
आज एक सूचना जारी गर्दै महानगरले ३५ दिनभित्रै आफैं व्यवस्थापन नगरे दण्ड जरिवाना गरिने र फोहोर मैला व्यवस्थापन गर्न लागेको खर्चसमेत असुल्ने चेतावनी दिएको हो।
महानगरले सूचनामा भनेको छ,‘सार्वजनिक कार्यालय, संस्थान, विभिन्न प्रतिष्ठान, स्वास्थ्य तथा शैक्षिक संस्था, गैह्रसरकारी संस्था, कम्पनी तथा अन्य प्रकृतिका निजी कार्यालयको परिसरलाई नियमित सरसफाइ नगरेकाले सिंगो सहरको सुन्दरतामा नै ह्रास आउछ।’