Monday, February 6, 2023
Nepaliheadline
  • हाेमपेज
  • विश्व/भूराजनीति
  • दृष्टि/संवाद
  • देशभर
  • लङरिड
  • अन्य
    • इलेक्सन वाच
    • खेलकुद
    • विज्ञान/प्रविधि
    • सिनेमा/आर्ट्स
    • हेल्थ/फुड टिप्स
    • कल्चर/हेरिटेज
No Result
View All Result
  • हाेमपेज
  • विश्व/भूराजनीति
  • दृष्टि/संवाद
  • देशभर
  • लङरिड
  • अन्य
    • इलेक्सन वाच
    • खेलकुद
    • विज्ञान/प्रविधि
    • सिनेमा/आर्ट्स
    • हेल्थ/फुड टिप्स
    • कल्चर/हेरिटेज
No Result
View All Result
Nepaliheadline
No Result
View All Result
Home देशभर

कालोपत्रे अलपत्र बन्दा बराहक्षेत्रका बासिन्दाको सास्ती

हिमाल राई by हिमाल राई
२०७९ मंसिर १७ गते, १२:२७ बजे प्रकाशित
in देशभर, हेडलाइन
0
कालोपत्रे अलपत्र बन्दा बराहक्षेत्रका बासिन्दाको सास्ती
270
SHARES
Share on FacebookShare on Twitter

सुनसरी- बराहक्षेत्र नगरपालिका–२ का जागृती चोक, सखुवा गाछी, रेल्वेलाइन, १३ आरडी, जब्दी तथा वडा नम्बर ७ को सोमबारे हुँदै चक्रघट्टी, नगरपालिका कार्यालय जोड्ने सडक समयमा कालोपत्रे नहुँदा स्थानीय बासिन्दा सास्तीमा छन्।

कालोपत्रे गर्ने नाममा ठेकदार पक्षले बेस (गिटी) हाले पनि १० महिनादेखि कालोपत्रे नगरी बेवारिसे तरिकाले आधा काम गरेर सम्पर्कविहीन भएको स्थानीय बद्री दाहालले बताए। उनका अनुसार ठेकदार पक्षले समयमा कालोपत्रे नगरी दिँदा स्थानीय बासिन्दामा धुलोका कारण श्वास प्रश्वास, रुघामर्कीलगायत रोगले सताएका छन्। खासगरी, वृद्धवृद्धा, सुत्केरी, बालबालिका बढी प्रभावित भएका छन्।

‘कालोपत्रे गर्ने जिम्मा पाएको ठेकेदार कम्पनी कता हरायो ? हिउँदमा काम नगरेर कहिले गर्ने हो?’ स्थानीय युवा गोविन्द नेपाल प्रश्न गर्छन्, ‘सडक कालोपत्रे भए नभएको अनुगमन गर्ने जिम्मा कसको हो ? स्थानीय जनप्रतिनिधिहरू यो बाटोको बारेमा पशुपतिनाथ अगाडिको निर्जीव बसाहजस्तै मौन र मुकदर्शक भएर किन बसेका हुन्?’

ठेकेदार पक्षको ढिलासुस्तिका कारण धुलोले गर्दा दीर्घरोग लागेर अकालमै मृत्युवरण गर्नुपर्ने जोखिममा स्थानीय बासिन्दा छन्।

‘कुन कम्पनीले ठेक्का लिएको हो? कति बजेटमा ठेक्का पारेको हो? अनि कहिलेसम्ममा कालोपत्रे बनाइसक्नु पर्ने हो? सार्वजनिक सूचना होर्डिङ बोर्ड राख्नुपर्नेमा कहींकतै पनि ठेकदार पक्षले राखेको छैन, किन हो?’ स्थानीय सुभाष गौतम भन्छन्।

यो बाटोको बारेमा मेयरलगायत जनप्रतिनिधिलाई बारम्बार घचघच्याएको वडा नम्बर २ का निर्वाचित वडा सदस्य चुनु श्रेष्ठको भनाइ छ। ‘तर, उनीहरूले मेरो कुरा सुनेनन्, हामी सदस्य त थपना मात्र रहेछौं,’ उनले भनिन्।

यो सडकबारे स्थानीय बासिन्दाको तर्फबाट हस्ताक्षर संकलन गरी भोलि आइतबार बराहक्षेत्रका नगरप्रमुख रमेश कार्कीलाई भेटेरै ध्यानाकर्षण गराइने स्थानीय मनोज कार्कीले जानकारी दिए। एक साताभित्र समस्या समाधान गर्नेतर्फ नगरपालिका नलागेमा स्थानीय बासिन्दाहरू नगरपालिका घेराउलगायत विरोधमा उत्रिने उनले जानकारी दिए।

Previous Post

अफगानिस्तानमा गोली प्रहारबाट बचे पाकिस्तानी राजदूत

Next Post

नवोदित तीन पार्टीसम्बन्धी जान्नैपर्छ यी तथ्य

Related Posts

प्रधानमन्त्रीले सम्हाले गृह मन्त्रालयको जिम्मेवारी
feature-news-with-image

विगतको भन्दा धेरै राम्रो काम गर्ने इच्छा छ : प्रधानमन्त्री दाहाल

२०७९ माघ २३ गते, १२:५० बजे प्रकाशित
जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ
देशभर

जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ

२०७९ माघ २३ गते, १२:३३ बजे प्रकाशित
पोखरीमा डुबेर बालकको मृत्यु
देशभर

पोखरीमा डुबेर बालकको मृत्यु

२०७९ माघ २३ गते, १२:२२ बजे प्रकाशित
 इन्टरपोलको २४औं एसियाली क्षेत्रीय सम्मेलनमा सहभागी हुँदै प्रहरी महानिरीक्षक  सिंह 
देशभर

 इन्टरपोलको २४औं एसियाली क्षेत्रीय सम्मेलनमा सहभागी हुँदै प्रहरी महानिरीक्षक सिंह 

२०७९ माघ २३ गते, १२:१३ बजे प्रकाशित
योगीको हत्यार १७ वर्षपछि पक्राउ
देशभर

प्रतिबन्धित दुई लाख ८७ हजार सहित भारतीय नागरीक पक्राउ

२०७९ माघ २३ गते, १२:०३ बजे प्रकाशित
अवैध रुपमा ल्याउँदै गरेको सुन जस्तो देखिने अर्धठोस पदार्थ सहित पक्राउ
देशभर

पाँच सयले बढ्यो सुनको मूल्य

२०७९ माघ २३ गते, ११:५५ बजे प्रकाशित
Next Post
नवोदित तीन पार्टीसम्बन्धी जान्नैपर्छ यी तथ्य

नवोदित तीन पार्टीसम्बन्धी जान्नैपर्छ यी तथ्य

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

साताका लाेकप्रिय

  • लागु औषध मुद्दामा ९७ जना पक्राउ

    बाटो ढुकेर लुटपाट गर्ने युवक प्रहरीको फन्दामा

    214 shares
    Share 86 Tweet 54
  • कुल राष्‍ट्रिय बजेटको १३ प्रतिशत खर्च गरेर ६० प्रतिशत लाभग्राहीलाई सामाजिक सुरक्षामा आबद्ध गराउन सम्भव छ?

    160 shares
    Share 64 Tweet 40
  • बराहक्षेत्रको महेन्द्र माविले आफूनिकट गैरपत्रकारलाई सम्मान गरेपछि

    154 shares
    Share 62 Tweet 39
  • नेपाल प्रहरीका ‘टप टेन इस्युज’

    1130 shares
    Share 452 Tweet 283
  • बडका भलमन्सा

    131 shares
    Share 52 Tweet 33

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित
सञ्चालक : निशेष पोखरेल
प्रधान सम्पादक : उपेन्द्र पोखरेल
संवाददाता : रेखा जोशी, तीर्थमाया तामाङ
डेस्क : लक्ष्मी श्रेष्ठ
प्रदेश १ ब्युरो : हिमाल राई
लुम्बिनी ब्युरो : अस्मिता अधिकारी
प्रधान कार्यालय : मध्य बानेश्वर, काठमाडौं
सूचना विभाग दर्ता नम्बर : २६७३/०७७-७८
सम्पर्क नम्बर : ९८५१३२९७८२

No Result
View All Result

© Dharmadevi Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • विश्व/भूराजनीति
  • दृष्टि/संवाद
  • देशभर
  • लङरिड
  • अन्य
    • इलेक्सन वाच
    • खेलकुद
    • विज्ञान/प्रविधि
    • सिनेमा/आर्ट्स
    • हेल्थ/फुड टिप्स
    • कल्चर/हेरिटेज

© Dharmadevi Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana