काबुल- अफगानिस्तानका लागि पाकिस्तानी राजदूत ओबैद उर रहमान निजामानी अफगानिस्तानको राजधानी काबुलमा भएको गोली प्रहारबाट जोगिएका छन्।
स्थानीय टीभी च्यानल टोलो न्युजका अनुसार पाकिस्तानी राजदूतलाई लक्षित गर्दै प्रहार गरिएको गोलीबाट दूतावासका एक सुरक्षा गार्ड घाइते भएका छन्।
एक प्रत्यक्षदर्शीले सिन्ह्वालाई बताएअनुसार राजदूत निजामानी गोली प्रहार। भएको बेला दूतावास नजिकको क्षेत्रमा हिँडडुल गर्दै थिए।
अफगानिस्तानको परराष्ट्र मन्त्रालयले पाकिस्तानी दूतावासमा भएको आक्रमणको निन्दा गर्दै घटनाको अनुसन्धान गर्ने बताएको छ। घटनाको जिम्मेवारी कुनै समूहले लिएको छैन।