Monday, February 6, 2023
Nepaliheadline
  • हाेमपेज
  • विश्व/भूराजनीति
  • दृष्टि/संवाद
  • देशभर
  • लङरिड
  • अन्य
    • इलेक्सन वाच
    • खेलकुद
    • विज्ञान/प्रविधि
    • सिनेमा/आर्ट्स
    • हेल्थ/फुड टिप्स
    • कल्चर/हेरिटेज
No Result
View All Result
  • हाेमपेज
  • विश्व/भूराजनीति
  • दृष्टि/संवाद
  • देशभर
  • लङरिड
  • अन्य
    • इलेक्सन वाच
    • खेलकुद
    • विज्ञान/प्रविधि
    • सिनेमा/आर्ट्स
    • हेल्थ/फुड टिप्स
    • कल्चर/हेरिटेज
No Result
View All Result
Nepaliheadline
No Result
View All Result
Home हेडलाइन

कलिलो उमेरमा विदेश जाँदा बढ्यो मानसिक समस्या !

नेपाली हेडलाइन by नेपाली हेडलाइन
२०७९ मंसिर १७ गते, ११:०३ बजे प्रकाशित
in हेडलाइन
0
कलिलो उमेरमा विदेश जाँदा बढ्यो मानसिक समस्या !
76
SHARES
Share on FacebookShare on Twitter

चितवन – विगत १८ वर्षदेखि अष्ट्रेलियाको सिड्नीमा मनोचिकित्सकको रुपमा कार्यरत यहाँका डा घनश्याम चापागाईँ कलिलै उमेरमा आफ्नो सन्तानलाई विदेश नपठाउन सुझाव दिन्छन् ।

नेपालको पाटन अस्पताल र नेपाल मेडिकल कलेजमा दुई–दुई वर्ष मनोरोग विशेषज्ञको रुपमा काम गरेर अष्ट्रेलिया पुगेका चापागाईँ अहिले सिड्नीको केलिभिलस्थित हिल्स क्लिनिकमा कार्यरत छन् । त्यहाँको मेडिकल स्टाफ काउन्सिल प्रेसिडेण्ट (मेडिकल सुपरिटेण्डेण्ट) का रुपमा कार्यरत चापागाईँको भनाइमा पछिल्ला वर्षमा विद्यार्थी धेरै मनोरोगका कारण ग्रसित हुने गरेका छन् ।

आफूले दैनिक हेर्ने २१ जना बिरामीमध्ये तीन जना हाराहारी नेपाली हुने गरेको उनले बताए । जसमध्ये धेरै कलिलो उमेरका विद्यार्थी रहने गर्दछन् ।

उदासिनता, दिक्क लाग्ने, आत्तिनेजस्ता डिप्रेसनका समस्या लिएर धेरै आउने गरेको भन्दै उनले भने, “कोही कडा खालको मानसिक रोग लिएर आउँछन् ।” त्यहाँको वास्तविक अवस्था नबुझी पुगेका विद्यार्थी अपेक्षाअनुसार नभएपछि उदासिन हुने गरेको उनको भनाइ छ । उनले भने, “आफ्ना छोराछोरीलाई विदेश पठाउनु अघि त्यहाँको सम्भावनाका बारेमा अभिभावकले बुझ्नु जरुरी छ ।”

१२ कक्षा पास गरेर जाने विद्यार्थीमा बढी समस्या हुने गरेको भन्दै उनले कम्तीमा स्नातक उत्तीर्ण गरेर मात्रै अष्ट्रेलिया पठाउन अनुरोध गरे । आफूको मा उपचारका लागि आउने एक तिहाइ विद्यार्थी हुने गरेको भन्दै १८–२० वर्षको उमेरमा परिवारबाट अलग भएर आफ्नो र परिवारको दोहोरो बोझ बोक्नु पर्दा उनीहरूलाई कठिन हुने गरेको डा चापागाईँ बताउछन् ।

उनले भने, “अभिभावकले बुझ्नु पर्यो, कलेजको शुल्क पनि तिर्नुपर्यो, आफू जाँदा लिएको ऋण पनि तिर्नुपर्यो, ती कुरा धान्न नसक्दा विद्यार्थीमा मानसिक समस्या पर्ने गरेको छ ।” कतिपय अभिभावकले आफ्ना छोराछोरीलाई सुधार्नका लागि बाहिर पठाउने गरेको भन्दै उहाँले नेपालमा कुलतमा फसेकालाई बाहिर पठाउँदा सुध्रनको सट्टामा झन् बिग्रने गरेको बताए ।

नेपालमा हुँदा परिवारको रेखदेखबाट समेत नसुध्रिएका बाहिर एक्लो जीवनमा सुध्रिन सम्भव नहुने भएकाले यस्तो गल्ती नगर्न उहाँले सुझाव दिए । उनीहरूमा निन्द्रा नलाग्ने समस्या बढेसँगै मदिरा र लागुऔषध प्रयोग गर्दा थप जटिलता देखिने गरेको उनी बताउछन् ।

कतिपय पहिलेदेखि नै अष्ट्रेलिया रहेकामा पनि समस्या आउने गरेको उनले जानकारी दिए । छोराछोरी हुर्किएर परिवार छोडेर काममा लागेपछि बाबुआमामा एक्लोपनासँगै दिक्क लाग्नेजस्ता समस्या लिएर आउने गरेको उनी बताउछन् । मनोरोगीमध्ये एक प्रतिशत कडाखालको समस्या लिएर आउने गरेको उनको भनाइ छ ।

पढ्न जाने विद्यार्थीले आफ्नो कलेजका बारेमा राम्ररी बुझेर पूर्वतयारीका साथ जानुपर्ने उनी बताउछन् । यसरी समस्या देखिनेमा धेरै महिला हुने गरेका छन् । आत्महत्या गर्ने पुरुष बढी हुने भए पनि आत्महत्याको प्रयास गर्नेमा महिला बढी रहेको उनले जानकारी दिए ।

अष्ट्रेलियाको सिड्नीको एउटा अस्पतालको अवस्थालाई चित्रण गर्दै उनले सिङ्गो देश र अन्य यस्तै देशमा यही खालका समस्या हुने भएकाले उच्च सावधानी अपनाउन र बुझेर मात्रै आफ्ना सन्तानलाई विदेश पठाउन सुझाव दिए ।

Previous Post

धनुषा दुर्घटना अपडेट : मृतक र घाइतेको नामावलीसहित

Next Post

स्याङ्जा-२ मा धनराज गुरुङ २ हजार मतको अग्रतामा

Related Posts

आत्मनिर्भर लघुवित्तको आइपिओ खुला
देशभर

सुपर माईको आइपीओ बिक्री खुला

२०७९ माघ २३ गते, ११:१३ बजे प्रकाशित
टर्कीमा ७.८ म्याग्निच्युडको शक्तिशाली भूकम्प, १० जनाको मृत्यु
विश्व/भूराजनीति

टर्कीमा ७.८ म्याग्निच्युडको शक्तिशाली भूकम्प, १० जनाको मृत्यु

२०७९ माघ २३ गते, १०:०८ बजे प्रकाशित
कल्चर/हेरिटेज

राशिफलः मिथुनलाई व्यवसायमा फाइदा, कन्याको पढाइमा प्रगति

२०७९ माघ २३ गते, ६:३२ बजे प्रकाशित
छुट्टाछुट्टै स्थानमा दुईजना मृत फेला
देशभर

मृत अवस्थामा फेला

२०७९ माघ २२ गते, १९:२० बजे प्रकाशित
ट्याक्टरले स्कुटरलाई ठक्कर दिँदा आमा छोराको मृत्यु
देशभर

सवारी दुर्घटनामा परी चार जनाको मृत्यु

२०७९ माघ २२ गते, १९:०८ बजे प्रकाशित
स्रोत नखुलेको १२ लाख भन्दा बढी रकमसहित पाँच जना पक्राउ
देशभर

रोमानिया, स्लोभाकिया लगायतका देशहरूमा पठाइदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्तिहरू पक्राउ

२०७९ माघ २२ गते, १९:०१ बजे प्रकाशित
Next Post
स्याङ्जा २ मा कांग्रेसका धनराज पछाडि, एमालेकी पद्‍माको अग्रता

स्याङ्जा-२ मा धनराज गुरुङ २ हजार मतको अग्रतामा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

साताका लाेकप्रिय

  • लागु औषध मुद्दामा ९७ जना पक्राउ

    बाटो ढुकेर लुटपाट गर्ने युवक प्रहरीको फन्दामा

    214 shares
    Share 86 Tweet 54
  • कुल राष्‍ट्रिय बजेटको १३ प्रतिशत खर्च गरेर ६० प्रतिशत लाभग्राहीलाई सामाजिक सुरक्षामा आबद्ध गराउन सम्भव छ?

    160 shares
    Share 64 Tweet 40
  • बराहक्षेत्रको महेन्द्र माविले आफूनिकट गैरपत्रकारलाई सम्मान गरेपछि

    154 shares
    Share 62 Tweet 39
  • नेपाल प्रहरीका ‘टप टेन इस्युज’

    1130 shares
    Share 452 Tweet 283
  • बडका भलमन्सा

    131 shares
    Share 52 Tweet 33

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित
सञ्चालक : निशेष पोखरेल
प्रधान सम्पादक : उपेन्द्र पोखरेल
संवाददाता : रेखा जोशी, तीर्थमाया तामाङ
डेस्क : लक्ष्मी श्रेष्ठ
प्रदेश १ ब्युरो : हिमाल राई
लुम्बिनी ब्युरो : अस्मिता अधिकारी
प्रधान कार्यालय : मध्य बानेश्वर, काठमाडौं
सूचना विभाग दर्ता नम्बर : २६७३/०७७-७८
सम्पर्क नम्बर : ९८५१३२९७८२

No Result
View All Result

© Dharmadevi Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • विश्व/भूराजनीति
  • दृष्टि/संवाद
  • देशभर
  • लङरिड
  • अन्य
    • इलेक्सन वाच
    • खेलकुद
    • विज्ञान/प्रविधि
    • सिनेमा/आर्ट्स
    • हेल्थ/फुड टिप्स
    • कल्चर/हेरिटेज

© Dharmadevi Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana