Monday, February 6, 2023
Nepaliheadline
  • हाेमपेज
  • विश्व/भूराजनीति
  • दृष्टि/संवाद
  • देशभर
  • लङरिड
  • अन्य
    • इलेक्सन वाच
    • खेलकुद
    • विज्ञान/प्रविधि
    • सिनेमा/आर्ट्स
    • हेल्थ/फुड टिप्स
    • कल्चर/हेरिटेज
No Result
View All Result
  • हाेमपेज
  • विश्व/भूराजनीति
  • दृष्टि/संवाद
  • देशभर
  • लङरिड
  • अन्य
    • इलेक्सन वाच
    • खेलकुद
    • विज्ञान/प्रविधि
    • सिनेमा/आर्ट्स
    • हेल्थ/फुड टिप्स
    • कल्चर/हेरिटेज
No Result
View All Result
Nepaliheadline
No Result
View All Result
Home देशभर

अपाङ्गता भएका व्यक्तिको अधिकार पहुँच सुनिश्चित गर्नु सबैको दायित्व हो : प्रधानमन्त्री देउवा

admin by admin
२०७९ मंसिर १७ गते, १०:२९ बजे प्रकाशित
in देशभर, हेडलाइन
0
प्रधानमन्त्री देउवा र केपी ओली चितवन जाँदै
76
SHARES
Share on FacebookShare on Twitter

काठमाडौँ- प्रधानमन्त्री शेरबहादुर देउवाले अपाङ्गता भएका व्यक्तिको हक अधिकारको संरक्षण र सम्वद्र्धन गर्दै उनीहरूलाई राज्यबाट प्रदान गरिने सेवा सुविधामा सहज र प्राथमिकतायुक्त पहुँच सुनिश्चित गर्नु सबैको साझा दायित्व भएको उल्लेख गर्नुभएको छ ।

३१औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवसका अवसरमा शुभकामना दिँदै उहाँले नेपालको संविधानले आर्थिकरूपले विपन्न, अशक्त र असहाय अवस्थामा रहेका, असहाय एकल महिला, अपाङ्गता भएका बालबालिका, आफ्नो हेरचाह आफँै गर्न नसक्ने तथा लोपोन्मुख जातिका नागरिकलाई कानुनबमोजिम सामाजिक सुरक्षाको हक हुने कुराको प्रत्याभूति गरेको बताउनुभएको छ ।

प्रधानमन्त्री देउवाले सोहीअनुसार अपाङ्गता भएका नागरिकलाई शिक्षा, स्वास्थ्य, रोजगारी आदिमा विशेष प्राथमिकता दिँदै उनीहरूको सामाजिक पुनःस्थापना, सामाजिक न्याय र संरक्षणको लागि सरकारले विभिन्न कार्यक्रम सञ्चालन गर्दै आइरहेको जानकारी गराउनुभएको छ ।

संयुक्त राष्ट्र सङ्घको आह्वानमा प्रत्येक वर्ष डिसेम्बर ३ का दिनलाई अपाङ्गता भएका व्यक्तिको अन्तर्राष्ट्रिय दिवसका रूपमा मनाइँदै आइएको छ । यस क्रममा यस वर्ष ३१औँ अन्तर्राष्ट्रिय दिवस ‘समावेशी विकासका लागि रूपान्तरित समाधान ः पहुँचयुक्त र समतामूलक विश्वका लागि ऊर्जावान सिर्जनशीलताको प्रावधान’ भन्ने राष्ट्रिय नाराका साथ विभिन्न कार्यक्रम आयोजना गरी मनाउन लागिएको छ । दिवसका अवसरमा उहाँले स्वदेश तथा विश्वभरका अपाङ्गता भएका दिदीबहिनी, दाजुभाइ, अभिभावक, यस क्षेत्रमा कार्यरत सरकारी, गैरसरकारी संघसंस्था, नागरिक समाजलगायत सबै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सरोकावालाप्रति शुभकामना व्यक्त गर्नुभएको छ ।

प्रधानमन्त्री देउवाले अपाङ्गताको गाम्भीर्यको आधारमा अपाङ्गता भएका व्यक्तिलाई राज्यबाट प्रदान गरिने सुविधामा क्रमशः वृद्धि गर्दै लगिएको अवगत गराउँदै अपाङ्गता भएका व्यक्तिलाई स्वावलम्बी बनाउन आत्मनिर्भर जीवन जिउन सक्ने परिस्थिति निर्माणका लागि सरकारले रोजगार तथा स्वरोजगारका लक्षित कार्यक्रम सञ्चालन गर्दै आएको बताउनुभएको छ । आगामी दिनमा यी कार्यक्रमलाई अझ विस्तार गर्दै जाने सरकारको नीति छ ।

“मर्यादित, स्वावलम्बी र आत्मनिर्भर जीवनयापनका लागि अपाङ्गता भएका व्यक्तिले भोगिरहेका भौतिक, दृष्टिकोणजन्य, कानुनी र सधारमा रहेका अवरोधलाई न्यूनीकरण गर्दै सबै प्रकारका अपाङ्गता भएका व्यक्तिका लागि राज्यको सेवा सुविधामा सरल र सहज पहुँचयुक्त वातावरण निर्माण गर्नु आजको आवश्यकता हो । नेपाल अपाङ्गता भएका व्यक्तिहरूको अधिकारसम्बन्धी संयुक्त राष्ट्रसंघीय महासन्धिको समेत पक्ष राष्ट्र भइसकेको सन्दर्भमा उक्त महासन्धिमा उल्लेख भएका विषयलाई नेपालको संविधान, सम्बन्धित ऐन, कानुनमा समावेश गरी अपाङ्गता भएका व्यक्तिको आर्थिक, सामाजिक, सांस्कृतिक र राजनीतिक अधिकारलाई सम्मानजनक ढङ्गबाट सम्बोधन गर्दै अघि बढिरहेको छ”, उहाँले शुभकामना सन्देशमा उल्लेख गर्नुभएको छ । सरकारको यो प्रयासमा निजी क्षेत्र, नागरिक समाज तथा सबै राष्ट्रिय तथा गैरसरकारी सङ्घसंस्थाको सहयोग र सद्भाव आवश्यक रहेको उहाँको भनाइ छ ।

प्रधानमन्त्री देउवाले कोही पनि पछाडि नपरून् भन्ने दिगो विकासको लक्ष्यअनुसार सरकारले अपाङ्गता भएका व्यक्तिको सहज दैनिक जीवनयापन सुनिश्चित गर्न विकासका सबै आयामहरूलाई अपाङ्गमैत्री बनाउने कार्यलाई निरन्तरता दिँदै आएको उल्लेख गर्नुभएको छ । यस अवसरमा अपाङ्गता भएका व्यक्तिलगायत सबै सीमान्तकृत समुदायका नागरिकको समस्या र आवश्यकतालाई सम्बोधन गर्न सरकारले आफ्नो क्षमताले भ्याएसम्म विशेष पहल गर्दै जाने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

उहाँले यस दिवसले अपाङ्गता भएका व्यक्तिको संरक्षण र सशक्तीकरणका क्षेत्रमा कार्यरत सरकारी तथा गैरसरकारी संस्था र सम्बन्धित सबै सरोकारवालालाई अपाङ्गता भएका व्यक्तिको हक, हित र अधिकार प्रवद्र्धनको क्षेत्रमा अझ बढी एकीकृत र समन्वयात्मक तरिकाले उच्च समर्पणभावका साथ कार्य क्षेत्रमा उत्रन थप प्रेरणा र ऊर्जा मिलोस् भन्ने शुभकामना व्यक्त गर्नुभएको छ ।

Previous Post

जन्ती बोकेको जीप दुर्घटना हुँदा पाँचको मृत्यु, नौ घाइते

Next Post

धनुषा दुर्घटना अपडेट : मृतक र घाइतेको नामावलीसहित

Related Posts

अबुनको स्वर, पवनको संगीतमा ए चरी सार्वजनिक
देशभर

अबुनको स्वर, पवनको संगीतमा ए चरी सार्वजनिक

२०७९ माघ २३ गते, ११:२३ बजे प्रकाशित
आत्मनिर्भर लघुवित्तको आइपिओ खुला
देशभर

सुपर माईको आइपीओ बिक्री खुला

२०७९ माघ २३ गते, ११:१३ बजे प्रकाशित
साइक्लिङ दौडमा अशोक केलिङ प्रथम
खेलकुद

साइक्लिङ दौडमा अशोक केलिङ प्रथम

२०७९ माघ २३ गते, ११:०१ बजे प्रकाशित
बागमती प्रदेशमा संसदीय समिति गठन हुँदै
feature-news-with-image

बागमती प्रदेशमा संसदीय समिति गठन हुँदै

२०७९ माघ २३ गते, १०:२८ बजे प्रकाशित
टर्कीमा ७.८ म्याग्निच्युडको शक्तिशाली भूकम्प, १० जनाको मृत्यु
विश्व/भूराजनीति

टर्कीमा ७.८ म्याग्निच्युडको शक्तिशाली भूकम्प, १० जनाको मृत्यु

२०७९ माघ २३ गते, १०:०८ बजे प्रकाशित
आजको विदेशी मुद्रा : डलर थप महँगो, युरोको भाउ घट्यो
flash

महँगो डलर, आज कतिमा हुनेछ कारोबार ?

२०७९ माघ २३ गते, ६:४४ बजे प्रकाशित
Next Post
तीन तला माथिबाट खसेर मृत्यु

धनुषा दुर्घटना अपडेट : मृतक र घाइतेको नामावलीसहित

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

साताका लाेकप्रिय

  • लागु औषध मुद्दामा ९७ जना पक्राउ

    बाटो ढुकेर लुटपाट गर्ने युवक प्रहरीको फन्दामा

    214 shares
    Share 86 Tweet 54
  • कुल राष्‍ट्रिय बजेटको १३ प्रतिशत खर्च गरेर ६० प्रतिशत लाभग्राहीलाई सामाजिक सुरक्षामा आबद्ध गराउन सम्भव छ?

    160 shares
    Share 64 Tweet 40
  • बराहक्षेत्रको महेन्द्र माविले आफूनिकट गैरपत्रकारलाई सम्मान गरेपछि

    154 shares
    Share 62 Tweet 39
  • नेपाल प्रहरीका ‘टप टेन इस्युज’

    1130 shares
    Share 452 Tweet 283
  • बडका भलमन्सा

    131 shares
    Share 52 Tweet 33

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित
सञ्चालक : निशेष पोखरेल
प्रधान सम्पादक : उपेन्द्र पोखरेल
संवाददाता : रेखा जोशी, तीर्थमाया तामाङ
डेस्क : लक्ष्मी श्रेष्ठ
प्रदेश १ ब्युरो : हिमाल राई
लुम्बिनी ब्युरो : अस्मिता अधिकारी
प्रधान कार्यालय : मध्य बानेश्वर, काठमाडौं
सूचना विभाग दर्ता नम्बर : २६७३/०७७-७८
सम्पर्क नम्बर : ९८५१३२९७८२

No Result
View All Result

© Dharmadevi Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • विश्व/भूराजनीति
  • दृष्टि/संवाद
  • देशभर
  • लङरिड
  • अन्य
    • इलेक्सन वाच
    • खेलकुद
    • विज्ञान/प्रविधि
    • सिनेमा/आर्ट्स
    • हेल्थ/फुड टिप्स
    • कल्चर/हेरिटेज

© Dharmadevi Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana