काठमाडौँ । गत मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनअन्तर्गत धनुषा ४ मा मत गणना जारी रहेको छ ।
मत गणना जारी रहँदा नेपाली कांग्रेसका महेन्द्र यादवले आफ्नो अग्रता बढाउँदै लगेका छन् । मत गणनाको सुरुदेखि नै नेकपा एमालेका रघुवीर महासेठले अग्रता लिएका थिए ।
मत गणनाको पछिल्ला विवरणअनुसार यादवले ६८६ मतले अग्रता लिएका हुन् । उनले २७ हजार २०६ मत पाएका छन् ।
महासेठले २६ हजार ५२० मत पाएको मतदान अधिकृत सुदीप दङ्गालले जानकारी दिए ।