काठमाडौँ । सुनसरी ४ मा सञ्चार मन्त्री ज्ञानेन्द्रबहादुर कार्की दोहोरो अंकले अग्रता लिएका छन् ।
निर्वाचन आयोगको पछिल्लो मत परिणामअनुसार उनी प्रतिस्पर्धी नेकपा एमालेका जगदिशप्रसाद कुसयैतभन्दा ७५ मतले अगाडि रहेका छन् ।
कार्कीले २१ हजार ६७८ मत पाउँदा कुसियैतले २१ हजार ६०३ मत पाएका छन् ।