काठमाडौँ । प्रतिनिधिसभा तर्फको समानुपातिक मत गणनाको पछिल्लो परिणामअनुसार नेकपा एमाले पहिलो पार्टी बनेको छ । एमालेले १० लाखभन्दा बढी मत पाएको हो ।
निर्वाचन आयोगका अनुसार एमालेले अहिलेसम्म १० लाख १७ हजार ६५६ मत पाएको छ ।
दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले नौ लाख ७० हजार ८७७ मत पाएको छ । तेस्रो स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) रहेको छ । रास्वपाले चार लाख ८४ हजार ८८६ मत पाएको छ ।
नेकपा माओवादी केन्द्रले चार लाख ४६ हजार ५९४ मत ल्याउँदा राष्ट्रिय प्रजातन्त्र पार्टीले दुई लाख ६० हजार १२० मत ल्याएको छ ।
जनता समाजवादी पार्टी (जसपा)ले एक लाख २९ हजार १५७ मत ल्याउँदा जनमत पार्टीले ७७ हजार २५९ र नेकपा एकीकृत समाजवादी पार्टीले ७१ हजार ६६७ मत पाएको छ ।